No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम

चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम

चीनमा फेरि कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। संक्रमित बढ्न थालेपछि अस्पताल भरिंदै गएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, अस्पताल भर्ना हुनेमा सबैभन्दा बढी ज्येष्ठ नागरिक रहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले चीनको चोङकिङ मेडिकल विश्वविद्यालयमा हरेक दिन १० जना ज्‍येष्ठ नागरिक भर्ना हुन थालेको उल्लेख गरेको छ। जसमध्ये ८० देखि ९० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। उपचारमा संलग्न अस्पतालका धेरैजसो कर्मचारी पनि कोरोना संक्रमित भइसकेका छन्।

कैयौंले उपचार पाउन ६ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ भने धेरैजसो व्यक्तिलाई श्वास फेर्न समस्या भइरहेको अस्पतालका एक कर्मचारीले बताएका छन्।

चीनमा अझै लाखौं ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप नलगाएको उल्लेख गरिएको छ। यसले ज्येष्ठ नागरिक झनै जोखिममा छन्।

त्यस्तै, सांघाई शहरमा पनि अस्पतालको हालत निकै खराब देखिएको छ। धेरैजसो कोरोना संक्रमित अस्पताल बाहिर करिडोरमा उपचार गर्न बाध्य छन्।

सञ्चार माध्यमका अनुसार, १५ जनाभन्दा बढी संक्रमित ज्येष्ठ नागरिक अक्सिजन मास्क लगाएर बाहिर उपचाररत छन्। यति मात्र नभई संक्रमणबाट मृत्यु भएकालाई जलाउन पनि त्यत्तिकै लाइन लाग्न थालेको छ।

चीनमा महामारीका रूपमा संक्रमण फैलिनुको कारण नयाँ सब-भेरियन्ट ‘बी.एफ. ७’ भएको जनाइएको छ। विभिन्न रिपोर्टहरूका अनुसार यो भेरियन्ट तीव्र रूपमा फैलिन्छ। यसले खोप लगाएका वा नलगाएका दुवैमा उत्तिकै संक्रमण गर्छ।

चीनले कोरोना विरुद्ध शून्य सहनशीलता नीति अपनाउँदै आएको थियो। संक्रमण फैलिन सक्ने सम्भावना रहेको भन्दै तीन वर्ष कडा प्रतिबन्ध लगाएको थियो। यसको देशव्यापी विरोध पनि भएको थियो। राष्ट्रपति सी चिनफिङको राजीनामा माग गर्दै प्रर्दशन हुन थालेपछि प्रतिबन्ध खुकुलो बनाइएको हो। कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो भएको केही समय नबित्दै संक्रमण फैलिन थालेको छ।

चीनमा संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, चीनमा फैलिएको भाइरस बीएफ-७ भने अहिलेसम्म नेपालमा भेटिएको छैन।

देशका विभिन्न ठाउँबाट नमूना सङ्कलन गरी जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै १७ वटा सब-भेरियन्ट पाइएका छन्। ४८ वटा नमूनामा बीए २, बीए.२.७५, बीए २.७५.१, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए २.७६, बीए ५.२, बीए ५.२.१, बीएम १, बीएम १.१.३, बीएन १.३, बीक्यू १.२, बीक्यू १. १, बीवाई १ र एक्स बीबी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छिमेकी देशमा पुष्टि भएको भेरियन्ट हाल पुष्टि नभए पनि संक्रमणको खतरा भएका कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। हिमालखबर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चिनमा कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ

चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...