No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा, कार्यकर्ता सिध्याएर कसरी जोगिन्छ राजनीति ?

यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा, कार्यकर्ता सिध्याएर कसरी जोगिन्छ राजनीति ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको आधारभूमि पर्सा जिल्लामै सो पार्टीभित्र व्यापक असन्तोष बढेको छ । मधेसको सेन्टिमेन्टलाई भजाएर सधैंजसो सत्ताको वरिपरि रहन सफल यादव व्यवहारमा भने पार्टी भित्र यादववाद र धनवादलाई प्रश्रय दिइरहेको आरोप लाग्दै आएको छ । यही असन्तोषका कारण नेता डा. बाबुराम भट्टराईहरुले उनको साथ छोडेको बुझाई अधिकांश कार्यकर्ताको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई अवसर दिने भन्नेमा पनि उनले जातीयतालाई प्राथमिकता राखेर पार्टीभित्र इमानदारीपूर्वक काम गरेका कार्यकर्तालाई पाखा लगाउन उद्यत देखिएको गुनासो कार्यकर्ताले गरेका छन् । पर्सा मधेस आन्दोलनमात्र नभएर उपेन्द्रको पार्टीको विरासतको पनि केन्द्र हो । तर, यहीँको वीरगञ्ज महानगरमा जसपाले गत गत स्थानीय चुनावमा गठबन्धन ‘त्यसमा पनि नेपाली कांग्रेस’ को साथ पाएर मेयर जितेको थियो । यतिसम्म कि, जसपा अध्यक्ष यादवलाई अहिले मधेसबाट आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाउन सकस हुने देखिएको छ ।

उनी मधेसमा बढी सिटमा आफ्ना उम्मेदवार उठाएर ३ प्रतिशत मतको थ्रेस होल्ड हात पार्ने उद्देश्यमा भए पनि एक्लै लड्दा प्रत्यक्षतर्फ पत्तासाफ हुने डरले गठबन्धनमा लत्रिनुपर्ने दबाबमा छन् । सत्ता गठबन्धनमा भने जति सिट नपाए एक्लै चुनाव लड्ने घुर्की लगाइरहेका यादवले पार्टीमा आन्तरिक असन्तोषको समाधानमा भने खासै चासो राखेका छैनन् । यादवको सत्ता र शक्ति मोहका कारण जसपा अहिले इतिहासकै कमजोर मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ ।

उनी निकट नेता कार्यकर्ताका अनुसार यादवले पार्टीलाई रेल र आफूलाई त्यसको चालक भन्ने गरेका छन् । पार्टीबाट क्षमतावान नेता कार्यकर्ताको पलायनलाई उनले स्टेशनमा उत्रिने यात्रुको संज्ञा दिने गरेका छन् । यादवले पार्टीलाई जसरी पनि सत्ता र शक्ति आर्जनको माध्यममात्र बनाएकाले एक समय उनीसँग निकट सम्बन्ध राख्ने नेताहरुले उनको साथ छोड्दै गएको घटनाक्रम नौलो नभएको कार्यकर्ताको बुझाइ छ ।

बीरगञ्जका तत्कालीन नगरप्रमुख विजयकुमार सरावगी जसपा यादव र एस म्यानहरुको पार्टी भएको र इमानदार तथा क्षमता भएका नेता कार्यकर्ता त्यो पार्टीमा रहन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए । उनी एमालेबाट चुनाव लडेर बरु हार्न तयार रहेको, तर ‘जिल्लादेखि केन्द्रसम्मका यादवहरुको मनोमानी’का अगाडि लाचार हुन नसक्ने भन्दै पार्टी परिवर्तन गरेका थिए । अहिले पनि आसन्न चुनावको मुखमा जिल्लाका प्रभावशाली नेता र कार्यकर्ताहरु पार्टी छोड्ने मनस्थितिमा रहेको र उनीहरुले सिट बाँडफाँटलाई मात्र पर्खिएर बसेको जिल्लाका जसपा नेताहरु बताउँछन् ।

उपेन्द्र यादवले जसपालाई ‘यादव इन्टरप्राइजेज’ बनाएको आरोप कार्यकर्ताहरुको छ । उपेन्द्रको यो प्रवृत्तिको पुष्टि उनीसँग अहिले वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रदीप यादवको सम्बन्धले पुष्टि गरेको विश्लेषण हुन थालेको छ । पटकपटक पार्टीको कारवाहीमा परेका मन्त्री यादवकै इशारामा उपेन्द्रले यस पटक पर्सा जिल्लाको सिट बाँडफाँटमा अडान लिएको बताइन्छ । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले पर्साको १ र ३ नम्बर क्षेत्रमा जितेकोमा जिल्लामा प्रदीपको राजनीतिक वर्चश्व कायम रहने गरी १ र २ नम्बरका लागि यादवले गठबन्धनमा अडान कसेको जसपाका एक केन्द्रीय नेताले बताए ।

प्रदीप यादव विगतमा आफूलाई मन्त्री नबनाएको झोकमा अध्यक्ष यादवको पुत्ला जलाउनेदेखि पार्टी कार्यालय तोडफोडजस्ता अमर्यादित काम गराएको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट हटाइएका थिए । अध्यक्ष यादवकै जोडबलमा उनलाई त्यतिबेला कारवाही गरिएको थियो । त्यसअघि उनलाई स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

आफ्नै अडानमा पटकपटक कारवाही गरेका यादवलाई अध्यक्ष यादवले पछिल्लो पटक मन्त्री बनाएपछि पार्टीभित्र यी दुई यादवको सम्बन्ध देखाउने र खाने दाँचबीचको अन्तरजस्तै भएको भनी चर्चा हुने गरेको छ । वन मन्त्रीका रुपमा यादवका कामकारवाही पनि विवादमा पर्दै आएका छन् । अघिल्लो चुनावमा जित हात पारेको पर्सा ३ मा त्यसबेला चुनाव हारेका र अहिले एमालेबाट आकांक्षी रहेका नेताको पक्षपोषण हुने गरी २ नम्बर क्षेत्रमा अध्यक्ष यादवले अडान राख्नुलाई पर्साका जसपा कार्यकर्ताले अर्थपूर्ण रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

काेइराला समूहको छुट्टै भेला सुरु

काेइराला समूहको छुट्टै भेला सुरु

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .