No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

को हुन् कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवा ?

को हुन् कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवा ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ ।

संस्थापन समूहबाट उम्मेदवार बन्नु भएका सभापति देउवा ६४ मतले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टी महामन्त्री गगन कुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद रहेका छन् । उनीहरू संसदीय दलको नेता चयनका लागि मतदाता हुन् ।

को हुन् देउवा ?

कांग्रेस सभापति समेत रहनु भएका देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राममा भएको हो । गाउँकै असीग्राम प्राथमिक विद्यालयबाट प्राथमिक र सीताराम माध्यमिक विद्यालय डोटीबाट माध्यामिक शिक्षा लिनुभएका देउवा स्कुले जीवनदेखि नै कांग्रेस राजनीतिमा संलग्न हुनुभएको थियो ।

वि.सं. २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा प्रवेश गरेसँगै देउवाको औपचारिक राजनीतिक सक्रियता सुरु भएको थियो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय भएर काम गर्नुभएका देउवा २०२८ सालमा सोही संगठनको अध्यक्ष बन्नुभयो । विद्यार्थी राजनीतिबाटै आफूलाई प्रमाणित गर्नुभएका देउवालाई वीपी कोइरालाले सुदुरपश्चिममा पार्टीको जिम्मेवारी दिनुभयो ।

पञ्चायती व्यवस्थाको पतनपछि २०४७ सालमा भएको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०४८ सालमा गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभयो । २०५२ भदौ २७ गते ४९ वर्षको उमेरमा देउवा पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल हुनुभयो । एकपछि अर्को सफलताको सिढी चढ्न सफल हुनुभएका देउवालाई पार्टीभित्रको संघर्षमा संस्थापक नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको सहयोग थियो ।

माओवादी द्वन्द्वको चरमोत्कर्षका बीच तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५८ साल असारमा पदबाट राजीनामा दिएपछि देउवा संसदीय दलको नेता बन्दै २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । तर, कांग्रेसको आन्तरिक कलह र माओवादी द्वन्द्वको मुकाविला कसरी गर्ने भन्ने विवाद बढेपछि २०५९ साल असोज ८ गते प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्नुभयो ।

प्रतिनिधिसभा विघटनसँगै नेपाली कांग्रेस विभाजन भयो । समयसीमाभित्र चुनाव गर्न नसकेपछि तत्कालिन राजा ज्ञानेन्द्रले देउवालाई पदबाट बर्खास्त गर्नुभयो । राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

तर, माओवादी हिंसा झन चर्किने र चुनाव पनि गराउन नसकेको अवस्थामा तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई दोस्रो पटक प्रधानमन्त्रीबाट हटाएर र शासनसत्ताको बागडोर आफ्नै हातमा लिनुभयो । शाही ‘कू’ पछि मुलुकको राजनीतिमा कमजोर बन्दै गएका देउवा २०७० सालको दोस्रो संविधानसभाको चुनावपछि भने पुनः पकड जमाउँन सुरु गर्नुभयो ।

राजनीतिक जिवनमा निकै उतारचढाव खेप्नुभएका देउवा सत्तरी वर्षको उमेरमा २०७२ सालमा सम्पन्न पार्टीको तेह्रौं महाधिवेशनमा कांग्रेसमा कोइरालाहरूको विरासत तोड्दै कांग्रेस सभापति बन्न सफल हुनुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी ९ वर्षभन्दा बढी जेल जीवन बिताउनुभएका देउवा २०७४ सालको जेठ २४ मा माओवादीको सहयोगमा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो ।

२०७४ सालको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेका देउवा अहिले फेरि उनै ओलीलाई विस्थापित गर्दै पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको छ । राजनीतिसँगै भाग्यमा पनि उत्तिकै विश्वास गर्ने देउवालाई ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको बताइसकेका छन् ।

नेपाली कांग्रेसको विभाजन पछि उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति हुनुभएको थियो । वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी हुनु भएको थियो भने २०६४ र २०७० को संविधान सभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुनु भएको थियो । यस्तै, २०७४ र २०७९ को आम निर्वाचनमा पनि डडेलधुराबाटै निर्वाचित हुनु भएको थियो । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
अपाङ्ग पुनस्थापना केन्द्रले लहान नगरपालिका संगको अन्तक्रिर्या

अपाङ्ग पुनस्थापना केन्द्रले लहान नगरपालिका संगको अन्तक्रिर्या

राजनितिक स्थिरताको लागि प्रचण्ड-देउवा मित्रता अपरिहार्य

राजनितिक स्थिरताको लागि प्रचण्ड-देउवा मित्रता अपरिहार्य

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .