No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

काठमाडौं । अहिले राजश्री प्रोडक्सनको निर्देशनमा बनेको बलिउड चलचित्र “उचाई” विश्वभर प्रर्दशन भईरहेको छ ।
बलिउड फिल्म ‘उचाई’ ले भारतमा उत्साहजनक व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले माउथ पब्लिसिटीका कारण राम्रो पिकअप लिइरहेको छ ।  
सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ ।
फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा, सारिका हसन र नेपाली कलाकार धारणा शर्माको पनि महत्त्वपूर्ण भूमिका छ ।
नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा चलचित्रको छायांकन गरिएकाले पनि यसमा नेपालीहरु दर्शकहरुले बढी चाँसो दिनु स्वभावीक नै हो ।
यस चलचित्रमा बलिउडका महा अमिताभ बच्चनले समेत अभिनय गरेकाले त झन् दर्शकको रोजाईमा पर्ने नै भयो । तर त्यससँगै नेपालमै छायांकन हुनु नेपाल जोडिनु त छँदैछ, अझ यसै चलचित्रबाट बलिउडमा नेपाली नायिकाको डेब्यू हुनुले त यसको चर्चा नहुने विषय नै भएन ।
हो, राजश्री प्रोडक्सनको निर्देशनमा बनेको चलचित्र उचाई चलचित्रमा सुदूरपश्चिमको टिकापुर घर भएकी धारणा शर्मा देखिएकी छिन् । टिकापुरमा जन्मेकी धारणालाई टिकापुरकै खड्ग स्मृति माध्यमिक बिधालयबाट एसएलसी, टीकापुर बहुमुखी क्याम्पसबाट प्लस टू गरेकी थिइन् भने उच्च शिक्षा काठमाडौबाट गरेकी थिइन ।  
यस्तो छ धारणाको ग्ल्यामर क्षेत्रको यात्रा
सन् २०१४ मा काठमाडौँमा भएको ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनिन् । ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनेपछि उनमा ग्ल्यामर क्षेत्रमा केही गर्न सक्ने आत्मविश्वास जाग्यो र उनि दिदीहरु र परिवारसँगको सल्लाहमा भारत पुगेकी थिइन् ।
ग्ल्यामरमा भविष्य खोज्न सन् २०१७ देखि मुम्बईमा मोडलिङ र अभिनयमा संघर्ष गर्न थालिन् । सानैदेखि नै ग्ल्यामर र अभिनयमा रुचि राख्दै आएकी धारणा मुम्बई पुगेपछि भाउजूको नन्दले सहयोग गरिन् । जो भारतको सुरतमा बसेर मोडलिङ गर्थिन् । उनले नै धारणालाई सुरत बोलाएकी थिइन् ।
तर धारणालाई मोडलिङमा मात्रै जमेर बस्न मन लागेन । उनले अभिनय सम्वन्धि अध्ययन गर्ने सोच बनाएर सुरत छोड्दै मुम्बईको यात्रा तय गरिन् । जुन त्यती सहज भने थिएन, तर धारणाले हार मानिनन् ।
मुम्बई पुगेपछि उनले रोशन तनेजाको इन्स्टिच्युटमा अभिनय सम्वन्धि ज्ञान हासिल गर्न अध्ययन गरिन् । एउटा एक्टरलाई चाहिने क देखि ज्ञ सम्मको कुरा यही पढाइन्थ्यो । रोशन तनेजाको कक्षाले केही सिकेकी धारणालाई त्यतिले मात्रै पर्याप्त नहुने लागेपछि उनले थिएटर जोइन गरिन् ।
अब चैं उनलाई अभिनयमा पनि आत्मविश्वास बढेको थियो तर यो आत्मविश्वास कतै देखाउन नपाएकी धारणाले उचाई मार्फत सो अवसर प्राप्त गरेकी हुन् । र उनको ग्ल्यामर क्षेत्रको यात्रा सुरु भएको छ ।  उचाई’मा कसरी जोडिइन् त धारणा ?
एक दिन उचाइका लागि कलाकार चाहिएको सूचना पाएपछि अडिसन भिडियो बनाएर पठाइन । त्यसमा छनौट भइन र उनी उचाई चलचित्रमा अभिनय गर्ने मौका पाइन । अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिधी चोपडा, उनी लगायतको अभिनय रहेको छ ।
राजश्री प्रोडक्सन, बाउन्डलेस मिडिया र महावीर जैन फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई सुरज बडजात्याले निर्देशन गरेका हुन् । मुम्बईमा बसेर मोडलिङ र अभिनयमा भविष्य खोजिरहेकी धारणाले अडिसनमार्फत ‘उँचाइ’मा मौका पाएको बताइन् ।
उनलाई सर्वप्रथम यो फिल्मका कास्टिङ डिरेक्टर मुकेश छाबराले पत्याएका थिए भने पछि ‘उचाइ’का निर्देशक सुरज बडजात्याले । अडिसनको प्रक्रिया पूरा गरेर छनौट हुँदासम्म पनि उनलाई यो फिल्म नेपालमा पनि सुटिङ हुँदै छ भन्ने थाहा थिएन ।
त्यो त उनले सुटिङको मुखमा आएपछि मात्र चाल पाएकी थिइन् । यसरी उचाईमा आवद्ध भएकी नेपाली चेली धारणा बलिउडमा जम्ने तयारीमा जुटेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै , नेपालमा पनि शुरु भयो बिरोध

चीनको मानवअधिकार उल्लंघाको विषयमा अमेरिकाभर विरोध प्रदर्शन

ल्याब जाँचको क्षेत्रमा सिरहामा ब्रान्ड बन्दै,एल.आर.एल प्याथाेलाेजी

ल्याब जाँचको क्षेत्रमा सिरहामा ब्रान्ड बन्दै,एल.आर.एल प्याथाेलाेजी

स्कोल्जको चीन भ्रमणको बावजुद जर्मनीले दुई चिनियाँ सेमीकन्डक्टर कारखानामा प्रतिबन्ध

स्कोल्जको चीन भ्रमणको बावजुद जर्मनीले दुई चिनियाँ सेमीकन्डक्टर कारखानामा प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...