No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा भारतले असहमति राख्दा हिउँदभर उडान असहज


इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा भारतले असहमति राख्दा हिउँदभर उडान असहज
उडान भैरहवाबाट हुँदा पनि प्रक्रिया काठमाडौंबाटै : भिसा सेन्टर‚ मेडिकल जाँच‚ अभिमुखीकरण तालिम‚ बिमा कार्यालय र म्यानपावर कम्पनीका सम्पर्क कार्यालय नहुँदा श्रमिकहरू काठमाडौं धाउन बाध्य

काठमाडौँ‚ भैरहवा — राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं कम भएको छ । त्यसमाथि खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ ।

जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिए पनि सञ्चालनमा भारतले असहमति राखेको छ । यो प्रणाली सञ्चालन नभएकाले खराब मौसमको सामना गर्न नसक्ने भन्दै कुवेतको जजिरा एयरवेजको जहाज सिधै काठमाडौं आउन थालेको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको जजिरा काठमाडौं फर्किएसँगै अरू अन्तर्राष्ट्रिय वायुसेवा पनि हच्किएका छन् ।

खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने आईएलएस विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । यसकै आधारमा एरोथाईको विशेष विमानले परीक्षण उडान गरेको थियो ।

कुनै पनि विमानस्थलको विवरण विश्वभरका वायुसेवाका लागि एयर र्‍याकमा प्रकाशन गर्नुर्पर्छ । तर गौतम बुद्ध विमानस्थलको ‘बफर–एरिया’ भारतीय वायु क्षेत्रमा पसेको भन्दै भारतले आईएलएस सञ्चालनमा सहमति दिएको छैन । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थललाई एयर र्‍याकमा प्रकाशन गर्न नसक्दा व्यावसायिक उडान प्रभावित भएका छन् ।

भैरहवा विमानस्थलमा अवतरण हुने विमान भारततर्फ जाने होइनन्, आईएलएस प्रणालीको बफर (प्रोटेक्सन) एरिया भारतको वायु क्षेत्रमा पसेको हो । यो भनेको सीमा क्षेत्रमा रहेका रेडियो वा मोबाइलको सिग्नल पारिपट्टि अर्को देशमा गएजस्तो हो, जहाजै प्रवेश गरेको अवस्था होइन,’ प्राधिकरणमा रहेका यस विषयका एक जानकारले भने, ‘हामी कुनै पनि समयमा आईएलएस सञ्चालन गरेर सेवा दिन सक्छौं तर त्यसका लागि भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिइसकेका छन् । उताको सहमति मात्रै कुरेका हौं ।’

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एयर र्‍याकमा प्रकाशन नभएसम्म यसलाई व्यावसायिक उडानमा सञ्चालन गराउन पाइँदैन । जहाज अवतरण गराउने आईएलएस सुविधा पाइलटहरूको रोजाइमा पर्छ । नेपालबाहिर जहाज उडाउँदै आएका एक वरिष्ठ पाइलटका अनुसार अन्तर्राष्ट्रिय वायुयान कम्पनीहरू कुनै पनि नयाँ गन्तव्यमा जानुअघि ती गन्तव्यका विमानस्थलमा सबैभन्दा पहिले आईएलएस छ/छैन हेर्छन् ।

‘विश्वमा अहिले जहाज अवतरण गराउन प्रमुख रूपमा दुई थरी सुविधा छन्,’ ती पाइलटले भने, ‘एउटा सटीकता भएको प्रिसिजन र अर्को नन्प्रिसिजन एप्रोच प्रणाली । अहिले विकास भएको प्रिसिजन एप्रोचमा जहाज धावनमार्गको बिन्दुसम्मै आइपुग्छन् । पाइलटले ल्याउनै पर्दैन । त्यसैले अहिलेका पाइलटहरू आईएलएस खोज्छन् । सटीकता नभएको नन्प्रिसिजनमा उपकरणहरूले एउटा बिन्दुसम्म जहाजलाई ल्याइदिएपछि पाइलटले बाँकी निर्णय गर्नुपर्छ । दोस्रो विश्वयुद्धताका विकास भएको पुरानो प्रणाली अपनाउन नाक खुम्च्याउँछन् ।’

