No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

विराटनगर । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेलाको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो ।

तर, अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण कतिपय सामुदायिक विद्यालयले नाम चलेका संस्थागत विद्यालयलाई पनि गुणस्तरीय शिक्षाको सवालमा पछाडि धकेलेका छन् । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले सामुदायिक विद्यालयप्रति सर्वसाधारणको नकारात्मक सोचलाई चिरेको छ ।

गुणस्तरीय शिक्षा, अब्बल अतिरिक्त क्रियाकलाप र अनुशासनका कारण पोखरियाले सामुदायिक विद्यालय भइकन पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मोरङ जिल्लाका सामुदायिक विद्यालयमध्ये शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्यसम्पादन गरेवापत रु दुई लाख नगदसहित विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

सो पुरस्कार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको थियो । विद्यालयमा अभिभावक आफ्ना बालबालिकालाई भर्ना गराउन तछाडमछाड गर्ने गरेका छन् । विद्यार्थी भर्नाका लागि सङ्घीय मन्त्रीदेखि १ नंं प्रदेशका उच्चपदस्थ पदाधिकारीसम्मको सिफारिस विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्मलाई आउने गरेको छ ।

विद्यार्थीलाई उत्कृष्ट सिकाइका लागि प्रेरित गर्न पोखरियाले बेला–बेलामा सम्मानको कार्यक्रम आयोजना गर्ने गरेको छ । विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूरा गरी देशका विभिन्न इञ्जीनियरिङ अध्ययन संस्थाको प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइएको इञ्जीनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा र छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

विद्यालयले बिहीबार आयोजना गरेको बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा १० विद्यार्थीलाई सम्मान गरियो । प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकालेर प्रशंसापत्र एवं नगदबाट सम्मानित हुनेमा प्रज्ञा गेलाल, राजेशकुमार गुप्ता, नवीन पोखरेल, प्रज्ञान घिमिरे, क्षितिज खनाल, निकिता कर्ण, पङ्कज मण्डल, प्रज्ज्वल अधिकारी, आयुष लिम्बू र प्रज्ञान कोइराला रहेका छन् ।

विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय एकाइ मोरङ प्रमुख टङ्कप्रसाद गौतम, विराटनगर महानगरपालिका अन्तर्गतको नगर शिक्षा समितिका शाखा अधिकृत कृष्णप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई लगायतले प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई प्रशंसापत्र र नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा एकाइ प्रमुख गौतमले नाम निकाल्न सफल विद्यार्थी अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्ने बताए । शाखा अधिकृत भट्टराईले शिक्षासँगै चरित्र निर्माण पनि महत्वपूर्ण रहेको बताए । व्यवस्थापन समितिका अध्यक्ष गौतमले मेहनेत गरेर अध्ययन गरी देश सेवामा योगदान गर्नुपर्ने दायित्व अबको पुस्तामा आएको बताए । प्रधानाध्यापक भट्टराईले विद्यार्थीको प्रतिभा पहिचान गरी प्रस्फुटन गर्ने काम विद्यालयले गर्दै आएको दाबी गरे ।

उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै सम्झौता नगर्ने बताए । सम्मानित विद्यार्थी गेलालले जस्तोसुकै अवस्थामा शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भविष्यमा के बन्ने भनेर लक्ष्य किटान गरी गरिएको अध्ययनले साथर्कता पाउने बताए । अर्का सम्मानित विद्यार्थी प्रज्ञान घिमिरेले आफूले नियमित चार घण्टा अध्ययन गर्ने गरेको बताए ।

उनले परीक्षा तयारीको बेला दिनभरिजसो नै पठनपाठनमा बिताउने गरेको बताए । घिमिरेले पुनः अभ्यास निरन्तर गरे परीक्षामा नाम निकाल्न गाह्रो नहुने बताए । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार दुई सय ६३ विद्यार्थी र प्राविधिक धारतर्फ एक सय ९२ विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
शिक्षा क्षेत्रमा उप-प्रमुख महतोको जोड

शिक्षा क्षेत्रमा उप-प्रमुख महतोको जोड

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

अमेरिका-भारतबीचको सम्बन्ध सबैभन्दा प्रभावकारीमध्ये एक’

अमेरिका-भारतबीचको सम्बन्ध सबैभन्दा प्रभावकारीमध्ये एक’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .