No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘प्रविधिमैत्री’ बन्दै ट्राफिक प्रहरी: सिसिटिभी हेरेर कारवाही, मोबाइलबाटै जरिवाना

‘प्रविधिमैत्री’ बन्दै ट्राफिक प्रहरी: सिसिटिभी हेरेर कारवाही, मोबाइलबाटै जरिवाना

काठमाडौं : काठमाडौं  उपत्यकामा ट्राफिक प्रहरी आफ्नो पुर्वघोषित कार्यक्रम अनुसार ट्राफिक सेवालाई प्रबिधिमैत्री बनाउने अभियानमा जुटेको छ। हराएको कागजात अनलाइनबाटै सिफारिस लिन मिल्नेदेखि सिसिटिभीबाट चालकले ट्राफिक नियम माने नमानेको समेत निगरानी गरिरहेको छ।

यतिमात्र नभई १० बर्षदेखि बन्द ट्राफिक लाइट बल्न थालेका छन भने स्थानीय तहसँगको समन्वयमा चोक चोकमा ट्राफिक लाइट जडान गर्ने अभियानमा जुटेको छ।

प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधि अपनाउन प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बिजपाटीलाई बताए।

सडकमा लाइट, सिसिटिभी, अनलाइन सेवा र रेडियो सचेतना वृद्धि, सडक लेन मार्किङ, सचेतना बोर्ड, युवा स्वयंसेवक परिचालन, विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क निर्माणलगायत ३७बुँदे सुधारका अल्पकालीन योजनासमेत अघि सारेको ढकालले बताए।

सोहिअनुसार उपत्यका ट्राफिक कार्यलयले हराएको लाइसेन्स, ब्लु बुक र रुट परमिट सिफारिस अनलाइन मार्फत नै लिने व्यवस्था गरेको छ। बागमतीबाट जारी गरिएका यी कागजात सेवाग्राहीले अनलाइन मार्फत नै सिफारिस गर्न पाउनेगरि प्रणालीको विकास गरिएको छ।

यो पनि : अब हराएको लाइसेन्स वा ब्लु बुकको सिफारिस लिन ट्राफिक कार्यलय धाउनु नपर्ने

सेवाग्राहिले घरबाटै अनलाइन मार्फत फारम भरेर हराएको कागजातको सिफारिस बनाउन सक्ने छन्। सेवालाई थप सहज र सरल तथा कोरोनाको महामारीको विषम परिस्तिथिलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालयको सहयोगमा अनलाइनबाटै हराएको डकुमेन्टको सिफारिस बनाउन सकिने व्यवस्था गरिएको छ।

उपत्यका ट्राफिक कार्यलयले सिसि क्यामेराबाट निगरानी गरेर ११ हजार बढीलाई जरीवाना तिर्न लगाएको छ भने उपत्यका मुख्य मुख्य ठाउँमा ट्राफिक लाइट जडान गरेको छ।

सुरुमा उपत्यकाका १८ वटा चोकमा ट्राफिक लाइट जडान गरिएकोमा अहीले ललितपुरमा थप ३ र कमलपोखरी र नक्सालमा समेत जडान गरिएको छ। स्थानीय तहसँग समन्वय गरेर उपत्यकाका ११ वटा ठाउँमा तत्काल ट्राफिक लाइट जडान हुनेछ भने थप ४६ ठाउँमा राख्ने योजना रहेको छ।

त्यस्तैगरि उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन हरायो भने त्यसको उजुरी दिने तथा अन्य काम समेत अनलाइन बाट नै हुने व्यवस्था मिलाउदै छ। लेन मिचेको लगायतका जरीवाना महसुल पनि मोबाइलबाट नै तिर्न मिल्ने बनाउदै गरेको र यो प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ।

ट्राफिक सेवालाई सहज र सजिलो बनाउन प्रबिधि मैत्री बनाउने मुख्य प्राथमिकता भएको बताउंदै ढकालले पूर्ण रुपमा प्रविधिमा लैजाने आफ्नो योजना पुरा हुने विश्वास व्यक्त गरे।bizpati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

सीमा सुरक्षा सरकारले मात्रै सक्दैन नागरिक पनि लाग्नुपर्छ : गृहमन्त्री

सीमा सुरक्षा सरकारले मात्रै सक्दैन नागरिक पनि लाग्नुपर्छ : गृहमन्त्री

कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’

कृषि राज्यमन्त्री यादव भन्छन,‘सचिवले मुख्यमन्त्री र मन्त्रीलाई बाइपास गरे’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .