No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही


अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही

शैलेन्द्र महतो,जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीका ४५ वर्षका विन्देश्वर मण्डल १७ साउनमा अचानक बिरामी परेपछि परिवारका सदस्यले सदरमुकाम मलंगवा पुर्‍याए । अस्पतालले उपचार सम्भव नभएको भनेपछि फेरि साढे ७ बजेतिर जनकपुर न्यूरो हस्पिटल ल्याए ।

विन्देश्वरका भतिज रामजीवनका अनुसार हस्पिटलका चिकित्सकले तत्कालै टाउकोको अपरेसन गर्नुपर्ने भन्दै एक लाख रुपैयाँ जम्मा गर्न लगाए । राति ९ बजे अपरेसन थिएटरभित्र लगे । साढे ९ बजे भने चिकित्सकले विन्देश्वरको दुबै मिर्गौला फेल भएको परिवारजनलाई जानकारी गराए ।

‘अपरेसन गरेपछि निको हुन्छ, बाहिर लग्नुपर्दैन भनेर टाउकोको अपरेसन गरे, हामीलाई आएर दुबै किड्नी फेल भएको छ भने’, रामजीवनले भने, ‘यो त चरम लापरबाही हो नि ! दुबै किड्नी फेल थियो भन्ने कुरा पहिला भन्नुपर्थो नि !’

उनका अनुसार विन्देश्वरको अवस्था झन् खराब हुँदै गएपछि हस्पिटलले उपचार नहुने भन्दै घर लैजान भन्यो । तर उपचार खर्चवापत २ लाख ४० हजार रुपैयाँ लिएको रामजीवनले बताए । घर फर्केको भोलिपल्टै २० साउनमा विहान साढे ७ बजेतिर विन्देश्वरको मृत्यु भयो ।

‘न्यूरो हस्पिटल चलाउँछन्, टाउको जस्तो संवेदनशील अंग खोल्छन् तर सिटी स्क्यान मेसिन पनि छैन, यो भन्दा चरम लापरबाही के हुन्छ ?’ एक बिरामीका आफन्त भन्छन्, ‘मेरो भिनाजुलाई बाहिर उपचारको लागि लगेको भए बाँच्नुहुन्थ्यो ।’

छिमेकी समीर यादवका अनुसार ज्यानसंगै पैसासमेत लुटेको भन्दै सर्लाहीको कौडेना गाउँपालिका अध्यक्षसहित केही गाउँले युवाहरु न्यूरो हस्पिटल पुगे । हस्पिटलले उपचार खर्च फिर्ता गर्ने आश्वासन दियो ।

दुईजनाको हस्ताक्षर हुनुपर्ने चेकमा एकजनाकै हस्ताक्षर गरेर दिएपछि झेल गर्न खोजेको भन्दै गाउँलेहरुले इन्कार गरे । हस्पिटलले केही बाउन्सर बोलाएर धम्क्याउन खोजेपछि दुई पक्षबीच हात हालाहालकै स्थिति भयो । मृतक परिवारको पक्षबाट मधेश प्रदेशसभा सदस्य कौशल किशोर राय र केही युवा पुगेपछि हस्पिटल छलफल गर्न तयार भयो । झण्डै ३ घण्टा छलफलपछि हस्पिटलले २ लाख ४० हजार रुपैयाँ फिर्ता गरेको समीर बताउँछन् ।

****

३ जेठ साँझको हावाहुरीमा छिटो घर पुग्न दौडिने क्रममा धनुषाको बटेश्वर गाउँपालिका–२ धुमासनका ४२ वर्षीय सञ्जयकुमार महतो घरनजिकै ट्याक्टरमा ठोक्किए । बेहोस भएका उनलाई परिवारका सदस्यले जनकपुर न्यूरो हस्पिटल लगे ।

चिकित्सकले यहीँ निको हुन्छ, अन्त लैजानुपर्दैन भनेर बिरामी भर्ना गरे । तर न्यूरोको विशिष्टिकृत हस्पिटल दाबी गर्ने यसमा सिटीस्क्यान मेसिनसमेत छैन । गम्भीर अवस्थामै सञ्जयलाई एम्बुलेन्समा राखेर दुई किलोमिटर टाढाको सिटी स्क्यानमा सेन्टरमा लगियो । २/३ घण्टा चेकजाँचमै बित्यो ।

घाइते सञ्जयका साला सत्रोहन महतोका अनुसार राति २ बजेतिर टाउकोको शल्यक्रिया गरियो । भेन्टिलेटरमा राखेर उपचार गरियो । अवस्थामा केही सुधार हुँदै थियो ।

‘भेन्टिलेटरबाट निकालेर सिटी स्क्यान गराउन तीन दिनसम्म बाहिर लैजाने–ल्याउने गरियो । एम्बुलेन्समा राखेर दुई किलोमिटर पर सिटी स्क्यान गराउन ओहरदोहोर गराउँदा स्वास्थ्य अवस्था झनै बिग्रिन थाल्यो’, सत्रोहनले भने ।

जेठ ११ गतेसम्म सञ्जयको अवस्था झन् खराब भइसकेको थियो । अब उपचार गरेर ठीक नहुने भन्दै हस्पिटलले उपचार खर्चवापतको ६ लाख ८७ हजार रुपैयाँ बुझाएर लैजान भन्यो । आफन्तले त्यतिबेलासम्म सिटीस्क्यान, औषधि र उपचारवापतको अन्य खर्चसमेत गरेर २ लाख ९० हजार तिरेका थिए ।

परिवारजन आफन्तले हस्पिटलले नसक्ने उपचार पनि गर्छु भनेर रोकेको भन्दै बिल नतिर्ने बरु उल्टै क्षतिपूर्ति दिनुपर्ने अडान राखे । अस्पतालले १३ गते सञ्जयको मृत्युको घोषणा ग¥यो । मृतक पक्ष र हस्पिटलबीच उपचार खर्चको विषयमा दुई दिनसम्म वादविवाद भयो ।

‘न्यूरो हस्पिटल चलाउँछन्, टाउको जस्तो संवेदनशील अंग खोल्छन् तर सिटी स्क्यान मेसिन पनि छैन, यो भन्दा चरम लापरबाही के हुन्छ ?’ सत्रोहन भन्छन्, ‘मेरो भिनाजुलाई बाहिर उपचारको लागि लगेको भए बाँच्नुहुन्थ्यो ।’

****

जनकपुर न्यूरो हस्पिटलले ७ असारमा गाडी दुर्घटनामा गम्भीर घाइतेको कुरुवा आएका सामान्य चोटपटक लागेका एक व्यक्तिलाई नै आईसीयूमा भर्ना गरिदिएको थियो । त्यस दिन विहान ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा रोकिराखेको ना ५ ख ७५५१ नम्बरको ट्रकमा बा ०४६२ नम्बरको कार ठोक्किएको थियो ।

कारमा चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का ४२ वर्षीय किशोर श्रेष्ठ, ३७ वर्षका कमल राना, तनहुँकै म्याग्दे गाउँपालिका–५ का ३० वर्षीय अरबिन्द्र भन्ने रेखबहादुर रानामगर र भिमाद नगरपालिका–६ का २७ वर्षीय वर्कत अली थिए ।

जनकपुर न्यूरो हस्पिटलले बिरामीको उपचारमा बदमासी गरेको भन्दै मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ महाशाखामा असार १० गते उजुरी समेत परेको छ ।

दुर्घटनापछि वर्कत अलीले स्थानीयको सहयोगमा कारमा रहेका अन्यको उद्दार गरेर अस्पताल लगेका थिए । ‘मलाई चोटपटक लागेको थियो । म जसोतसो निस्किए । अरुको सहयोगमा सबैलाई लालबन्दीकै मोडेल हस्पिटलमा भर्ना गराएँ’ वर्कतले भने ।

वर्कतका अनुसार गम्भीर घाइते कमल राना र चालक किशोर श्रेष्ठलाई मोडेल हस्पिटलले जनकपुरधामको न्यूरो हस्पिटल रेफर गर्‍यो । न्यूरो हस्पिटलले वर्कतलाई आफ्नै पनि सिटीस्क्यान गराउन सल्लाह दियो ।

उनको टाउकोमा सामान्य चोट मात्रै देखिएको थियो । वर्कतले आफू हस्पिटलमा दुईजना घाइतेको कुरुवा भएर आएको खबर नजिकका साथी महोत्तरी जलेश्वरका राजेशकुमार रायलाई दिए । राजेश दिउँसो हस्पिटलमा पुग्दा वर्कतको मोबाइल अफ थियो । उनले वर्कतलाई खोजेपछि आईसीयूमा भर्ना गरेको थाहा पाए ।

वर्कतले भने अपराह्न साढे ४ बजेतिर मात्रै आफू आईसीयूमा रहेको थाहा पाए । ‘म त ४/साढे ४ बजे ब्यूँझिँदा आईसीयूमा रहेको थाहा पाएँ । मोबाइल पैसा केही थिएन मसंग । म होसमै भएको मान्छे, किन यहाँ हालिदियो भनेर अचम्मित भएँ’ वर्कत सुनाउँछन् ‘बरु मेरो दाँत झरेको थियो, डेन्टलतिर पठाइदिँदा हुन्थ्यो नि !’

हस्पिटल साँझ साढे ७ बजे बर्कतलाई आईसीयूबाट बाहिर निकाल्यो र डिस्चार्ज गरिदियो ।त्यतिबेलासम्म वर्कतको उपचार खर्च ३२ हजार रुपैयाँ उठिसकेको थियो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार दर्घटनामा बर्कतको समान्य चोटपटक लागेर मुखको तल र माथिको २/२ वटा दाँत मात्र झरेर समान्य घाइते थिए ।

यी घटनाका बारेमा जिज्ञासा राख्दा सञ्चालक डा. विजय राउतले टेलिफोनमा कुराकानी गर्न अस्वीकार गरे । ‘यो घटनाका बारेमा फोनमा म तपाईलाई बुझाएर भन्न सक्दिन । भेट्नुपर्छ’, उनले भने ।

न्यूरो हस्पिटलले बिरामीको उपचारमा बदमासी गरेको भन्दै मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ महाशाखामा असार १० गते उजुरी समेत परेको छ । पैसाकै लागि सामान्य बिरामीलाई आईसीयूमा भर्ना गर्ने, उपचार गर्न नसक्ने बिरामीलाई पनि धेरै दिन भर्ना गरेर राख्ने, उपचार खर्चको बिल दिँदा पनि कुन उपचारबापत कति शुल्क हुन्छ स्पष्ट नपारी दिएको भन्दै महोत्तरीको जलेश्वर नगरपालिका– ५ का गणेशराज पाण्डेले उजुरी दिएका थिए ।

उजुरी परेपछि हस्पिटलसंग दर्ता, नवीकरणको प्रमाणपत्र, उपचार शुल्कको दररेटसहितका कागजात र स्पष्टीकरण माग गरिएको महाशाखा प्रमुख डा. मुक्ति साहले बताए । ‘जवाफसहित कागजात महाशाखामा पठाएको पनि छ । हेर्न भ्याएको छैन । अहिले बाढीपीडितका लागि रौतहटमा छु । फर्केपछि हेर्छु’, शाखा प्रमुख साहले भने ।

यो हस्पिटल दर्ता विना नै डेढ वर्षदेखि सञ्चालन भइरहेको छ । उपचारमा लापरबाही, मनपरी शुल्क असुल्ने, शुल्क तिर्न नसक्दा बन्धक बनाउने, शुल्कका विषयमा विवाद भए बाउन्सर बोलाएर धम्क्याउने जस्ता गुनासो पनि आएका छन् ।

यो हस्पिटलमा बिरामीको मृत्यु हुँदा प्राय वादविवाद हुने गरेको छ । ‘कति लफडा हुन्छ यो हस्पिटलमा’, हनुमाननगर चौकीका इन्चार्ज सई सुनकाजी तामाङ भन्छन् ‘मान्छे मर्दा त लफडा हुन्छ नै । निको भएका बिरामीको पनि बढीको बिल बनायो भनेर विवाद भइरहन्छ ।’

२०७८ फागुन दोस्रो सातादेखि डा. विजय राउत र इन्जिनियर अजय राउतले जनकपुरको मुरली चोकमा न्यूरो हस्पिटल सञ्चालनमा ल्याएका थिए । तर यो हस्पिटलले हालसम्म स्वास्थ्य सेवा विभागबाट अनुमति लिएको छैन । हस्पिटल सञ्चालक विजय राउतले आफ्नो विशिष्टिकृत हस्पिटल रहेकाले विभागमा नै दर्ता रहेको भन्दै ढाँट्दै आएका थिए ।

तर, उपचार शुल्क तिर्न नसक्दा एक महिला ३६ दिनदेखि बन्धक रहेको अनलाइनखबरले समाचार सार्वजनिक गर्दा उनको हस्पिटल दर्ता नै नरहेको २७ चैतमा पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले २८ चैतमा दर्ता प्रमाणपत्रसहित उपस्थित हुन सञ्चालकलाई निर्देशन दिए पनि अस्पतालले दर्ता प्रक्रियामै रहेको जवाफ मात्र दियो ।

त्यसपछि जिल्ला प्रशासनले स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै उक्त हस्पिटल दर्ता रहेको वा नरहेको जानकारी माग गरेको थियो । विभागले अझै जानकारी नगराएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

‘अहिलेसम्म पठाएको पत्रको जानकारी विभागबाट आइसकेको छैन । अब एकपट फेरि जानकारीको लागि स्वास्थ्य मन्त्रालयमा ताकेता गर्छौं’ उनले भने ।

स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्द्र खनालले भने जनकपुर न्यूरो हस्पिटल दर्ता नभएको जानकारीसहितको पत्र जिल्ला प्रशासनमा पठाएको बताए ।

‘जिल्ला प्रशासनको पत्र आएपछि हामी जानकारीसहितको पत्र पठाइसकेका छौं’, खनालले भने, ‘हस्पिटललाई पनि हामीले स्पष्टीकरण माग गरेका थियौं । सर्टेन शर्त र मापदण्ड पूरा गरेर आए दर्ता प्रक्रिया अघि बढाउने भनेर पनि पत्राचार गरेका थियौं । तर हस्पिटल पक्षबाट आएन ।’

सुरुमा हस्पिटलले दर्ताका लागि निवेदन दिएपछि विभागले दुई–तीन पटक अनुगमन समेत गरेको थियो । तर, सरकारले तोके अनुसारको मापदण्ड पूरा नगरेकाले दर्ता नभएको शाखा प्रमुख खनालले बताए । यसरी स्वीकृति नलिई हस्पिटल सञ्चालन गर्न नपाउने उनको भनाइ छ ।

मधेश प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्ति साहले न्यूरो हस्पिटल विशिष्टिकृत सेवा भएकाले प्रदेशमा दर्ता नहुने बताए । ‘न्यूरो हस्पिटल विशिष्टिकृत सेवा तर्फ आउँछ । त्यसैले त्यो विभागमै दर्ता हुन्छ’, उनले भने ’यो हस्पिटल विना दर्ता नै सञ्चालन गरेको र उपचार र शुल्कमा लापरबाही गरेको धेरै गुनासो आइरहेको छ । दर्ता छैन भने प्रशासनसंग समन्वय गरेर बन्द गराउँछौं ।’-अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post
मुलुकको स्तरोन्नति र महिला

मुलुकको स्तरोन्नति र महिला

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

माछाका ‘ह्याचलिङ’मा  किसान आकर्षित

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .