No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद भएको छ ।

नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव-इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् ।

मेयर सजरुद्धिन मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर यही साउन २ गते छोरा र ज्वाइँसहित ११ जना कर्मचारी नियुक्त गरेका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले आफ्ना साला विभाष त्रिपाठीलाई कम्प्युटर अपरेटर एवं प्राविधिक सहायक पाँचौं तहमा नियुक्ति दिलाएका थिए ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विधि प्रकृया मिचेर आफ्ना नातेदारलाई नियुक्त गरेको र प्रशासन सेवाका दुईजना अधिकृतलाई दरबन्दी नै नभएको वडा कार्यालयमा सरुवा गरेको भन्दै उपप्रमुखसहितका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले विरोध गरेका छन् ।

कार्यपालिकालाई जानकारी नै नदिई फर्जी कागजात तयार गरेको र कर्मचारी भर्नाको कुनै पनि विधि नअपनाइ कर्मचारी भर्ना गरेको भन्दै उपप्रमुख सहितका जनप्रतिनिधि अहिले आन्दोलित छन् । २३ सदस्यीय कार्यपालिकाका उपप्रमुख कल्पना हरिजनसहित १३ जना कार्यपालिका सदस्य निर्णय फिर्ताको मागसहित आन्दोलित भएका हुन् ।

नगरपालिकामा नीति र विधिको साटो मनपरी भएपछि आन्दोलनमा उत्रनु परेको उपप्रमुख हरिजनले बताइन् । ‘असार ३० गते नगरसभा बैठकमा नयाँ कर्मचारी राख्ने प्रस्ताव थिएन र माइन्युट पनि भएको छैन’ उपप्रमुख हरिजनले भनिन्, ‘तर ३१ गते ११ जना कर्मचारीलाई नियुक्त गरेको र साउन १ गते करारका कर्मचारीलाई मौखिकरूपमा हटाएको थाहा भएर माइन्युट हेर्दा निर्णय नभएको तर सादा कागजमा प्रमुखले हस्ताक्षर गरेको भेटियो ।’

प्रमुख प्रशासकीय अधिकृत पाण्डेको साउन १५ मा पाल्पाको रामपुरमा सरुवा भएको छ । तर उनले साउन १६ मा आफू अनुकुल नभएका कर्मचारीलाई वडामा पठाएका छन् । ‘प्रशासन सेवाका अधिकृतलाई वडामा दरबन्दी नै हुँदैन तर प्रमुख प्रशासकीय अधिकृतले पूर्वाग्रहका आधारमा मनपरी गर्नुभयो,’ असन्तुष्ट एक कर्मचारीले भने ।

कर्मचारी भर्ना विवादमा कांग्रेसबाट निर्वाचित नगर प्रमुख मुसलमानलाई लोकतान्त्रिक समाजवादी पार्टीसहित १० जनाले साथ दिएका छन् । एमालेबाट निर्वाचित उपप्रमुख हरिजनलाई जसपा र जनमतसहितका १३ जनाले साथ दिएका छन् । उनीहरूले साउन ५ मै जिल्ला समन्वय समिति र जिल्ला प्रशाशन कार्यालयमा नियुक्तविरुद्ध ज्ञापनपत्र बुझाएका थिए ।

नगर प्रमुख मुसलमानले प्रमुख प्रशासकीय अधिकृतलाई आफूले नियमतसम्मत छ कि छैन भनेर सोधेको र उनले नियमसम्मत छ भनेपछि कर्मचारी नियुक्त गरिएको प्रतिक्रिया दिए । ‘म सबै कानुनबारे जानकार छैन, हाकिम साबलाई सोधेर नै निर्णय भएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास

ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .