No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पुरानो वस्तीका जेष्ठ नागरिकको गुनासो : भोट त दियौं, जितेपछि फर्केर आउँदैनन्

पुरानो वस्तीका जेष्ठ नागरिकको गुनासो : भोट त दियौं, जितेपछि फर्केर आउँदैनन्

काठमाडौं । स्थानीय तह जनताको घरदैलोको सरकार । यसले नागरिकलाई सेवा, सुविधा कति सहज र प्रभावकारी रुपमा प्रवाह गरिरहेको छ ? अथवा यसअघि आफैंले जिताएका जनप्रतिनिधिले ५ बर्षमा गाउँघरका लागि के गरे भनेर समाजले गर्ने मूल्यांकन पनि हो यो चुनाव ।

८४ वर्षका काठमाडौं महानगरपालिका–२५ जनबहालका तेजबहादुर चित्रकार २०१४ सालदेखिका मतदाता हुन् । राजनीतिक दलहरुले भाग लिएको पहिलो स्थानीय निर्वाचन २०१४ सालमा पनि उनले मतदान गरेका थिए । त्यसयताका हरेक मतदानमा भाग लिँदै आएको बताउँछन् उनी ।

यो अवधिमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा उनी प्रत्यक्ष, अप्रत्यक्ष सहभागी छन् । उनी पञ्चायत र राजतन्त्र रहेको व्यवस्था परिवर्तनका साक्षी हुन् । तर, यसबीचमा भएको राजनीतिक व्यवस्थाको परिवर्तनले आम नागरिकको जीवनमा खासै प्रभाव नपारेको उनको अनुभव छ ।

चित्रकार भन्छन् ‘१४ सालदेखि यो हुन्छ, त्यो हुन्छ भनेर भोट गराउँछन् । राजनीतिक व्यवस्थाहरु परिवर्तन पनि भएका छन् तर, यो परिवर्तनले सर्वसाधारणको जीवनमा खासै प्रभाव पारेन ।’

त्यसबेलाका उम्मेदवार र मतदाता अनि अहिलेको उम्मेदवार र मतदाताको सोचमा कुनै फरक नदेखिएको उनको भनाइ छ । उनी भन्छन् ‘अहिलेको उम्मेदवारमा पनि त्यही पुरानै सामन्ती सोच छ ।’ मतदातामा चेतना बढ्ने भन्दा पनि दलको पछि लाग्नेको संख्या बढ्दो छ । नागरिकले आफ्नो मतको ‘पावर’ बुझ्न नसकेको उनको भनाइ छ ।

चित्रकारको बुझाइमा पहिले जस्तै टाठाबाठा अगाडि जाने र तल्लो वर्गका नागरिक पिल्सिरहने अवस्था छ । संविधान र कानुनी व्यवस्थाले जनतालाई नेतासंग किन काम गर्न सकेनौ भन्ने अधिकार दिए पनि जनताले त्यो अधिकार उपयोग गर्न नसकेको उनी बताउँछन् । अघिल्लो पटकको निर्वाचनमा भोट माग्न आएको जनप्रतिनिधिले प्रतिवद्धता गरेको केही पनि अहिलेसम्म पूरा नगरेको उनको भनाइ छ ।

काठमाडौ महानगरपालिका– १९ दमै टोलकी ७२ वर्षीया राधिका शाहीले हरेकजसो निर्वाचनमा मत खसाल्छिन् । अघिल्ला निर्वाचनहरुमा मत माग्न आउनेहरुले वाचा गरेका कुनै पनि काम पूरा गरेको उनलाई सम्झना छैन । खानेपानीको चर्को समस्या रहेको उनको टोलमा कसैले पनि यो समस्या समाधान गर्न सकेनन् ।

अघिल्लो पटकको निर्वाचनमा पानी ल्याइदिने प्रतिवद्धता गरेका जनप्रतिनिधि (वडा अध्यक्ष) लाई शाहीले भोट दिइन । तर, त्यो प्रतिवद्धता पूरा नगरी उनी बिते । नबितेको भए पानी ल्याइदिन्थे कि भन्ने विश्वास थियो । यस पटक पनि धेरै जना यो गर्छु र ऊ गर्छु भन्दै भोट माग्न आएका छन् ।

उनले यसपटक पनि चिनेकालाई नै मत खसालेकी छिन् । चिनेका व्यक्तिले आफ्नो समस्या समाधान गर्छ कि भन्ने आश छ । उनी भन्छिन् ‘खै भोट त चिनेकोलाई खसालेर आएको छु । पानी ल्याउँछ होला कि ।’

काठमाडौ महानगरपालिका वडा नम्बर २१ ज्याबहालका ७७ वर्षीय लक्ष्मीनारायण महर्जनलाई अहिलेसम्म कति पटक भोट दिएँ भन्ने पनि सम्झना छैन । हुँदा हुँदा अब त मत दिएर के हुन्छ भन्ने लाग्न थालिसक्यो । तर, अघिल्लो पटकको निर्वाचनमा भोट दिएका व्यक्तिहरु कोभिड–१९ का कारण लकडाउन हुँदा सन्चो बिसञ्चो सोध्न घर आएका थिए, त्यसबेला उनीहरुले औषधी पनि दिएका थिए । त्यसैले लक्ष्मीनारायण यस पटक उनीहरुलाई भोट दिनुपर्छ भनेर मतदान गर्न गए ।

महर्जन परिवारको स्वयम्भूमा रहेको खेतमा हाल चक्रपथ र ब्यारेक छ । तर उनले मुआब्जा पाएनन् । आजभोलि भए मुआब्जा लिन सकिन्थ्यो भन्ने लक्ष्मीनारायणलाई लाग्छ । उनले भने ‘आजभोलि भए अलि अलि भए पनि मुआब्जा पाइन्थ्यो होला तर त्यसबेला बाटो दिँदा धर्म हुन्छ भनेर बुवाहरुले पनि केही मागेनन् । बुवाहरुले केही नभनेपछि मैले के भन्ने र ?’

ज्याबहालकै ७८ वर्षीय हेमध्वज नकर्मीको यो छैटौं मतदान हो । चुनावमा भोट दिएर जनतालाई केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेका छन् उनी । ज्याला मजदुरी गरेर खाने नकर्मी भन्छन् ‘भोट हाम्रो लागि होइन, नेतालाई खानको लागि हो । हामीलाई के हुन्छ ? हामी खाल्टोमा पर्छौं, उनीहरु झन् ठूलो भएर हिँड्छन् ।’

एक भोट धेरै र थोरै भएर जित हार हुने भएकोले पनि भोट हाल्न जानुपर्छ भनेर नकर्मी भोट हाल्न आएका हुन् । ‘अघिल्लो पटक एउटालाई खाओस् भनेर भोट दिएँ । अब त्यसैले खाइरहनु हुँदैन भनेर आज अर्कोलाई दिएर आएँ’, नकर्मीले भने ।

६६ वर्षीया इन्द्रमाया शाहीले पञ्चायतकालदेखि नै भोट दिँदै आईरहेकी छिन् । ज्याबहाल निवासी शाहीले अहिलेसम्म आफूले भोट दिएको उम्मेद्वारले आफना लागि के गरे भनेर ख्याल पनि गरेकी छैनन् । शाहीले भोट हाल्दा उम्मेद्वारको प्रतिवद्धता हेर्ने गरेकी छिन् ।

उनी भन्छिन् ‘उम्मेदवारले भोट आफ्नो जीतको लागि माग्छ । हामीले भोट दिने भनेको पछि हाम्रै लागि हो भन्ने सोचेर दियो तर जितेपछि उनीहरु फर्केर आउँदैनन् ।’ ठूला ठूला काम नगरेपनि दैनिक ज्यालादारी, भारी बोकेर खानेहरु बिरामी हुँदा औषधी पानी गरिदिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
उदयपुरको कटारीमा हवाइ फायर

उदयपुरको कटारीमा हवाइ फायर

मतदान केन्द्रको ढोका लाग्यो

मतदान केन्द्रको ढोका लाग्यो

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .