No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

काठमाडौं । सरकारले अत्यावश्यक पर्नेलाई केन्द्रबाटै छोटो समयमा राहदानी लिन सक्ने व्यवस्था गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले छोटो समयमा अत्यावश्यक पर्नेहरुको राहदानी बनाउँदै आएको छ । तर, पछिल्लो समय राहदानी बनाउनका लागि सर्वसाधारणको अत्यधिक भीड हुने गरेको छ । सीमित स्रोत साधनका कारण पर्याप्त आवेदन लिन नसक्ने बताउँदै आएको विभागको कमजोरीका कारण सर्वसाधारणले हरेक दिन सास्ती व्यहोर्दै आएका छन् ।

राहदानी विभागमा राहदानी लिनका लागि ठूलो भीड दैनिक रुपमा रहेको हुन्छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा दैनिक देखिने भीड नौलो भने होइन् । अत्यावश्यक भएकाहरुले राहदानी लिनका लागि ठूलै संघर्ष गर्नु परेको छ । विभिन्न जिल्लाबाट आएका सर्वसाधारणले राहदानी लिनका लागि पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया सेवाग्राहीमैत्री नभएको गुनासो लामो समयदेखि गर्दै आए पनि सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन ।
संरचनागत सुधारमाभन्दा पनि सस्तो प्रचारको लागि नवनियुक्त गृहमन्त्री रवि लामिछानेले केही दिनअघि विभागको अनुगमन गर्नुभएको थियो । उहाँले तत्काल सेवा सुधारका लागि सरोकारवाला अधिकारीहरुलाई दिएको निर्देशनले आम नागरिकले अब लाइन बस्न नपर्ने हो कि भन्ने अपेक्षा गरेका थिए । तर, संरचनागत सुधारमा ध्यान नदिँदा विभागको सर्भरमा समस्या आएपछि सेवा सरल र सहज हुनुको सट्टा ठप्प भएको छ ।

विभागको सर्भरमा समस्या आउँदा विभिन्न जिल्लाबाट राहदानी बनाउन आएकाहरुको भने बिचल्ली भएको छ । छोटो समयमा राहदानी लिनुपर्नेहरुलाई पर्याप्त सूचना नहुनु र काम नहुनुको पीडा छुट्टै छ । केन्दले सर्भरमा समस्या भयो भनेर पन्छीनु भन्दा छिटो सेवा सुचारु गर्न राहदानी लिन बस्नेको गुनासो छ । उनको गुनासो कसैले नसुनेको बताउछन् ।
नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरुले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयमा सुधारको पहल गर्नु सकारात्मक हो । तर नीतिगत सुधार भन्दा आदेशको भरमा सेवा चुस्त बनाउँछु भन्ने मानसिकताले राजनीतिक नेतृत्वलाई कर्मचारी प्रशासनले चुनौति दिएको छ । उपप्रधानमन्त्री लामिछानेले तत्काल सेवा सुधार्न निर्देशन दिएलगत्तै विभागको सेवा ठप्प हुनु आश्चर्यजनक छ । देख्दा प्राविधिक समस्या जस्तो भएपनि यसमा मन्त्री वा तालुकदार निकायले आम नागरिकलाई दिने सेवा प्रभावकारी बनाउन नीतिगत सुधारमा ध्यान नदिँदा समस्या आएको हो । राहदानी बनाउनका लागि रोल्पाबाट काठमाडौं आएका एक सेवाग्राहीको पीडा ठूलो छ । एक महिलासम्म होटलमा बस्दा पनि राहदानी नपाउँदा पैसासँग विदेश जानेबाटो पनि बन्द हुन्छ कि भन्ने डर उनमा रहेको छ ।

यता, विभागले लामो समय कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको र अहिले सहज भएपछि त्यसको चाप राहदानी विभागमा परेको बताउँदै आएको छ । विभागका अधिकारीहरुको अभिव्यक्तिले पनि के स्पष्ट हुन्छ भने नीतिगत सुधार र सेवाग्राहीलाई सहज रुपमा सेवा लिने वातावरण बनाउनु जरुरी छ । पछिलो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेकाले सेवामा समस्या भएको राहदानी विभागमा प्रवक्ता दूरपदी सापकोटा बताउनुहुन्छ ।

सरकारले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने र धेरै सर्वसाधारणको चाप हुने सरकारी निकायमा सेवालाई सहज र सरल बनाउन जरुरी छ । विभागले अनलाइन आवेदनको व्यवस्था गरे पनि सेवाग्राहीले भौतिक रुपमा कार्यालयमा उपस्थित भएर आफ्नो आवेदन फेरि रुजु गराउनु पर्ने लगायतका झण्झटिला प्रावधानका कारण राहदानी विभाग सेवाग्राहीका लागि थप कष्टकर बन्ने गरेको छ ।

अझै दूरदराजबाट आएका सर्वसाधारणले सरकारी निकायबाट पर्याप्त सूचना नपाउँदा बिचौलियाबाट ठगिनेको संख्या उत्तिकै कहालिलाग्दो छ । सरकारले यस्ता समस्या हटाएर सेवालाई सहज बनाउनेतर्फ ध्यान दिन जरुरी छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस

गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस

उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .