No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘कसलाई सुहाउँछ होइन, को चलेको छ भनेर गीत गाउन दिने प्रवृत्ति छ’


‘कसलाई सुहाउँछ होइन, को चलेको छ भनेर गीत गाउन दिने प्रवृत्ति छ’

‘आफूभित्र विश्वास भएमा प्रतिस्पर्धाबाट डराउनु पनि पर्दैन । कोही पनि सधैं चल्दैन भन्ने मैले बुझेको छ । पछि कसैले गीत नदिए पनि मेरो आफ्नै युट्युब च्यानल छ, राम्रा गीतहरु बनाएर सार्वजनिक गर्छु,’ एलिना पछिको योजनाबारे सुनाउँछिन्, ‘अहिले त मेरो स्वर रेकर्ड गर्न लामो समय पर्खेर बस्ने पनि धेरै जना हुनुहुन्छ । सधैं यही अवस्था रहँदैन होला नि ।’

काठमाडौं । कभर गीत गाएर पछि मूलधारको संगीतमा स्थापित गायिका बन्छु भनेर एलिना चौहानले कहिल्यै सोचेकी थिइनन् । किनकि उनी न सांगीतिक परिवारकी थिइन्, न त बच्चादेखि नै गायिका बन्छु भनेर सपना पालेकी थिइन् । मात्र साथीसंगी र परिवारमाझ गीत सुनाउँथिन् र सबैले ‘युनिक  स्वर छ, गीत गाउँदा राम्रो सुनिन्छ’ भनेर प्रशंसा गर्थे ।

एलिना कलेज पढ्दै स्कुलमा पढाउने पनि काम गरिरहेकी थिइन् । जसै विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा पनि लकडाउन भयो । सबै कुरा ठप्प भए, धेरैको दिनचर्या टक्क रोकिए झैं भयो । तर यति नै बेला एलिनाको जीवनमा भने नयाँ मोड आयो । उनी कभर गीत गाउन थालिन् र आफ्नै युट्युब च्यानलमा अपलोड गर्न थालिन् । एक-दुई कभर गीत रेकर्ड गराउँदै सार्वजनिक गर्दा उनका श्रोताहरु बढ्न थाले ।

कालीप्रसाद बाँस्कोटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ले त उनलाई रातारात स्टार नै बनाइदियो । त्यसपछि तिम्रो मायाले बाँधेर राख, बरिलैजस्ता गीत कभर गाएर थप चर्चा बटुलिन् । अनि लकडाउनकै समयमा आफ्नै गीत निशान भट्टराईसँगको ‘के माया लाग्छ र’ सार्वजनिक भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा एलिनाले आफ्नो सांगीतिक यात्रा, अहिलेको नेपाली संगीत, प्रतिस्पर्धा, संगीत क्षेत्रका सबल र दुर्बल पक्षदेखि विवाहका योजनासम्मका विषयमा खुलेर कुराकानी गरेकी छन् ।

चार वर्षको अवधिमा एलिना अहिलेकी व्यस्तमध्येकी गायिका बनेकी छन् । उनको ‘युनिक’ स्वरले जति स्टुडियो गुञ्जाइरहेको छ, उति नै स्टेजलाई नतमस्तक बनाइरहेको छ । यो दुईतिरको तालमेल चाहिं कसरी मिलिरहेको छ त ? एलिना भन्छिन्, ‘अहिले त रेकर्डिङमा भन्दा धेरै स्टेजमै व्यस्त छु । एकैदिन रेकर्डिङ र कन्सर्टमा गएको उदाहरण पनि धेरै छन् । तर आफू जहाँ गइन्छ त्यही ढल्न सक्नुपर्छ जस्तो लाग्छ । बानी पर्दै जाँदा सबै सम्भव हुने रहेछ । आफूलाई मन पर्ने काम भएकाले पनि यसमा रमाइलो लाग्छ । एकैदिन सातवटासम्म गीत रेकर्ड गरेको छु, अहिले पनि दिनमा तीन-चारवटासम्म रेकर्ड गरेकी छु ।’

यस अवधिमा एलिनाका धेरै गीत लोकप्रिय छन् । धोकेवाज, मिनरल वाटर, छुनुमुनु, मेरो परान, दुई पाइला, भाग्यमा खोट छ, पानी पानी, पानी पँधेरोजस्ता थुप्रै गीत हिटको सूचीमा पर्छन् । त्यसमा पनि ‘धोकेवाज’ गीतले उनलाई चर्चाको उपल्लो तहमै पुर्‍याइदियो । ‘अहिले पनि यो गीत स्टेजमा सबैभन्दा बढी माग हुन्छ । हुन त अरु चलेका गीत पनि त्यत्तिकै रुचाइदिनुहुन्छ । तर दुई वर्षअघिको यो गीत दर्शकहरुले एकाएक भाइरल बनाइदिनुभयो,’ एलिना सुनाउँछिन्, ‘खासमा म होइन, उहाँहरु भाइरल हुनुभयो ।’

शिव परियारको स्वरमा मेल भर्सन समेत सार्वजनिक भएको यो गीतलाई लिएर निकै ‘कन्ट्रोभर्सी’समेत सिर्जना भयो । एलिना प्रष्ट पार्छिन्, ‘मेल र फिमेल भर्सन हो, कसो पहिले हो भन्नेमा समेत कुरा आए । खासमा यो दुवैको हो । यसमा केही मिडिया र सोसल मिडियाले अनावश्यक कन्ट्रोभर्सी गराइदिए । शिव दाइ (शिव परियार)जस्तो मान्छेसँग मलाई तुलना गर्नु नै गलत हो ।’

एलिनाले वर्तमान नेपाली संगीतको अवस्थाबारे पनि धारणा राखिन् । अहिले संगीतमा राम्रोसँगै नराम्रो कुरा पनि हाबी भइरहँदा उनलाई दु:ख लाग्छ । कुनै एउटा शब्द वा शैली हिट भएमा सबै त्यसकै पछि लाग्दा स्तरीय संगीत सिर्जनामा बाधा पुगिरहेको उनको ठम्याइ छ । ‘एउटा शब्द भएको गीत जस्तै, धोकेवाज हिट भयो, यही धोकेवाज शब्दकै पछि सबै लाग्नुहुन्छ । आफूले नयाँ बनाऔं भन्दा पनि के चलेको छ त्यसकै पछि लाग्ने, कपी गर्ने प्रचलन बढेको छ,’ हालसम्म ७५० भन्दा बढी गीत गाइसकेकी एलिना भन्छिन्, ‘केही मात्रामा नयाँ शैलीका गीत पनि आइरहेका छन्, तर भाइरलको पछि लाग्दा मरिरहेका छन् ।’ यद्यपि अहिले संगीत ‘फिल्टर’ हुने क्रममा भने रहेको उनको बुझाइ छ ।

म्युजिक भिडियो र गीतको अडियो विषयमा पनि उनले जबर्जस्त कुरा गरिन् । अहिले अडियो ठीकै मात्र भएको गीतमा विवादित हुने खालका विषयवस्तु राखेर चलाउने प्रवृत्ति समेत बढिरहेको उनी बताउँछिन् । ‘खासमा अडियो राम्रो हुनुपर्ने हो । मेरा पनि धेरै गीत स्टुडियोमै खिच्दा पनि रुचाइएका छन्,’ एलिना भन्छिन्, ‘तर अहिले कतिपय गीतका भिडियोमा जानी जानी कन्ट्रोभर्सी राख्ने र भाइरल गराउने प्रवृत्ति बढेको पाउँछु । यस्तो कामले म्युजिकको भविष्य राम्रो बनाउँदैन ।’

नेपाली संगीतमा अहिले जो चलेको छ, उसकै लागि अन्धाधुन्ध गीत बनाउने प्रचलन पनि बढेको छ । यस विषयमा एलिनाको सटिक टिप्पणी छ, ‘कलालाई भन्दा चलेकोलाई हेर्ने प्रवृत्ति देखिन्छ । मैले बनाएको गीत कसलाई सुहाउँछ भन्दा पनि को चलेको छ, भाइरल छ भनेर दिने चलन छ । यसले स्वर म्याच नहुने र रेन्ज नमिल्ने सिंगरले त्यस्तो गीत गाउँदा त्यो सिर्जना नै मरेर जान्छ । यस्तो कुरामा ख्याल गरे हाम्रो संगीत अझै राम्रो हुन्थ्यो होला ।’

एलिनाले भर्खरै पार्श्व गायनमा पनि डेब्यु गरिन् । अरु गीत गाउँदा र फिल्मका गीत गाउँदा फरक लाग्यो रे उनलाई । ‘फिल्मको गीतमा हिरोइनलाई सम्झेर गाउनुपर्ने रहेछ । अरु गीत आफ्नै फिलमा गाउँदा हुन्छ,’ उनी सुनाउँछिन् ।

उनले धेरै शैलीका गीत गाइसकिन् । तर पनि सेन्टिमेन्टल सुगम संगीतमा आधारित गीतमा चाहिं आफ्नो स्वर बढी सुहाएको एलिनालाई लाग्छ । ‘लोकगीत पनि गाएको छु, तर कताकता टिपिकल गीतमा स्वर म्याच नभएजस्तो लाग्छ, गाउन पनि गाह्रो लाग्छ, म झापाकी मान्छेलाई,’ उनी सुनाउँछिन् ।

स्टेज र स्टुडियोमा व्यस्ततासँगै प्रतिस्पर्धा पनि निकै चर्को छ । रचना रिमाल र समीक्षा अधिकारी एलिनाका प्रतिस्पर्धी हुन् भनेर चर्चा गरेको पनि सुनिन्छ । तर यसलाई उनी ठाडै अस्वीकार गर्छिन् । ‘यो बाहिर फैलाइएको हल्ला मात्रै हो । रचना, समीक्षा र मेरो प्रतिस्पर्धा होइन, अरुले जुधाइदिनुहुन्छ होला । उनीहरुको छुट्टाछुट्टै शैली छ, मेरो छुट्टै । क्लासिकलमा राम्रो छ रचनाको, लोकमा समीक्षाको छ,’ एलिना भन्छिन् ।

उनले संगीतमा सधैं एउटै गतिमा चलिंदैन भन्ने बोध गरेकी छन् । ‘आफूभित्र विश्वास भएमा प्रतिस्पर्धाबाट डराउनु पनि पर्दैन । कोही पनि सधैं चल्दैन भन्ने मैले बुझेको छ । पछि कसैले गीत नदिए पनि मेरो आफ्नै युट्युब च्यानल छ, राम्रा गीतहरु बनाएर सार्वजनिक गर्छु,’ उनी पछिको योजनाबारे सुनाउँछिन्, ‘अहिले त मेरो स्वर रेकर्ड गर्न लामो समय पर्खेर बस्ने पनि धेरै जना हुनुहुन्छ । सधैं यही अवस्था रहँदैन होला नि ।’

संगीतमा लागेको छोटो समयमै नाम, दाम र प्रतिष्ठा कमाइसकेकी एलिनालाई घरजम गर्ने सोच चाहिं आएको छैन ? गफ स्टेसनमा उनले आफ्नो प्रेम सम्बन्धबारे पनि खुलाइन् । हाल अस्ट्रेलियामा बसोबास गर्ने बागलुङका एक व्यक्तिसँग प्रेम सम्बन्धमा रहेकी उनी विवाह गर्ने तयारीमा छिन् । ‘तर घरजम गर्न व्यस्तताले दिएन । कहिले देश, कहिले विदेशमा कार्यक्रमका लागि गइरहनुपर्छ । फेरि उहाँ पनि अस्ट्रेलियामा बस्नुहुन्छ । दुईतर्फकै परिवारका कुरा मिलाउनुपर्‍यो,’ उनी भन्छिन्, ‘सायद अब चाँडै यसबारे निर्णय होला ।’

गायिका एलिना चौहानसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
सिरहाको धनगढीमा किसानको सिचाइ बिल पालिकाद्वारा भुक्तानी

सिरहाको धनगढीमा किसानको सिचाइ बिल पालिकाद्वारा भुक्तानी

सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको लहान च्यापटर गठन

सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको लहान च्यापटर गठन

एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .