No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोर्खा भर्ती बन्द गर्न खोज्दै भारत, नेपालले देखाएन चासो

गोर्खा भर्ती बन्द गर्न खोज्दै भारत, नेपालले देखाएन चासो

भारत सरकारले गत जनवरीदेखि नेपाली युवाहरू ‘अग्निपथ’मा भर्ती गराउने योजनाअघि सरेको थियो । गोर्खा सैनिकको रुपमा भारतीय आर्मीमा भर्ती हुँदै आएका नेपालीहरु नयाँ योजना लागु भएपछि ‘अग्निपथ’को नाममा भर्ती हुने थिए ।

गत अगस्ट २५ देखि बुटवल र सुनसरीको इटहरीमा अग्निपथ योजनामार्फत गोर्खा भर्तीका लागि सूचना जारी गरेको थियो । तर, नेपालले अनुमति नदिएपछि अन्तिममा स्थगित भयो । अगस्टदेखि नै नेपाली युवा भारतीय सेनामा भर्ती हुन रोकिएको छ ।

अग्निपथ योजनाको चासो राखेर भारतसँग संवाद अगाडि बढाउने निर्णय गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अगस्ट अन्तिममा भारतीय राजदूूतवासमार्फत भारत सरकारलाई पत्रचार गरेका थिए । भने, मन्त्रीले त्यतिबेला भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि अग्निपथ योजना बारेमा औपचारिक छलफल समेत गरेका थिए ।

साथै, भारतीय सेना प्रमुख मनोज पाण्डे दुुई महिनाअघि पाँच दिने भ्रमणमा आएका थिए । त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा उनले अग्निपथ योजनाका बारेमा छलफल गरेका थिए ।  त्यति बेला भारतीय सेना प्रमुख पाण्डेसँग यही सालबाट लागू गरेको ‘अग्निपथ योजना’ भर्तीका बारेमा छलफल गर्नुपर्ने आवाज राजनीतिक बृत्तमासमेत उठेको थियो ।

नेपाल सरकारले गोर्खा भर्तीलाई भारतले ‘अग्निपथ’बाट अलग गर्ने अपेक्षा राखेको थियो । तर, भारतले भने भारतमै बसोबास गदै आएका नेपालीलाई गोर्खा सेनामा भर्ती गराउने लक्ष्य साथ काम सुरु गरेको छ ।  नेपालबाट भारतीय सेनामा युवा भर्ती नगरे पनि फरक नपर्ने भन्दै त्यहाँको रक्षा मन्त्रालयले  भारतमा रहेका नेपाली मुलका युवाहरु कुमाउ, गढवालबाट भर्तीमा लिन थाल्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कुमाउ र गढवालका नेपाली मुलका युवाहरूलाई करिब ६ महिना तालिम र नेपाली भाषा सिकाउन पनि थालिएको छ ।  भारतका नेपाली बोल्ने गोर्खा समूदायबाट पनि भर्ती गराउने योजनासमेत भारतले सुरु गरेको छ ।

भारतीय योजना ‘अग्निपथ’का बारेमा नेपाल सरकार प्रष्ट हुनु पर्ने यही विषयमा वकालत गदै आएका वरिष्ठ अधिवक्ता युवराज संग्रौला बताउँछन् ।

भारतले आफनो ‘अग्निपथ’ योजना ल्याएको हो । यो विषयमा नेपाल सरकारले आफनो नीति र अग्निपथका बारेमा प्रष्ट विदेश नीति बनाएर भारतसँग कुटनीतिक तहमा छलफल गर्नु पर्ने उनले बताए ।

‘अग्निपथ जस्तो महत्वपूर्ण विषयमा सरकारले छलफल गर्नुपर्छ । सन् १९४७ नोभेम्बरमा गोर्खा पल्टनको हक-अधिकारका लागि नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भएको थियो । यही सम्झौताका आधारमा नेपालले अडान राख्नुपर्छ,’ उनले भने ।

गोर्खा भर्ती निरुत्साहित गर्ने योजनामा भारत सरकार देखिएकाे भन्दै उनले नेपालबाट भर्ती नगराए केही असर नपर्ने भारतको बुझाइका कारण कुमाउ  र गढवाल तथा भारतकै नेपाली बोल्ने समुदायबाट भर्ती गराउने तयारी थालेको  उनकाे भनाइ छ ।

यस्तै, नेपालले यहि बेला भर्ती गराउने सन्धी परिमार्जन र सोही सन्धीभन्दा बाहिर युवा भर्ती मोडलका विषयमा बहस गर्नु पर्ने एमाले उपमहासचिव प्रदिप ज्ञवालीको तर्क छ ।

नेपालले आफना युवा भर्ती गराउने कि नगराउने भन्ने विषयमा राज्यको नेतृत्वले छलफल गर्नुपर्ने भन्दै उनले अग्निपथमा भर्ती गराउँदा यो सन्धीका बारेमा अध्ययन गर्नुर्ने बताए ।

‘भारतले अग्निपथमा सेना भर्ती गराउँदा नेपालमा कस्तो असर पर्छ । यो विषयमा सरकारको सुरक्षाको तवरबाट हेर्नुपर्छ । त्यही भएर सरकारले सम्बन्धित पक्षसँग तत्काल छलफल गर्नुपर्छ । नत्र समस्या आउनसक्छ ।’ उनले भने, ‘नेपालीहरु भारतीय सेनामा यतिकै गएका त होइन । सेनामा भर्ती गराउने विषयमा भारतसँग त्रिपक्षीय सम्झौता भएको र त्यही सम्झौताभित्र रहेर नेपाली युवा भर्ती विषयमा समिक्षा गर्नुपर्छ ।’

सरकारले सुरक्षा क्षेत्रमा जाने नेपालीहरुका विषयमा प्रष्ट नीति र सन्धीका विषयमा नहिचकिच्याइ सम्बन्धित पक्षसँग बहस गर्नुपर्ने ज्ञवालीकाे भनाइ छ ।

के हो ‘अग्निपथ’

सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो । सुगौली सन्धिपछि नै नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेका थिए ।

भारतसँग भएको त्रिपक्षीय सम्झौता विपरित भारतीय रक्षामन्त्री राजनाथ सिंहले जुन २०२२ मा भारतीय संसदमा अग्निपथ योजनाबारे पहिलोपटक सार्वजनिक गरेका थिए । यो विषयमा भारत सरकारले एक पटकपनि छलफल गरेको थिएन ।

अग्निपथ योजनामा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गर्ने लक्ष्य छ । अग्निपथ भर्ती भएका युवालाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु सेवा सुुविधा पाउँछन् । भने, चौथो वर्ष बढेर ६ लाख ९२ हजार तलब पाउने घोषणा गरिएको थियो ।

‘अग्निपथ योजना’मार्फत भर्ती भएकामध्ये २५ प्रतिशतलाई स्थायी गरिने र बाँकीलाई एकमुष्ट १४ लाख भारु दिएर अवकाश दिने भनिएको छ । अग्निपथ योजनाबाट सेनामा भर्ती भएका युवाले पेन्सन सुविधा पनि पाउँदैनन् ।

भारतसँग भएको त्रिपक्षीय सम्झौताको भाग १, सेक्सन ‘जे’ मा गोर्खा सैनिकका सेवा सर्त उल्लेख छ । उक्त सम्झौतामा न्यूनतम १५ वर्ष सेवा गर्ने सिपाहीलाई इन्डियन आर्मी पेन्सन कोडमार्फत पेन्सनको व्यवस्था दिने भनी प्रस्ट व्यख्या गरिएको छ ।

भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भयो । त्यसबेला नेपाली युवा कार्यरत १० वटा गोर्खा रेजिमेन्टमध्ये बेलायतमा चार र भारतमा ६ वटा राख्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौता भएको ५ वर्षपछि स्पेसल फोर्स गोर्खा सैनिककै बनाएर अर्को रेजिमेन्ट थपिएको थियो ।

त्यसपछि भारतमा सात वटा गोर्खा रेजिमेन्ट छन् । यी रेजिमेन्टमा ३२ हजार नेपाली अहिले पनि भारतीय सेनाको तथ्यांकमा छ ।
हाल भारतीय गोर्खामा करिब ३२ हजार कार्यरत छन् । उनीहरूको तलब र अवकाशप्राप्तको पेन्सनका लागि वार्षिक ६० अर्ब रुपैयाँ नेपालमा आउने गरेको छ । क्यानाडानेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी

मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी

संसदीय दलमा शेखर-गगनको टकराब

संसदीय दलमा शेखर-गगनको टकराब

चीनमा कोरोना महामारीको नयाँ लहर

चीनमा कोरोना महामारीको नयाँ लहर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .