No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाललाई विश्वविख्यात प्रोफेसरहरूको चेतावनी – ‘श्रीलंका, पाकिस्तान टाँट पल्टिए, चिनियाँ ऋणको जालोबाट बच्नुपर्छ’

नेपाललाई विश्वविख्यात प्रोफेसरहरूको चेतावनी – ‘श्रीलंका, पाकिस्तान टाँट पल्टिए, चिनियाँ ऋणको जालोबाट बच्नुपर्छ’

काठमाडौं । नेपाललाई चिनियाँ महँगो ऋणको जालोबाट जोगिन विश्वविख्यता प्रोफेसरहरूले चेतावनी दिएका छन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर कोन्डापल्लीले चिनियाँ ऋणको जालो (डेब्ट ट्रयाप)बाट बच्नुपर्ने बताएका छन्। उनले बीआरआई अन्तर्गतका परियोजनाहरूले श्रीलंका र पाकिस्तान टाँट पल्टिएको उदाहरण दिँदै बेलैमा जोगिनुपर्ने बताए

उनले भने, ‘बीआरआईअन्तर्गत ऋण लगानीको ब्याजदर उच्च छ । यस्ता परियोजनाहरूले श्रीलंका, पाकिस्तान जस्ता देशहरुको अर्थतन्त्र टाँट पल्टिएका छन्।’ चिनियाँ विश्वव्यापी पूर्वाधार विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा दक्षिण एसियाको स्थिति र यसका चुनौतीहरुको विषयमा महत्वपूर्ण गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले दक्षिण एसियाली मुलुकहरुले चीनको बीआरआई परियोजना चर्को ब्याजदरमा कार्यान्वयन गर्न नहुनेमा जोड दिए ।

यस बाहेक चिनियाँ पूर्वाधार परियोजनाहरूको दीर्घकालीन गुणस्तरीयतामा समेत प्रश्न रहेको उनको भनाइ छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डीन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्ली, श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिस, बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खान र भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्र कुमारले शुक्रबार एक गोष्ठीमा बीआरआईमार्फत चीनले फैलाउने ऋणको जालोबाट जोगिन चेतावनी दिएका हुन् ।

श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का पेइरिसले श्रीलंकाली अर्थतन्त्रमा संकट आउनुको एउटा प्रमुख कारण चिनियाँ ऋण भएको स्वीकार गरेका छन् । उनले श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनले ९९ वर्षका लागि लिजमा लिएको कुरा उल्लेख गर्दै चिनियाँ डेब्टट्र्यापबाट बच्न जरुरी रहेको बताए ।

दक्षिण एसियाली मुलुकहरुले चिनियाँ बीआरआई अन्तर्गतका परियोजामा चीनको उच्च ब्याजदरको ऋण र चुक्ताको छोटो अवधि चिन्ताको विषय रहेको उनको भनाइ छ। यस्तै बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. खानले बीआरआई अन्तर्गतका परियोजनाहरुले दिने प्राविधिक, वित्तीय, आर्थिक, वातावरणीय, सामाजिक र राजनीतिक व्यवहारलाई ध्यानमा राख्दै अघि बढ्नु पर्ने बताए । उनले कुनै पनि ऋण लगानीको परियोजनाले चुक्ता गर्नु पर्ने छोटो समयावधिमै चुक्ता गर्नसक्ने किसिमको मुनाफा दिन्छ या दिँदैन र त्यो परियोजनाको ऋण विदेशी मुद्रामा तिर्नु पर्ने हुँदा सो परियोजनाले विदेशी मुद्राको आर्जनमा फाइदा गर्छ या गर्दैन भन्ने विषय पनि निर्क्यौल गर्नुपर्ने बताए ।

दक्षिण एसियामा भारत पछिको ठूलो अर्थतन्त्रका रुपमा रहेको बंगलादेशमा दक्षिण एसियामा पाकिस्तानपछि चीनले सबैभन्दा बढी लगानी गरेको बताउँदै उनले चिनियाँ ऋण भित्र्याउने विषयमा ब्याजदरको स्थिति, तोकिएको समयमा चुक्ता गर्न सक्ने नसक्ने क्षमता र त्यसले अर्थतन्त्रमा पुर्याउने फाइदा लगायतका विषयमाथि गम्भीर छलफल र अध्ययन हुनुपर्ने बताए । यस्तै भारतको साई नाथ विश्वविद्यालयका डा. कुमारले बीआरआईका विषयमा नेपालले अझै बढी सजग रहनु पर्ने बताए ।

पूर्व सचिव पुरुषोत्तम ओझाले बीआरआई अन्तर्गतका परियोजनाहरुले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन् । उनले खासगरी फ्री ट्रेड एग्रिमेन्ट नेपालको हितमा नरहेको बताएका छन् । आईआईडीएसका सिनियर फेलो अखिलेश उपाध्याय, इन्स्ट्युट अफ फरेन अफेयर्सका पूर्व डेपुटी कार्यकारी निर्देशक डा. रुपक सापकोटा, सीआईएफका अनुसन्धान निर्देशक अजय भद्र खनाल र पीईआईका सिनियर प्रोग्राम र रिसर्च अफिसर श्रेया राणालेसमेत बीआरआई अन्तर्गतका परियोजनाहरु देशको हितमा हुन्छन् या हुँदैनन् र यसअन्तर्गतका शर्तहरु नेपालको हकमा लागु हुन्छन् या हुँदेनन् भन्ने विषयमा गहन अध्ययन भएर मात्रै परियोजनाहरु अघि बढ्नु पर्ने बताए ।

सम्मेलनमा चिनियाँ ऋण लगानीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ब्याजदरलाई लिएर अहिले प्रश्न उठ्न थालिसकेको भन्दै बीआरआई अन्तर्गतको उच्च ब्याजदरको लगानीका बारेमा नेपाल सचेत रहनु पर्ने विषयसमेत उठेको थियो । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
कसको कारण भत्कियो गठबन्धन , नयाँ सरकार गठन नयाँ पार्टी

कसको कारण भत्कियो गठबन्धन , नयाँ सरकार गठन नयाँ पार्टी

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी

प्रधानमन्त्रीमा दाहालको नियुक्ति भोलि ४ बजे शपथ ग्रहन

४४ ‌औं प्रधानमन्त्रीमा नियुक्त दाहालकाे यस्ताे छ राजनीतिक यात्रा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .