No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

सिरहा, २७ कार्तिक_ बाम लोकतान्त्रिक गठबन्धनबाट सिराहा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका विश्वनाथ साह र प्रदेश सभा ३ (ख) का उम्मेदवार नेकपा एसका उम्मेदवार प्रमोद यादवले प्रचारप्रसारका लागि भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरिरहेका छन् । साह र यादवले बिआर ३२ पिए ११०१ र बिआर ३२ पिए ४२६२ नम्बरको भारतीय स्कारपियो प्रयोग गरिरहेका छन् ।

सिराहा क्षेत्र नं. ३ (ख) बाटै प्रदेशसभा सदस्यका उम्मेदवार रहेका नेपाली काँग्रेस पार्टीका संजयप्रकाश यादवले बिआर ०७ पिए ८४०४ नम्बरको स्कारपियो चुनाव प्रचारमा प्रयोग गर्दै आएका छन् । सिराहाका चारै निर्वाचन क्षेत्रमा दल र उम्मेदवारले आफू र कार्यकर्तालाई चुनावी सभा, सम्मेलन र घरदैलोमा पुग्न भारतीय नम्बरप्लेटकै गाडी प्रयोग गर्दै आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलको निर्णय भारतीय नम्बरप्लेटका गाडी प्रयोगमा रोक लगाएको छ । ‘निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने हुन्छ,’ स्थानीय युवा मनिष कुमार यादव भन्छन्, ‘भारतीय स्कारपियोको भाडा दर सस्तो पर्ने गरेकोले चुनावमा दुरुपयोग भएको छ । सम्बन्धित निकाय देखेर पनि अनदेखि गर्दै आएका छन् ।’

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीका अनुसार हालम्ममा १९ वटा भारतीय नम्बरको गाडीलाई कारवाही गरिएको छ । ‘दैनिक २÷४ वटा भारतीय नम्बरका गाडिलाई कारवाही गरिन्छ,’उनले भने,‘प्रयोग भइरहेको भारतीय नम्बरका गाडी फेला परेको अवस्थामा उनीहरुलाई रोक्ने, झण्डा झिक्ने र प्रयोग नगर्न सचेत गराउने काम प्रहरीले गर्दै छन् ।’ भारतीय गाडिको भन्सार तिरे नतिरेको र प्रयोगको प्रयोजन समेत प्रहरीले सोधपुछ गरिदै आएको उनले प्रष्ट पारे ।
‘जिल्लाका बन्दीपुर, मिर्चैया, गोलबजार, सिरहा, औरही,भगवानपुर र माडर क्षेत्रमा चुनावी प्रचारमा प्रयोग गरिएका भारतीय नम्बरप्लेटका १९ भन्दा बढि गाडीसहित ब्लुबुक, सवारी चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिएर झण्डा हटाएर सम्झाइबुझाई छाडिएको छ,’ उनले भने, ‘भन्सार तिरेकोलगायत कागजपत्र दुरुस्त भएपछि छाडिएको हो ।’
अनुगमन गर्नुपर्ने क्षेत्र धेरै र जनशक्तिको रुपमा आफु एक्लै भएकोले समस्या भइरहेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ध्यानबहादुर राईले बताए । जिल्लाभर अनुगमन गर्न अप्ठ्यारो भएकाले लिखित उजुरी आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

बलियो बन्दै काङ्ग्रेस नेतृ चित्रलेखा यादव

बलियो बन्दै काङ्ग्रेस नेतृ चित्रलेखा यादव

लहानमा घर घरमा लौरो अभियानीको मतदाता

लहानमा घर घरमा लौरो अभियानीको मतदाता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .