No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तिब्बतमा चिनियाँ शासनको ७१ वर्ष, पुर्ण कब्जा नितिले चीनलाई संकट

तिब्बतमा चिनियाँ शासनको ७१ वर्ष, पुर्ण कब्जा नितिले चीनलाई संकट

काठमाण्डौं । सन् १९५९ मा चीन विरुद्ध तिब्बती जनताले गरेको विद्रोहको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा मार्च ८ मा “तिब्बतमा चीनको औपनिवेशिक शासनको ७१ वर्ष” शीर्षकमाएक वेबिनार आयोजना गरिएको थियो । तिब्बती युवा कांग्रेसद्वारा आयोजित उक्त वेबिनार वरिष्ठ पत्रकार तथा तिब्बतविद्  विजय क्रान्तिले सञ्चालन गरेका थिए। वेबिनारमा मुख्यरूप तिब्बतमा मानवअधिकारको स्थितिबारे चर्चा गर्नु थियो।

बेविनारका बक्ताका रूपमा पियरे-एन्टोइन डोन सहभागी थिए। डोन फ्रान्सका एक अनुभवी पत्रकार र चीनका विशेषज्ञ हुन । उनले तिब्बतमाथि दुई पुस्तकहरू लेखेका छन्।

उनको पहिलो पुस्तकको शीर्षक “तिब्बत डेड और अलाइभ” (1990) थियो र दोस्रो पुस्तकको शीर्षक “चीन द ग्रेट प्रिडेटर” (2021) थियो। उनी बेइजिङमा सन् १९८४ देखि १९८९ सम्म एजेन्सी फ्रान्स-प्रेस (एएफपी) को समाचार ब्यूरोमा संवाददाताका रूपमा कार्यरत थिए। उनले सन् १९८० को दशकमा पेरिस, ताइवान र हङकङमा चिनियाँ भाषा पढेका थिए। उनले एएफपीको विश्वव्यापी प्रमुख समाचार सम्पादकको रूपमा पनि काम गरे।

डोनले पश्चिमी देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिका अब चीनबाट हुने खतराहरूप्रति बढी सचेत रहेको र निकट भविष्यमा चीनप्रति सशक्त रूपमा उत्रिने बताए। उनले ताईवानको लोकतान्त्रीकरणको प्रयास बारे उल्लेख गर्दै ताइवानका वर्तमान राष्ट्रपति सि इङ्गवेनको लोकतन्त्रप्रति  दृढ विश्वास र चीनको विरुद्ध दृढ अडानका कारण अन्तर्राष्ट्रिय प्रशंसा र समर्थन जितेका बताए।

‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिमा चीनको सेनाले ताइवानमाथि आक्रमण गर्ने निर्णय गरेमा अमेरिका, जापान, अष्ट्रेलिया, भारतलगायत धेरै देशहरू ताइवानको समर्थनमा आउछ्न भन्ने मेरो विश्वास छ,’ उनले थपे ।

सन् १९८५ मा बेइजिङमा एएफपी संवाददाताका रूपमा आफ्नो पहिलो तिब्बत भ्रमणको अनुभवबारे चर्चा गर्दै उनले भने कि चिनियाँ अधिकारीहरूले उनलाई तिब्बत भित्र देखेको कुरा लेख्न नदिने सर्तमा मात्रै तिब्बत लगिएको भनी अग्रिम चेतावनी दिएका थिए। तर चिनियाँ जेल काटेका तिब्बती भिक्षुहरूको पीडाका कथाहरू सुनेर उनी यति प्रभावित भएँ कि उनले बेइजिङ फर्केपछी समाचारहरूमा ती सबै लेखें। त्यसपछि चिनियाँ सरकारले उनको तिब्बत भ्रमणमा प्रतिबन्ध लगाएको थियो।

अर्का सहभागी डा चिन जिन प्रजातन्त्रको समर्थन गर्ने चिनियाँ आप्रवासी समुदायका एक परिचित व्यक्तित्व हुन्। हाल उनी अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ र चीनमा प्रजातन्त्रका लागि प्रयासरत केही चिनियाँ समूहहरूको संयुक्त मञ्च “फेडेरेसन अफ डेमोक्रेटिक चाइना” का अध्यक्ष हुनुहुन्छ। यसअघि उहाँ चिनियाँ प्रजातान्त्रिक आन्दोलनका लागि संयुक्त कार्य समितिका महासचिव हुनुहुन्थ्यो, जसमा तीनवटा लोकतान्त्रिक संगठनहरू समावेश छन्।

ती हुन –  प्रजातन्त्रका लागि चिनियाँ गठबन्धन (1983 मा स्थापित), फेडरेशन फर ए डेमोक्रेटिक चाइना (1989 मा स्थापित) र  एक प्रजातान्त्रिक चीनका लागि मोर्चा (1993 मा स्थापित)। उनले चीन भित्रको मानव अधिकार र चीनको राजनीतिक संरचनाबारे व्यापक रूपमा लेखेका छन्। उनको पुस्तक ‘माइ क्वेस्ट फर डेमोक्रेसी इन चाइना’ सन् २०१२ को अन्त्यतिर ताइवानमा प्रकाशित भएको थियो।

आफ्नो प्रस्तुतिमा डा. चिन जिनले चीन र तिब्बतको बारेमा पश्चिमा सञ्चारमाध्यमको उदासीनता देखेर आफू स्तब्ध भएको बताए । उनले हालैका वर्षहरूमा तिब्बती सङ्गीतकारले आत्मदाह गरेको १५८ बाट ज्ञात घटना हुदा समेत पश्चिमी मिडिया र सरकारहरूले तिब्बतमा चीनको कार्यप्रति उदासीन मनोवृत्ति अपनाएको औंल्याए। उनले आज चीन भित्र प्रजातन्त्रको चाहना एकदमै बलियो रहेको दाबी गर्दै चीन भित्र र बाहिरको चिनियाँ प्रजातान्त्रिक आन्दोलनमा दलाई लामाजस्तो चामत्कारिक नेताको अभाव रहेको बताए। उनले युक्रेनप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन र पश्चिमी नेताहरूको उदासिनताले चीनलाई थप शक्तिशाली बनाउँदै लैजाने भन्दै खेद व्यक्त गरे। प्रश्न-उत्तरको क्रममा उनले भने, “अब चिनियाँ जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीबाट मुक्त हुने एउटै उपाय त्यो पार्टीको अन्त्य हो। जब सीसीपी ध्वस्त हुन्छ र चीनमा सत्ता गुमाउँछ तब मात्र तिब्बत र सिनजियाङ जस्ता देशहरूले स्वतन्त्रताको आशा गर्न सक्छन्।”

बेविनारमा तिब्बती पक्षको प्रतिनिधित्व युडोन औकात्साङले गर्नुभएको थियो । उनी निर्वासित तिब्बती संसदको चौथो कार्यकालमा निर्वाचित र लोकप्रिय महिला नेता हुन्। विगत १५ वर्षभन्दा बढी समयदेखि उनी ‘इम्पाउरिङ द भिसन प्रोजेक्ट’सँग निर्देशक र ट्रष्टको सचिवको रूपमा आबद्ध छिन्। तिब्बती महिला संघ, मानव अधिकार र प्रजातन्त्रका लागि तिब्बती केन्द्रमा समेत उनले काम गरेकी छिन।

तिब्बत भित्रको अवस्थाको बारेमा बोल्दै उनले तिब्बतमा चिनियाँ शासनको सात दशकमा सीसीपीको पार्टी सचिवमा कुनै पनि तिब्बतीलाई नियुक्त नगरिएको बताइन्। उनले भने,  “आजको तिब्बतको निर्णय प्रणालीमा तिब्बतीहरूको अनुपस्थितिले मात्र तिब्बतमा के भइरहेको छ भनेर प्रमाणित गर्छ।”

वेबिनारका मध्यस्थकर्ता विजय क्रान्तिले तिब्बत इतिहासमा सधैं चीनको हिस्सा रहेको र तिब्बतको बारेमा कुनै पनि टिप्पणीलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप मानिने भन्दै बेइजिङले विश्वलाई धम्की दिने गरेको बताए।

ऐतिहासिक तथ्यलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “सन् १९१२ मा चीन गणतन्त्र चीनको रूपमा स्थापना हुनुअघि चीन ७८४ वर्षसम्म विदेशी मङ्गोल र मान्चु शासकहरूको अधिनमा थियो ।

चीनले मंगोलहरूले तिब्बत माथि पनि शासन गरेकाले तिब्बत चीनको हिस्सा भएको दाबी गर्दछ। तर यो दाबीको कुनै तर्क छैन। आज भारतले अस्ट्रेलिया भारतको हिस्सा हो वा न्युजिल्यान्डले भारतको भाग हो भन्न मिल्दैन।

ती सबै बेलायतको अधिनमा थियो। तिब्बत र सिनजियाङमा चिनियाँ दाबी स्वीकार गर्ने विश्व सरकारको प्रवृत्तिको बारेमा टिप्पणी गर्दै, क्रान्तिले भने, “कुनै पनि अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई  कुनै पनि देशले कब्जा गर्न दिदैन।  तसर्थ, यदि कुनै सरकारले तिब्बतलाई ‘चीनको हिस्सा’ वा चीनको ‘आन्तरिक’ मामिलाको रूपमा स्वीकार गर्छ भने त्यो सरकारले चीनको उपनिवेशवादको अपराधमा सहयोगी जस्तो व्यवहार गरिरहेको छ।” एसीपीन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
विश्व बर्चस्वको रणनीति नै चिनिया पतनको बाटो, मित्रराष्ट्रहरु माझ विश्वास गुमाईरहेको छ

विश्व बर्चस्वको रणनीति नै चिनिया पतनको बाटो, मित्रराष्ट्रहरु माझ विश्वास गुमाईरहेको छ

तिब्बतमा मुस्लिमहरू अस्तित्व संकटमा

तिब्बतमा मुस्लिमहरू अस्तित्व संकटमा

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .