No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा

जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा

काठमाण्डौं ।  उत्तरी छिमेकी चीनले नेपाली भूमि अतिक्रमण गरेको विषय खुला रुपले सरकारी स्तरबाटै उठिसक्दासमेत चीन मौन बनेर बसेको छ । सरकारले चीनविरुद्ध भूमि अतिक्रमण गरेको विषयमा बोल्दा चीनले अनेकौं किसिमका रणनीतिहरु अपनाउने हुँदासमेत एक किसिमले सरकार मौन रहेको टिकाटिप्पणी हुने गरेका छन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदन नै लिक भएपछि आज मात्रै पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छ्यापछ्याप्ती समाचारहरु आएका छन् । यद्यपि चीनले भूमि अतिक्रमण गरेर विवाद रहेको देश नेपाल मात्रै भने हैन । जति पनि मुलुकहरुसँग चिनियाँ सीमा जोडिएको छ ती लगभग सबैजसो मुलुकहरुको भूमिमा चिनियाँ नजर रहेको आरोप लाग्ने गरेको छ ।

कुन कुन मुलुकको छ चीनसँग सीमा विवाद ?

नेपाल
अनौपचारिक रुपमा नेपाल र चीनबीचको सीमामा विवाद हुँदै आए पनि गत भदौमा सरकारी टोलीले नै सीमा क्षेत्रको विवादको अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले चीनले नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ ।

भुटान
नेपालको जसरी तिब्बतसँग युगौंदेखिको बलियो सांस्कृतिक, ऐतिहासिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको भुटानी भूमिमा समेत चीनले अतिक्रमण गरेको छ । सन् १९९८ मा चीन र भुटानले सीमा क्षेत्रमा शान्ति कायम राख्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर, चीनले सन् २०१७ मा भुटानको डोकलाममा कब्जा गर्दै रोड विस्तार गर्न खोजेको थियो । जसको बचाउका लागि भारतीय सेनाले भुटानको साथ दिएको थियो । यो र यो बाहेक भारतसँग महत्व राख्ने भुटानी सीमामा चीनले लामो समयदेखि अतिक्रमण एवं हस्तक्षेप गर्दै आएको छ ।

भारत
भारतको लद्दाखको ले जिल्लामा रहेको अक्साई चेन क्षेत्रमा समेत चीनले आफ्नो दाबी गर्ने गरेको छ । यस्तै लद्दाखको डेप्साङ मैदानहरुमा समेत चीनले आफ्नो दाबी गर्दै अतिक्रमण गर्न खाजेको छ ।

अर्कातर्फ भारतको अरुणाञ्चल प्रदेशका विभिन्न भागहरुमा समेत चीनले आफ्नो दाबी गर्दै अतिक्रमणको प्रयास गर्ने गरेको छ ।

जापान
अरु त अरु चीनले जापानका समुद्री टापुहरुमा समेत आफ्नो दाबी गर्दै अतिक्रमण गर्न खाजेको छ । चीनले जापानको सेन्काकु टापुलाई आफ्नो दाबी गर्दै अतिक्रमणको प्रयास गर्दै आएको छ ।

माछा मार्नका लागि नजिक पर्ने हुँदा र यहाँ तेलको भण्डार भएको कुरा बाहिर आएपछि जापानको सेन्काकु टापुमा चीनले आफ्नो दाबी गर्न थालेको हो ।

ताइवान
सीमामा अतिक्रमण गर्नु, समुद्री टापुमा दाबी गर्नु एक किसिमको कुरा हो । तर चीनले पूरै ताइवान देशलाई आफ्नो प्रान्त भन्दै कब्जा गर्न खाजेको छ । ताइवानी नागरिक र ताइवान सरकारले आफू एक अलग देशको भएको बताउँदै आएका छन् । यसका विपरित चीनले भने ताइवान कब्जा गर्नका लागि आफ्नो प्रयास निरन्तर जारी राखेको छ ।

भियतनाम
चीन र भियतनामबीच साउथ चाइना सीमा रहेको पारासेल टापुको विषयलाई लिएर विवाद रहेको छ । अन्तर्राष्ट्रिय समुद्री कानूनअनुसार भियतनाममा पर्ने टापु क्षेत्रमा चीनले आफ्नो दाबी गर्दै कब्जा गर्न खोजेको छ ।

फिलिपिन्स
साउथ चाइना सीमा फिलिपिन्सको अधिकार क्षेत्र स्कारबोरो रिफ र स्प्रेटली टापुमा चीनले आफ्नो दाबी गर्दै कब्जा गर्ने प्रयास गर्दै आएको छ ।

यी बाहेक चीनको सीमा विवाद रहेका र समाधान भइसकेका मुलुकहरुमा काजकिस्तान, कीर्गिजस्तान, लाओस, मंगोलिया, म्यानमार, उत्तर कोरिया, पाकिस्तान, रुस र ताजिकिस्तान पनि पर्छन् । यी मुलुकहरुसँग चीनको सीमा विवाद समाधान भइसकेको भनिए पनि केही मुलुकहरुमा सीमामा नेपालसँग झैं तनावपूर्ण स्थिति निरन्तर रहिआएको छ ।

भूमि बाहेक चीनले पानीलाई लिएरसमेत विभिन्न मुलुकहरुमाथि हस्तक्षेपकारी भूमिका खेल्ने गरेको छ । भारतसँगकै कुरा गर्ने हो भने पनि चीनले तिब्बत हुँदै बगेर भारत आइपुग्ने ब्रह्मपुत्रमा नदीमा बाँध बनाएर पानी नियन्त्रण गर्न खोजेको छ ।

भारत, बंगलादेश र अन्य छिमेकी क्षेत्रहरूलाई असर पर्ने गरी चीनले जानीजानी जलविद्युतका लागि ठूला बाँध बनाइरहेको र पानीलाई अर्कै दिशातर्फ मोड्न खोजेको घटनाले समेत भारत र चीनबीच विवाद जारी रहेको देखाउँछ ।

अर्कातर्फ कम्बोडिया, लाओस, भियतनाम, थाइल्याण्ड र म्यानमार हुँदै बग्ने र यी देशका लागि सिँचाई र माछा व्यवसायका लागि निकै महत्वपूर्ण मेकोङ नदीमासमेत चीनले यस्तै रणनीति अपनाएको छ ।

चीनले मेकोङ नदीमा ६ वटा ठूला बाँधहरू बनाएको छ भने थप तीनवटा नयाँ बाँध बनाउने तयारी गरेको छ । चीनले नदीको आधा जति पानी कम पारी दिँदा यी देशहरुमा खडेरी नै परेको समाचारहरुले यसअघि नै विश्वको ध्यान तानेको थियो ।

उता दक्षिण चीन सागर (साउथ चाइना सी) मा चीनले पूरै समुद्र नै कब्जा गर्न खोजेको छ । दक्षिण चीन सागरमा ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामसँग चीनको खरो विवाद छ । अन्तर्राष्ट्रिय समुद्री ढुवानीमार्गलाई नै आफ्नो कब्जामा ल्याउने किसिमले चीनले पूरै दक्षिण चीन सागर कब्जा गर्न खोजिरहेको छ । यसको विश्वव्यापी विरोध र आलोचना हुँदै आएको छ । हाम्राकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
महानगर वीरगञ्जमा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास

महानगर वीरगञ्जमा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास

मधेश प्रदेश : अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ

मधेश प्रदेश : अस्पतालको बाथरुममा अचेत अवस्थामा रहेका युवक लागुऔषध सहित पक्राउ

आगलागीमा परेर धनुषाको एक सहित दुईजनाको मृत्यु

आगलागीमा परेर धनुषाको एक सहित दुईजनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .