No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आरजुलाई मनपरेको मिथिलाको ‘करी–बरी’

आरजुलाई मनपरेको मिथिलाको ‘करी–बरी’
जनकपुरधाम- ओहो! ‘व्हाट अ प्लिजेन्ट वेदर!’

जनकपुर विमानस्थलमा झरेपछि स्वागतका लागि पुगेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूसँग प्रधानमन्त्रीपत्नी आरजु देउवा राणाले भनिन्।

अधिकांश समय उखरमाउलो गर्मी भइरहने जनकपुरको मौसम अहिले सितल छ। दसैं सकेर तिहार–छठ पर्व नजिकिएपछि बिस्तारै गर्मी कम भएर हल्का चिसो सुरू हुन्छ, जनकपुरमा।

यद्यपि मध्यान्हतिर हल्का गर्मी नै महसुस हुन्छ। बिहान बेलुका केही चिसो हुने गरे पनि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशससभा निर्वाचनका कारण जनकपुरको राजनीतिक माहोल तातिएको छ।

र, त्यही तातिएको चुनावी माहोलका बीच जनकपुर आगमन भएको छ प्रधानमन्त्रीपत्नी आरजुको।

हुनत छठका पूजा हेर्न जनकपुर आएको उनले बताएकी छन्। तर, मंसिर ४ गते आउन केही दिनमात्र बाँकी रहेकोले उनको यो भ्रमण छठसम्म मात्रै सीमित नहुने पक्का छ।

राजनीति र चुनावको तयारीका कुरा चल्ने पक्का छ।

बिहान १०ः ४५ मा अवतरण गर्ने भनिएको आरजु चढेको जहाज साढे ११ बजेतिर मात्रै अवतरण गरेको थियो।

विमानस्थलबाट आरजुको गाडी मिल्स एरियास्थित नेता निधिको निजी निवासतिर हुँइकियो। दिवा खाना त्यहीँ खाने कार्यक्रम तय थियो।

गेटमा निधिपत्नी अनामिका, छोरा, बुहारीलगायत परिवारका सदस्यहरूले आरजुलाई स्वागत गरे। बैठक कक्ष नेता कार्यकर्ताले भरिभराउ थियो। त्यहीँ छेउमा उभिएका थिए निधिका छोरा अविरल र बुहारी आयुषी।

‘मैले बुहारीको मुखै हेरेको छैन’ आयुषीको हातमा कोसेली थमाउँदै आरजुले भनिन्।

अनि उनले सम्झिइन् जनकपुर। ‘जनकपुर त धेरै बदिलइसकेको रहेछ। विमानस्थल पनि कति राम्रो भएको छ। धेरै भयो यहाँ नआएको,’ आरजुले भनिन्।

खाना तयार भएर टेबल लागिसकेको थियो। छठ पर्व भएकोले साकाहारी खानाको व्यवस्था गरिएको थियो। दही, कडी, बडी, तरूवा (पकौडा) मिथिला खाना।

आरजु, पूर्वउपसभापति निधि, उनकी पत्नी अनामिका , गठबन्धनका तर्फबाट धनुषा–३ का उम्मेदवार अनिल झा र ३(१) का कांग्रेस उम्मेदवार रामसरोज यादव एउटै टेबुलमा खानाका लागि बसे। अरू नेताहरू फरक–फरक टेबुलमा।

‘आहा कस्तो स्वादिष्ट खाना। मिथिलाको संस्कृति र खाना म असाध्यै रूचाउँछु,’ आरजुले अनामिकालाई भनिन्।

प्लेटमा भएका सबै ‘पकवान’ को स्वाद आरजुले लिइरहेकी थिइन्। प्लेटको ‘बरी’ देखाउँदै उनले सोधिन्,‘यतातिर यसलाई के भनिन्छ?’ नेता निधिले भने– ‘करी–बरी’

ज्यादै स्वादिष्ट छ। मलाई खुब पन पर्छ–आरजुले भनिन्। करी–बरी मिथिलाञ्चल क्षेत्रको लोकप्रिय व्यञ्जनमध्येको एक हो। भोजभतेर, चाडपर्वमा खानाको यो परिकार निश्चित रूपले पस्किने गरिन्छ। खासगरेर पाहुनाहरूलाई। खाना खाँदैगर्दा केहीबेर दहीको चर्चा चल्यो।   विद्यापतिको पनि। आरजुले दही पनि ज्यादै स्वादिष्ट रहेको बताइन्। अनि फेरि आरजुले दोहोराइन् – भेरी प्लिजेन्ट वेदर।

छठ पूजा हेर्न आरजु आइतबार जनकपुर पुगेकी छन्। साँझ गंगा सागर पुगेर उनको छठ पूजाका साथै गंगा आरतीमा सहभागी हुने कार्यक्रम छ। सोमबार बिहान अस्ताउँदै गरेको सूर्यको अघ्र्यका लागि उनी निधिको पैतृक गाउँ नगराईन पुग्ने छन्। छठ पर्वको प्रमुख केन्द्र भएकोले आफू जनकपुर आएको उनले बताएकी छन्। आयोमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी

आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी

नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

प्रदेश सभा सदस्यका उमेदवार कुशवाहाको लहानमा निकै चर्चा

प्रदेश सभा सदस्यका उमेदवार कुशवाहाको लहानमा निकै चर्चा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...