हिउँदमा भैरहवाको मौसम खराब हुने हुनाले जहाजलाई पश्चिमतर्फबाट अवतरण गराउँदा न्यूनतम १८ सय र पूर्वबाट अवतरण गराउँदा २२ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, भैरहवामा आईएलएस सञ्चालनमा आएपछि पाइलटहरूले पहिलो नम्बरको ‘क्याट–वान’ प्रणाली अपनाउनेछन् । यसो गर्दा जहाजलाई ८ सय मिटरसम्मको भिजिबिलिटीमा अवतरण गराउन सकिनेछ । नेपालबाहिरबाट आउने जहाज सिमराबाट भरतपुरको आकाश हुँदै भैरहवा पुग्ने हवाईमार्ग बनाइएको छ । सिमराबाट गौतम बुद्ध विमानस्थल २० देखि २४ मिनेटको दूरीमा छ । यो काठमाडौंको दाँजोमा करिब ७ मिनेट लामो हो ।

गौतम बुद्धको धावनमार्ग काठमाडौं विमानस्थलकै क्षमताको छ । प्राधिकरण मातहतको राष्ट्रिय गौरवका आयोजना प्रमुख बाबुराम पौडेलका अनुसार गौतम बुद्ध विमानस्थलको धावनमार्ग बोइङ ७७७ र एयरबस ए ३३० लाई थेग्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार काठमाडौंकै हाराहारी तीन किलोमिटर लम्बाइ भएको गौतम बुद्धको धावनमार्ग अलकत्राले बनाइएको हो । पोखराको नयाँ विमानस्थलमा भने कंक्रिट ढलान गरिएको छ । ‘पोखरामा धेरै पानी पर्ने भएकाले कंक्रिट पहिलो पटक प्रयोगमा ल्याएका हौं,’ पौडेलले भने, ‘अलकत्रालाई पानीले बिगार्छ । यसको आयु पनि २० वर्ष मात्रै हुन्छ भने कंक्रिटलाई पानीले बिगार्दैन, यसको आयु ५० वर्ष हुन्छ । यो महँगो प्रविधि हो ।’

उडान भैरहवामा, प्रक्रिया काठमाडौंमै 

उता, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक पूर्वाधार नबन्दा गौतम बुद्ध विमानस्थलले यात्रु पाउन पनि मुस्किल भएको छ । भैरहवास्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गरिरहेको छ तर विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भइसक्दा पनि म्यानपावर, भिसा सेन्टर, मेडिकल जाँचलगायत काम सुरु भएको छैन ।

काठमाडौंमा प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यात्रुले उतैबाट अन्तर्राष्ट्रिय उडान गर्दा भैरहवामा यात्रुको चाप छैन । ‘अहिले सरदर डेढ सय यात्रु हुन्छन्,’ गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भने, ‘त्यही पनि काठमाडौंबाट ल्याएर उडाउनुपरिरहेको छ ।’ श्रम कार्यालय सञ्चालनमा आए पनि भिसा सेन्टर, मेडिकल जाँच, म्यानपावर कम्पनी, ओरिन्टिएसन र बिमा कार्यालय नहुँदा समस्या भइरहेको उनले बताए ।

विमानस्थलसँगै गत असारमा तत्कालीन श्रममन्त्री किसान श्रेष्ठको पहलमा भैरहवामै श्रम कार्यालय सञ्चालनमा आएको थियो । उक्त कार्यालयबाट अहिले तीन प्रकारका श्रम स्वीकृति प्रदान भइरहेको यहाँस्थित श्रम तथा रोजगार कार्यालय शाखा प्रमुख केशवराज भट्टराईले बताए । उनका अनुसार २०७५ बाट बुटवलस्थित कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । ‘एक पटक विदेश बसेर फर्किएकाले पुनः जान चाहेमा श्रम कागजात नवीकरणको काम पहिल्यैदेखि भइरहेको हो,’ भट्टराईले भने, ‘अहिले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिन थालेका छौं ।’

गत असार १ बाट संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । त्यसका लागि विभिन्न म्यानपावर कम्पनीमार्फत आवेदन आउने गरेका छन् । ‘गत कात्तिक ३ बाट व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न थालेका छौं,’ उनले भने । श्रम स्वीकृतिका लागि कानुनी व्यवस्था र अधिकार प्रत्यायोजन भए पनि प्रशस्त आवेदन प्राप्त नभएको उनले बताए । यहाँस्थित कार्यालयबाट पुनः श्रम स्वीकृति लिने धेरै छन् । अहिले तीन–चारवटा म्यानपावर कम्पनीले संस्थागत श्रम स्वीकृतिको काम गरिरहेका छन् । ‘व्यक्तिगत श्रम स्वीकृतिका लागि सरदर दिनमा ३/४ वटा आवेदन प्राप्त हुन्छन्,’ उनले भने, ‘भैरहवाका लागि दैनिक ५० टोकन छुट्याए पनि पूरा भएका छैनन् ।’

श्रम स्वीकृतिका लागि धेरै जना नआउनुमा म्यानपावर कम्पनी, भिसा र मेडिकल जाँच सेन्टरको अभाव कारण रहेको उनले बताए । ‘अहिलेसम्म धेरै नेपालीको श्रम गन्तव्य खाडी मुलुक हुन्,’ उनले भने, ‘धेरै श्रमिक जाने कतार, साउदी अरब र मलेसियाका काठमाडौंमा आफ्नै मेडिकल जाँच र भिसा सेन्टर छन् तर तिनका शाखा भैरहवामा नहुँदा समस्या भइरहेको छ ।’ यहाँबाट श्रम स्वीकृति लिए पनि बाँकी काम पूरा गर्न काठमाडौं जानैपर्छ । काठमाडौंमा प्रक्रिया पूरा गरेका व्यक्ति उतैबाट गन्तव्यमा उड्छन् । फर्केर भैरहवा आउँदा खर्चिलो र झन्झटिलो हुन्छ । पहिला यहाँ ६/७ वटा म्यानपावर कम्पनीका शाखा थिए, अहिले शाखा सञ्चालनका लागि १५ हाराहारी कम्पनीले अनुमति लिएका छन् ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता पनि यहाँ लिँदैनन्,’ भट्टराईले भने, ‘अन्तर्वार्ता दिन काठमाडौं गएका व्यक्ति बाँकी प्रक्रिया उतै पूरा गरेर जान्छन् ।’ सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिको नागरिकता हेरेर आवश्यक प्रक्रिया उनीहरूकै क्षेत्रमा पूरा गर्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए । ‘अनलाइनबाट श्रम स्वीकृतिका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यक्तिले भैरहवामा आवेदन दिन्छन्,’ उनले भने, ‘श्रम स्वीकृति प्राप्त गरेपछि ती व्यक्ति जहाज चढ्न भैरहवा आउँछन् भन्ने छैन ।’ यहाँस्थित श्रम कार्यालयको क्षमता विस्तार गरिएको छैन । आवश्यक उपकरण र जनशक्ति अभाव छ । ‘कार्यालयको संरचना र जनशक्तिको समस्या छ,’ उनले भने ।

महाप्रबन्धक दाहालले सुरुमा धेरै विमान कम्पनीले यहाँबाट उडान भर्न चासो दिएको बताए । धेरै कम्पनीका प्रतिनिधि यहाँको अवस्था बुझ्न आएका थिए । अहिले पूर्व र पश्चिमबाट आउने यात्रुलाई सडकले समस्या भइरहेको उनले बताए । ‘चितवनबाट चार घण्टामा काठमाडौं पुगिन्छ तर भैरहवा आउन पाँच घण्टा लाग्छ,’ उनले भने । अहिले उडान भरिरहेका जजिरा र हिमालय एयरलाइन्सले अधिकांश समय काठमाडौंबाट बसमा यात्रु भैरहवा ल्याउने गरेका छन् । उनीहरू रातभरि विमानस्थलमा बसेर बिहान उड्छन् ।

कोरोना महामारीका कारण बौद्ध धर्मावलम्बी मुलुकबाट उडान हुन सकेका छैनन् । लुम्बिनी आउने पर्यटक भारत हुँदै आइरहेका छन् । ‘लुम्बिनी लक्षित गरेर चार्टर्ड उडान हुन सकेका छैनन्,’ दाहालले भने, ‘अहिले यहाँबाट उड्ने र ओर्लिने श्रमिक हुन् । लुम्बिनीमा आउने पर्यटक बढेमात्रै यो विमानस्थलको औचित्य पुष्टि हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन गत जेठ २ मा विमानस्थल उद्घाटन गरेका थए । त्यही दिनबाट कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीका लागि काठमाडौंमा श्रमलगायत प्रक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दाहालले विमान कम्पनीलाई यात्रु अभाव नभएको बताए । उनका अनुसार यात्रुको संख्या बढेपछि जजिरा एयरले गत भदौ ३१ बाट दैनिक उडान सुरु गरेको थियो ।

महाप्रबन्धक दाहालका अनुसार हिमालय एयरलाइन्सले गत कात्तिक १७ देखि यहाँबाट दैनिक मलेसिया चार्टर्ड उडान सुरु गरेको थियो । ‘अहिले खराब मौसमका कारण जजिरा र हिमालयले केही समयका लागि उडान स्थगित गरेका छन्,’ उनले भने, ‘हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान र अवतरणमा समस्या भएको हो ।’ उनका अनुसार यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १ सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकै संख्यामा विमान अवतरण भएका छन् । ती उडान/अवतरणबाट उक्त अवधिमा १३ हजार ५ सय ९३ यात्रु यहाँ आएका छन् । यहाँबाट १८ हजार २५ यात्रु बाहिरिएका छन् ।

काठमाडौंबाट वैदेशिक रोजगारीमा जान चाहनेको स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टर स्थापना गर्न गन्तव्य देशले सहमति दिनुपर्छ । मलेसियाले सबैभन्दा बढी मेडिकल सेन्टर स्थापना गरेको छ, जसमा ३६ वटा स्वास्थ्य परीक्षण गर्ने संस्था छन् । कतारले स्वास्थ्य परीक्षणसहित करारपत्रमा हस्ताक्षर गर्न एउटा मात्रै भिसा सेन्टर स्थापना गरेको छ । साउदी अरब, यूएई, बहराइन, कुवेतले १२ वटा मात्रै मेडिकल सेन्टर स्थापना गरेका छन् ।

वैदेशिक रोजगार विभागले ५ लाख थप धरौटी राखेपछि जिल्लामा शाखा कार्यालय स्थापना गर्न पाउने जनाएको छ । म्यानपावर व्यवसायीहरू भैरहवामा म्यानपावरको शाखा कार्यालय स्थापना गर्नेबित्तिकै काठमाडौंमा पुग्नुपर्ने बाध्यता नहट्ने बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङ शाखा कार्यालय स्थापना गर्दा म्यानपावर व्यवसायीमाथि थप भार पर्ने बताउँछन् । ‘जुन कम्पनीलाई कामदार चाहिन्छ, जाने कामदारको अन्तर्वार्ता गर्न आउने कम्पनीका प्रतिनिधि काठमाडौंबाहिर जान मान्दैनन्, कम्पनीले खोजेको सबै माग भैरहवाबाट मात्रै पूर्ति हुन्छ भन्ने पनि हुँदैन,’ उनले भने, ‘बरु टिकटमा दुई हजार थपिदिएर भैरहवालाई ट्रान्जिट बनाउँदा हुन्छ । कुनै निजी विमानले अन्तर्राष्ट्रिय विमानसँग सहकार्य गरी टिकट बनाउने व्यवस्था गरेमा बढी प्रभावकारी हुन्छ ।’ कोभिड अगाडिसम्म वैदेशिक रोजगारमा जानेमध्ये लुम्बिनी प्रदेशबाट वार्षिक १६.८, कर्णालीबाट ३.२ र सुदूरपश्चिमबाट २.६ प्रतिशत वैदेशिक रोजगारीमा गएका थिए । ईकान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास

चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास

पाकिस्तानद्धारा १९७१ मा बंगलादेशमा गरिएको नरसंहारलाई अन्तरराष्ट्रिय मान्यता दिन गुटेरसको अपिल

पाकिस्तानद्धारा १९७१ मा बंगलादेशमा गरिएको नरसंहारलाई अन्तरराष्ट्रिय मान्यता दिन गुटेरसको अपिल

अमेरिकामा सभामुखमा केभिन चयनपछि जारी राजीतिक गतिरोधकाे अन्त्य

अमेरिकामा सभामुखमा केभिन चयनपछि जारी राजीतिक गतिरोधकाे अन्त्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .