No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चुनावको मुखमा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले दिएन भ्यालू, पाँच दिन बसेर फर्के

काठमाडौं – निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले भ्यालु नै दिएन । विगतमा चिनियाँ नेताको नेपाल भ्रमण हुँदा निकै चर्चा परिचर्चा हुन्थ्यो । तर यसपटक त्यस्तो केही भएन ।

नेपाल आएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन पाँच दिने भ्रमण सकेर चुपचाप मंगलबार बेइजिङ फर्किएका छन् । यसअघि चीनका मन्त्रीहरू आउँदा उच्च तहको भेटवार्ता हुने गरेको थियो ।

यसपटक निर्वाचनका कारण नेपाल सरकारले उपमन्त्री लीको भ्रमणलाई औपचारिकता दिएन । नेपाली पक्षले आसन्न निर्वाचनलाई देखाएर अहिले नै नआउन सुझाव दिएको थियो ।

तर चिनियाँ पक्षले भ्रमण निजी मात्र हुने र सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने बताएपछि ली काठमाडौं उत्रिएका थिए । उपमन्त्री लीको भ्रमण सांस्कृतिक क्षेत्रको अवलोकन गर्नेमै सीमित रह्यो । उपमन्त्री लीले भक्तपुर दरबार क्षेत्र, संग्रहालय, पाँचतले मन्दिर, वसन्तपुरस्थित नौतले दरबार र स्वयम्भूको अवलोकन गरेका थिए ।

२०७२ सालको भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माणमा चीनले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । उनको भ्रमण दौरान सुरक्षाका लागि नेपाल प्रहरी छुट्याइएको थियो भने पर्यटन मन्त्रालयबाट एक प्रतिनिधि पनि सामेल थिए । हालै सम्पन्न सीपीसीको महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई थप ५ वर्षका लागि नेतृत्व दिएपछि बेइजिङबाट काठमाडौंमा भएको यो पहिलो भ्रमण हो ।

स्रोतका अनुसार काठमाडौंबाट राजदूत होउ यान्छी फर्किएपछि उच्च भेटवार्ताका लागि वातावरण तय गर्ने बाटो नहुँदा ‘लो प्रोफाइल’ मा भ्रमण भएको हो । उनी नेपालको निर्वाचनबारे भित्री कुरा बुझ्न र एमाले माओवादीलाई आपसमा मिल्न दबाब दिने उद्देश्यले काठमाडौं आएको स्रोतले बतायो । चिनियाँ राजदूत होउ यान्छी बेइजिङ फर्केपछि उपमन्त्री लिलाई कसैले महत्व नै दिएन ।

पछिल्लो समय चीनबाट गत भदौमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु आएका थिए । त्यसअघि असारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश मामिला विभागका प्रमुख लिउ चियानछाओले नेपाल भ्रमण गरेका थिए ।

अध्यक्ष ली आउँदा दुई मुलुकका संसदबीच सहकार्य गर्ने समझादरीपत्रमा हस्ताक्षर भएको थियो भने लिउले सीपीसी र नेपालका राजनीतिक दलबीच सम्बन्ध विस्तार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी

रामसेतु हिट हुने लिस्टमा

रामसेतु हिट हुने लिस्टमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .