No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी

मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी

जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एकीकृत समाजवादी पार्टी९एस०बीच एकीकरणको तयारी सुरु भएको छ । आमनिर्वाचनमा अपेक्षाकृत सफलता हात पार्न नसकेको जसपा र राष्ट्रिय दल बन्न असफल भएको नेकपा एसबीच एकीकरणको प्रक्रियाले धेरै चरण पार गरिसकेको उच्चस्रोतले जनाए ।
‘जसपाका अध्यक्ष उपेन्द्र यादव र एसका अध्यक्ष माधवकुमार नेपालबीच एकीकरणको विषयमा छलफल अगाडि बढेको छ’ स्रोतले भने, दुबै नेताबीच सकारात्मक वार्ता भएको छ ।दुबै दलबीच कार्यगत एकता भएको चाँडै घोषणा हुने स्रोतले जनाए । संघीय सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भए बाहेक कांग्रेस र एमालेलाई अन्य दलसित मिलेर सरकार बनाउन जसपा अथवा नेकपा एस अनिवार्य चाहिन्छ ।दुबै दल एकीकरण भए सत्ताको निर्णायक शक्ति बन्ने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाँडै समाजवादी केन्द्र गठन हुने बताए लगतै जसपा र एसबीच एकीकरणको प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० जना सांसद छन् । प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको सरकार गठनमा जसपा निर्णायक रहेको छ । एससित एकीकृत भए जसपा झन् बलियो हुनेछ । जसपासित एकीकृत भए एसका सांसदहरुले पनि दलको मान्यता प्राप्त गर्ने छन् । राष्ट्रिय दल रहेको जसपामा एस मिसिएसँगै एसका सांसदहरुको स्वतन्त्र हैसियत समाप्त हुनेछ ।

जसपाका अध्यक्ष यादव प्रतिनिधि सभामा नरहेकाले दलको नेतामा एसका अध्यक्ष नेपालले अवसर पाउने छन् । जसपा संघीय परिषद्का अध्यक्ष रहेका अशोक राईसित पनि एसका नेताहरुले छलफल गरेका छन् ।नेपाल र राई विगतमा एमालेमा नै थिए ।उनीहरुबीचको सम्बन्धमा तिक्तता नरहेको बताइन्छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख समेत प्रदेशमा मुख्यमन्त्रीहरुको समेत प्याकेजमा सहमति गर्न चाहेको छ ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकार गठनको विषयमा छलफल सुरु भइसकेको छ । नेकपा एमालेले सरकारको नेतृत्व गर्न नेकां र माओवादी दुबैलाई समर्थन गर्ने संवाद गरिरहेको छ ।एमालेले माओवादी र कांग्रेसका नेताहरुसितको छलफललाई निरन्तरता दिएको छ । सत्तासाझेदारीको विषयमा औपचारिक रुपमा जसपालाई कांग्रेस र एमालेले सम्पर्क नगरेको नेताहरुले बताएका छन् ।स्रोतका अनुसार कांग्रेस समेतको गठबन्धनमा नै जसपा पनि सहभागी हुने बलियो संभावना छ । जसपालाई उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री दिने विषयमा सत्तारुढ गठबन्धनमा सकारात्मक छलफल भइरहेको छ ।देशको पहिलो राष्ट्रपति नेपाली कांग्रेसले पाएको बेला उपराष्ट्रपतिमा जसपाबाट परमानन्द झा निर्वाचित भएका थिए । जसपाका सांसद एवं निवर्तमान महासचिव रामसहाय यादवले हाल सत्तासाझेदारीको विषयमा कुनै दलले सोधखोज नगरेको बताए ।

‘सरकार बनाउन गठबन्धनका लागि कुनै दलबाट प्रस्ताव आएको छैन्’ उनले भने, तर पहिलो रोजाई सत्तारुढ गठबन्धन सक्छ । एससित एकीकरणको प्रक्रिया अगाडि बढेसँगै सत्तामा हिस्सेदारी हुने निश्चित छ । सरकारको नेतृत्वका लागि प्रचण्डले देउवा समक्ष औपचारिक रुपमा नै प्रस्ताव राखिसकेका छन् ।तर देउवाले गठबन्धनको बैठकमा छलफल गर्ने जवाफ दिएका थिए । सरकारको नेतृत्व गर्न प्रचण्डलाई जसपा र एसको बलियो साथ चाहिएको छ । यादव र नेपालले नसघाए प्रचण्डलाई कांग्रेस र एमाले दुबैले प्रधानमन्त्री दिने संभावना छैन् । जसपा र एसबीच एकीकरण भएपछि प्रचण्डले भने जस्तै समाजवादी केन्द्र गठनको प्रक्रिया पनि अगाडि बढन सक्ने संभावना रहेको छ । डा।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीलाई जसपाले एकीकृत गरेको थियो ।तत्कालीन राष्ट्रिय जनता पार्टी९राजपा० लाई पनि पार्टीमा मिलाएको थियो । तर पहिले महन्थ ठाकुर लगायतका नेताहरुले जसपाबाट बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बनाए ।

त्यस लगतै डा।भट्टराईले पनि नेपाल समाजवादी पार्टी गठन गरे पनि चुनाव माओवादी केन्द्रको छापबाट लडेका थिए ।त्यस पार्टीका अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोलाई पराजित गरेका हुन् । जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
संसदीय दलमा शेखर-गगनको टकराब

संसदीय दलमा शेखर-गगनको टकराब

चीनमा कोरोना महामारीको नयाँ लहर

चीनमा कोरोना महामारीको नयाँ लहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .