No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अल्पसंख्यकहरुको सुरक्षा गर भन्दै एकता दिवस असफल, विरोधमा गरियो हस्ताक्षर संकलन अभियान

अल्पसंख्यकहरुको सुरक्षा गर भन्दै एकता दिवस असफल, विरोधमा गरियो हस्ताक्षर संकलन अभियान

काठमाडौं। काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गर्‍यो। पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षाभन्दा धेरै कम मानिसहरु सहभागी भएका थिए।

एकातिर कार्यक्रमको न्युन सहभागीताले नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरेको छ।

राष्ट्रिय एकता अभियानले हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्‍ने नाराका साथ हस्ताक्षर संकलन अभियान गरेको हो।

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो। हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियान्ताहरु सक्रिय थिए।

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ। पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको हो।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रयोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान सुरु गरिएको बताए। उनले भने,’पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दु:ख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन्। बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए। तर व्यापक धर्मान्तरण र ज्याजतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ।

हिन्दुहरुमाथि भइरहेको अत्याचार झनै झांगिएको छ। यसले पाकिस्तानको सामाजिक सुत्र नै विभक्त भइरहेको छ। अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन।

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्याजती नभएको भन्दै ढाँटिरहेको छ।

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ। हिन्दु महिलाहरुमाथि भएको अपराधका केशहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ। न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ। यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्टमध्ये १५० औं स्थानमा छ, जबकी यो तुलना १५३ राष्टहरुभित्र मात्रै भएको हो।

पाकिस्तानमा हिन्दुहरुमाथि जे भइरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ। पाकिस्तानी हिन्दुका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन्। अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन्।

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन्। यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जान समेत पाएका छैनन्। कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन्।

केही मध्यमवर्गीय हिन्दुहरुको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन। हिन्दु अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आंकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ।

हरेक वर्ष करिब ५००० हिन्दुहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन्। उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन्। यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ।

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन्, किनकी रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन। पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन्। हिन्दुहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो।

हरेक पटक पाकिस्तानी प्रधानमन्त्रीहरु दाबी गर्छन कि उनीहरुको झण्डामा भएको सेतो रङले अल्पसंख्यक हिन्दुहरुको प्रतिनिधित्व गर्छ। तर विश्वले बुझिरहेको छ कि यो पाकिस्तानी प्रोपोगाण्डा मात्रै हो।

भारतविरोधी कुनै आतंकवादी आफ्नो भूमिमा नरहेको दाबी गरेजस्तै पाकिस्तानले यो पनि अस्वीकार गरिरहेको छ कि त्यहाँ कुनै जबर्जस्ती छैन र अल्पसंख्यकहरुको मानवअधिकार पुरै सुरक्षित छ। तर यस्तो पाकिस्तानी दाबी सरासर झुटको पुलिन्दा सिवाय अरु केही होइन। पाकिस्तानी सरकारी अधिकारीहरु विश्वलाई ढाँट्न निकै अभ्यस्त छँदैछन्। तर जतिपटक दोहो-याएपनि झुठ सत्यमा बदलिन सक्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने

चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने

प्रदर्शना कुमारी बनिन् मधेशी समुदायबाट पहिलो महिला सिडिओ

प्रदर्शना कुमारी बनिन् मधेशी समुदायबाट पहिलो महिला सिडिओ

मधेश प्रदेश : स्कुलबाट बेपत्ता भएका बालबालिकाको भारतबाट उद्धार

मधेश प्रदेश : स्कुलबाट बेपत्ता भएका बालबालिकाको भारतबाट उद्धार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .