No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटमा प्रशासननै नेता विरुद्ध षड्यन्त्र गर्दै

रौतहटमा प्रशासननै नेता विरुद्ध षड्यन्त्र गर्दै

रौतहट । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभु साहले आफूविरुद्ध रौतहट प्रशासनले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । बुधबार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ युवकको ज्यान गएको विषयमा उनी र उनका परिवारप्रति स्थानीय प्रशासन पूर्वाग्रही भ‌एर कदम चालिरहेको जनाउँदै उनले सतारुढ गठबन्धनको दबाबमा स्थानीय प्रशासनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई फसाउने मनासयले कदम चाले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनले सवारी चालक पक्राउ परिसकेको अवस्थामा पनि सवारी धनीलाई अनावश्यक मुद्दा गरेर फसाउने षड्यन्त्र गरिरहेको भन्दै रौतहट प्रशासनले यसमा पक्षपाती व्यवहार गरिरहेको आरोप लगाएका छन् । नेकपा (एमाले)को बढ्दो लोकप्रियताले डराएका विपक्षीहरुले आफू र आफ्नो परिवारलाई जालझेल, षड्यन्त्र र अनावश्यक आरोप लगाउँदै आफू र एमालेलाई बद्नाम गर्न खोजेको उनको आरोप छ ।

उनले विपक्षीको षड्यन्त्रमा स्थानीय प्रशासन मतियार बनेर साथ दिने बाटोमा हिडेको भन्दै स्थानीय प्रशासनलाई सत्य, न्याय र निष्पक्षताको बाटोमा हिड्न सुझाए । बुधबार राति चन्द्रनिगाहपुरबाट आइरहेको बा १७ च ६१६३ नम्बरको पिकअपले हर्साहा चौकमा ठक्कर दिँदा बृन्दावन नगरपालिका–६ स्थानीय हर्साहाका ३५ वर्षीय जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको थियो ।

प्रहरीले गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ गरेको छ । मृतकका आफन्तहरुले हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाले गाडीका मालिक नागेन्द्र साहविरुद्धको जाहेरी लिँदै अनुसन्धान अगाडि बढाएको छ । त्यसैगरी यसै घटनामा पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहको पनि नाम जोडिएको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ता र आन्दोलनकारीले कुशवाहा पनि सोही भ्यानमा सवार रहेको दाबी गर्दै उनलाई कारवाही हुनुपर्ने माग गरेका छन् । उनी सो दुर्घटना लगत्तै फरार भएको दाबी गर्दै उनीलाई फरार घोषणा गर्दै पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

तर, कुशवाहले आज जिल्लाको फतुवा विजयपुर नगरपालिकामा होली शुभकामना आदानप्रदान कार्यक्रमको तस्वीरहरु आफ्नो फेसबुक प्रोफाइलमा पोष्ट गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै षड्यन्त्रपूर्वक ढंगले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

केही सञ्चारकर्मीले आफ्नो सामाजिक सञ्जालमा राखेका समाचार र स्टाटसप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई र चरित्र हत्या गर्नेहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

यता नेकपा एमाले मधेश प्रदेश उपसचिव आरती भण्डारीले पनि दुर्घटनालाई राजनीतिककरण गर्न लागेको भन्दै आफ्नो पार्टी र पार्टीका नेताहरुविरुद्धको षड्यन्त्रको भण्डाफोर गर्ने चेतावनी दिएकी छिन् । उनले दुर्घटना हुनु र ज्यान जानु निकै दुःखद् भ‌एको भन्दै दुर्घटनामा राजनीति गरेर निर्दोष फसाउने प्रपन्च गरे कडा प्रतिवादमा उत्रने चेतावनी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
कक्षा १२ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन हुने

राष्ट्रिय एकता अभियानद्वारा नि:शुल्क खाद्यान्न वितरण

राष्ट्रिय एकता अभियानद्वारा नि:शुल्क खाद्यान्न वितरण

रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, तीन जना घाइते

रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, तीन जना घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...