No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्ड निवास खुमलटारमा ओलीका दूतको अड्डा

प्रचण्ड निवास खुमलटारमा ओलीका दूतको अड्डा

काठमाडौं – यसपटकको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत दिएका छैनन् । अघिल्लो निर्वाचनको जस्तो कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी मिल्दैमा बहुमत पुग्दैन । त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर मात्र सरकार बनाउन सक्ने अवस्था छैन ।

त्यही भएर अहिले प्रमुख दलका नेताहरूको ओठतालु सुकेको छ । निर्वाचन आयोगले आज (बुधबार) समानुपातिक बन्दसूचीको अन्तिम नतिजा सार्वजनिक गरेसँगै नयाँ संसद् बस्ने र सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

तर त्यसअघि नै कम्युनिस्ट शक्ति एक ठाउँमा उभिने प्रयासमा नेताहरू लागेका छन् । त्यसका लागि अहिले सबैभन्दा ठूलो टार्गेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परेका छन् ।

प्रचण्डलाई कांग्रेसको गठबन्धनबाट निकाल्न सके कम्युनिस्ट सरकार बनाउन सकिनेमा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरू पुगेका छन् । त्यही भएर अहिले एमाले नेताहरू प्रचण्ड फकाउन दिनहुँ खुमलटार धाइरहेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेका छन् ।

बरु प्रचण्डलाई प्रधानमन्त्री दिने तर कांग्रेसलाई सरकारको नेतृत्व गर्नबाट रोक्ने भन्दै उनीहरू प्रचण्ड निवासमा दिनहुँ पुग्ने गरेका छन् । जसकारण अहिले प्रचण्ड आफ्नो निवासबाट बाहिर निस्कन सकेका छैनन् ।

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् ।

प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेकाले पनि एमालेसँगको हिमचिमलाई धेरैले चासोपूर्वक हेरिरहेकाछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावलगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको दाबी छ । तर अहिलेसम्म देउवा र प्रचण्डबीच त्यस्तो सहमति भएको बाहिरिएको छैन ।

तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन । किनभने हिजो एमाले गठबन्धन छाडेर कांग्रेससँग मिलेर सरकार बनाउने र निर्वाचनमा जाने, आज फेरि कांग्रेस छाडेर एमालेसँग मिलेमा प्रचण्डको राजनीति करियर नै दाउमा लाग्ने निश्चित छ । यदि प्रचण्ड एमालेसँग लागेमा अर्को चुनावमा उनले देशका जुनसुकै क्षेत्रबाट उठे पनि हार्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
दलित समुदायबाट २८ जना समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा

दलित समुदायबाट २८ जना समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा

नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

तालिवानको आक्रमणमा ७ जना पाकिस्तानीको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .