No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

काठमाडौं : दसैं नजिकिँदै जाँदा व्यापारीहरूले सवा २ अर्ब रुपैयाँभन्दा बढीको चिनी भित्र्याएका छन्।

गत साउन र भदौमा मात्र २ अर्ब २९ करोड ४० लाख ८७ हजार रुपैयाँको चिनी आयात भएको भन्सार विभागको तथ्यांक छ। यो मूल्यमा ४ करोड ६९ लाख ४२ हजार १ सय २६ किलो चिनी आयात भएको हो। यो परिमाणमा चिनी आयात हुँदा सरकारी ढुकुटीमा १ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ राजस्व जम्मा भएको छ।

यो अवधिमा भारतबाट मात्र ४ करोड ६८ लाख ९६ हजार १ सय किलो र अस्ट्रेलियाबाट ४६ हजार किलो चिनी आयात भएको तथ्यांक छ। यसका लागि व्यापारीले भारतलाई २ अर्ब २९ करोड ८ लाख ६३ हजार र अस्ट्रेलियालाई ३२ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

बजारमा चिनी अभाव हुनसक्ने हल्ला चलिरहेका बेला ठूलो परिमाणमा चिनी भित्रिएको हो।

सरकारी कम्पनीको ढिलासुस्ती 

दसैं-तिहार नजिकिँदै जाँदा हरेक वर्ष चिनीको चर्चा हुन्छ। यो वर्ष कोभिड-१९ संकटका कारण साउन १२ को मन्त्रिपरिषद बैठकले ३० हजार टन चिनी सरकारी कम्पनीमार्फत आयात गर्ने निर्णय गरेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजीको दबदबा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत क्रमशः १० र २० हजार टन चिनी आयात गर्ने जिम्मा दिइएको थियो।

यी कम्पनीले चिनी आयात गरेर सहुलियतमा बिक्री गर्नुपर्ने हुन्छ। जसका कारण बजारमा चिनी अभाव पनि नहुने र भाउ पनि नियन्त्रित हुने सरकारी ठम्याइ थियो। व्यापारीले ४० प्रतिशत भन्सार महसुल बुझाएर चिनी आयात गर्छन् भने यी कम्पनीलाई ५० प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो।

तर, सरकारी स्वामित्वका यी कम्पनीले माग बढी हुने दसैंका बेलामा पनि चिनी आयातमा ढिलाइ गरेका छन्। खाद्य व्यवस्थाले दसैंपछि मात्र चिनी ल्याउने भएको छ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार तिहारलाई लक्ष्य गरी चिनी ल्याइने छ। अहिले बोलपत्र आह्वान भइसकेको छ।

‘सरकारले दसैंका लागि मात्र नभनी हामीलाई १० हजार टन चिनीको कोटा दिएको हो,’ उनले दाबी गरिन्। अहिले खाद्य व्यवस्थासँग चिनी स्टक छैन।

साल्ट ट्रेड्रिङले ग्लोबल टेन्डर गरेर चिनी आयात प्रक्रिया अगाडि बढाएको छ।

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार अहिले ८ सय टन चिनी मौज्दात छ।

‘२० हजार टन चिनी आयात प्रक्रिया सुरु भइसकेको छ, दसैं अगाडि नै आइपुग्छ,’ उनले भने।

साल्ट ट्रेडिङले सिधै उपभोक्तालाई चिनी बेच्ने भएकाले भाउ नियन्त्रणमा सहज हुने उनको भनाइ छ।

पछिल्लो समय बजारमा चिनी अभाव हुन थालेको हल्ला चलाइएको छ। नेपाली उद्योगीसँग चिनी सकिएको भन्दै आयात बढाइएको छ। तर, भाउ नियन्त्रण हुन सकेको छैन। चिनीको भाउ ८० बाट बढाएर ८५ देखि ९० रुपैयाँसम्म पुर्‍याइएको छ।

यसरी भाउ बढ्नुमा साल्ट ट्रेडिङको कमजोरी देखिन्छ। चिनीको बजार मूल्य नियन्त्रणमा लिन उसले ठूलो परिमाणमा चिनी मौज्दात राख्नुपर्ने हुन्छ। साल्टले चिनी उपभोक्तालाई बेच्दा बजार भाउ थामिन्छ। तर, ऊसँग मौज्दात सकिन थालेपछि त्यसको असर भाउमा परेको हो।

सरकारले पनि चिनी अभाव भएको हल्ला चलेपछि मात्र सरकारी कम्पनीलाई आयात गर्न अनुमति दिएको थियो। नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनी खपत हुने गरेको तथ्यांक छ।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

Next Post
एसिड आक्रमण सम्बन्धि बन्यो कानून : २० वर्ष कैद र १० लाख जरिवाना

एसिड आक्रमण सम्बन्धि बन्यो कानून : २० वर्ष कैद र १० लाख जरिवाना

देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन माग

देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन माग

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

१४० अमेरिकी सैनिक घाइते

१४० अमेरिकी सैनिक घाइते

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .