No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी

आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी

नेकपा (माओवादी केन्द्र) ले मुलुकको आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने लक्ष्य लिएको छ।

आगामी निर्वाचनका लागि पार्टीको चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै माओवादी केन्द्रले कोभिड महामारीलगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत् ३० लाख पर्यटक भित्र्याउने आधार तयार गर्ने भएको हो।

नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचारप्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ। नेपालका विदेशस्थित नियोगलाई वार्षिक लक्ष्य तोकी पर्यटन प्रवद्र्धनमा परिचालित गरिने छ।

‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्द्धन गरी दीगो पर्यटनको आधार तयार गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। उक्त प्रयोजनका निम्ति सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरी संरचना निर्माण गरिनेछ।

भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दू सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दूहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धतापत्रमा भनिएको छ।

त्यसैगरी नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञान प्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवर्द्धन गर्नुका साथै लुम्बिनीदेखि काठमाडौँको फर्पिङ पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गरिनेछ।

हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने छ भने लुम्बिनीमा बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिङ सेन्टर स्थापना गरिने माओवादी केन्द्रले जनाएको छ। ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरि सेन्चुरीलगायत पदमार्गहरूमा पर्यटन पूर्वाधार निर्माण गरिनेछ।

रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्द्धन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। नयाँ गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै स्थानीय तहहरूसँगको सहकार्यमा हरेक प्रमुख बस्तीहरूमा स्थानीय विशेषतासहितको होमस्टे कार्यक्रम सञ्चालन गरिनेछ।

हिमाल आरोहीलाई परिचयपत्र

माओवादी केन्द्रले चुनावी प्रतिबद्धतामार्फत् हिमाल आरोहीहरूको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइने जनाएको छ। हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिनुका साथै आरोहणका लागि हाल प्रतिबन्धित रहेका हिमालको अध्ययन गरी आरोहण खुला गर्ने व्यवस्था गरिनेछ।

हिमालमा थुप्रिएको फोहर व्यवस्थापनका निम्ति ‘फोहरमुक्त हिमाल’ कार्यक्रम लागू गरिनेछ।  पर्यटन क्षेत्र ऐन, २०३५ लगायत पर्यटन क्षेत्रका कानुनी तथा नीतिगत प्रावधानहरूलाई समयानुकूल परिमार्जन गरी पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिफलमुखी बनाउनतर्फ केन्द्रित गरिने प्रतिबद्धतापत्रमा समेटिएको छ।

पर्यटन विश्वविद्यालय स्थापना गरी पर्यटनसम्बन्धी अध्यापन तथा प्रशिक्षणको व्यवस्था गरी हाल सञ्चालनमा रहेका विश्वविद्यालयमा पर्यटनसम्बन्धी विशिष्टिकृत विषय अध्यापनको व्यवस्था गरिने प्रतिबद्धता माओवादी केन्द्रको छ। नेपालको हवाइ यातायातलाई सुरक्षित बनाउन पूर्वाधार विकास, विमानस्थलको गुणस्तर वृद्धि, यान्त्रिक क्षमता विकासजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने माओवादी केन्द्रले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ।

नेपालको हवाइ यातायातलाई असुरक्षित भनी सूचीकृत गरेका देश तथा एजेन्सीहरूसँग कूटनीतिक संवाद गरी सो सूचीबाट हटाइन, स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्वारा प्रणालीमा ल्याइ कर प्रणालीलाई व्यावहारिक र पर्यटनमैत्री बनाइनेछ। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

प्रदेश सभा सदस्यका उमेदवार कुशवाहाको लहानमा निकै चर्चा

प्रदेश सभा सदस्यका उमेदवार कुशवाहाको लहानमा निकै चर्चा

बलियो उमेदवार बन्दै राज कुमार गुप्ता

बलियो उमेदवार बन्दै राज कुमार गुप्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .