No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा

लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आमनिर्वाचनमा अप्रत्याशित परिणामको पीडा भोगिरहँदा अध्यक्ष महन्थ ठाकुर भने बधाई लिन व्यस्त छन् ।

पराजित भएका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल कुमार झा, प्रदेश सभामा सञ्जयकुमार सिंह लगायतले समीक्षा थालेका छन् । लोसपाका अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी समेत ४ जना प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।समानुपातिकतर्फको मत ३ प्रतिशत प्राप्त हुन नसकेको कारण राष्ट्रिय पार्टीसमेत बन्न सकेन् ।त्यसकारण समानुपातिकतर्फको प्रतिनिधिसभाको सिट पाउन लोसपा असफल भएको छ । राष्ट्रिय राजनीतिमा अस्तित्व नै संकटमा परेको लोसपाका पराजित प्रमुख नेताद्वय महतो र झा हारको कारण खोतल्न थालेका छन् ।२०७४ सालमा लोसपाबाट धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका महतोले भने यस पटक क्षेत्र छाडेका थिए ।नेकपा एमालेकी नेतृ जुली महतोले लोसपाका अनिल कुमार झालाई फराकिलो मतान्तरले पराजित गरिन् । सत्तारुढ गठबन्धनमा समावेश रहेको लोसपाले धनुषा जिल्लामा प्रतिनिधि र प्रदेश सभामा खाता खोल्न सकेन् ।

प्रतिनिधि सभा क्षेत्र ३ मा झा कमजोर देखिए पनि प्रदेश सभा ‘ख’ मा निवर्तमान सांसद परमेश्वर साह जित्ने अनुमान गरिएको थियो । हुनत लोसपाका मधेश प्रदेश सचिव रामविनोद चौधरी९पप्पु०ले पराजयको कारण नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको टाउकोमा थुपारेका छन् ।प्रदेश ‘ख’मा निधिले नै कांग्रेसका नेता हरिशंकर साहलाई बागी उम्मेदवार उठाएर पराजित गराएको चौधरीको आरोप छ । वरिष्ठ नेता महतोको निवासमा भएको छलफलमा प्रदेश ख का उम्मेदवार परमेश्वर साह सहभागी छैनन् ।साहले चुनावको परिणामलाई स्वीकार गरेको जनाउँदै मधेश र मधेशी अधिकारका लागि निरन्तर लागिरहने बताए । ‘लोकतान्त्रिक प्रक्रियामा जनताले दिएको अभिमतलाई आत्मसातगर्दै आगामी दिनमा अझ बढी सक्रियताका साथ जनसेवामा समर्पित रहनेछु’ उनले भने, चुनावमा गठबन्धनबाट सहयोग नभएको जाहेर नै छ ।लोसपाका केही नेता र कार्यकर्ताहरुले साह विरुद्ध सक्रिय भएर लागेको आरोप लाग्ने गरे पनि औपचारिक धारणा पार्टीले सार्वजनिक गरेको छैन् । पार्टीका उम्मेदवारहरु पराजित भए लगतै जनकपुरधाम उपमहानगरपालिकाका लोसपा अध्यक्ष मनोज कुमार चौधरीले राजिनामा दिएका थिए ।नैतिकताको कारण राजिनामा दिएको उल्लेख गरे पनि उनी लोसपाको साधारण सदस्यता समेत परित्याग गरिसकेका छन् । बैठकमा समेत सहभागी रहेका चौधरीले भने समीक्षा बैठक नरहेको बताउँदै नेता महतोसित भेटघाट मात्र रहेको बताए ।

मधेशमा भएका आन्दोलनहरुमा सक्रिय नेतृत्व गरेका महतो र छात्र राजनीतिदेखि नै मधेशका लागि लडेका झा पराजयको पीडामा रहेका बेला लोसपाका अध्यक्ष ठाकुरले भने बाजागाजा बजाउँदै बधाई लिइरहेका छन् । नेता महतो र झा भन्दा धेरै पछि मधेश आन्दोलन ठाकुरको सहभागिता भएको हो । पार्टीलाई पारिवारिक बनाएको आरोप खेप्दै आएका ठाकुरले प्रतिनिधिसभातर्फ आफ्नी छोरीलाई महिला मधेशी कोटाको १ नम्बरमा नाम राखेका थिए ।तर राष्ट्रिय दलको हैसियत प्राप्त गर्न असफल भएको लोसपामा ठाकुरको चाहना पूरा हुन सकेन् । उच्चस्रोतका अनुसार लोसपाको मधेश प्रदेशमा प्रत्यक्षतर्पm ५ र समानुपातिकतर्फ २ स्थानमात्र प्राप्त गर्न सकेको छ ।पार्टी नै धराशायी हुने अवस्थामा पुगेकाले अध्यक्ष ठाकुरलाई राजिनामा दिनुपर्ने माग पनि उठाउने तयारी भइरहेको स्रोतले जनाए । लोसपाबाट निर्वाचित चारै जना सांसदहरुको हैसियत स्वतन्त्र भएको छ ।उनीहरुलाई दलबदल अथवा दलको व्हिप लाग्ने छैन् ।मधेश राजनीतिमा हालसालै उदाएको जनमत पार्टीले राष्ट्रिय हैसियत प्राप्त गरेको छ ।रवी लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चुनावमै राष्ट्रिय दलको हैसियत प्राप्त गरी सरकार गठनमा निर्णायक भूमिकामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सुक्खा बन्दरगाहाको सुक्खा ‘बिजनेस’

सुक्खा बन्दरगाहाको सुक्खा ‘बिजनेस’

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनायो : अध्यक्ष प्रचण्ड

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनायो : अध्यक्ष प्रचण्ड

एमालेबाट फुटेको एकीकृत समाजवादी र जसपाबाट फुटेको लोसपा राष्ट्रिय पार्टीसम्म बन्न सकेनन्

एमालेबाट फुटेको एकीकृत समाजवादी र जसपाबाट फुटेको लोसपा राष्ट्रिय पार्टीसम्म बन्न सकेनन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .