No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टलाई धेरै नगिजोल्न विज्ञहरुको सुझाव


अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टलाई धेरै नगिजोल्न विज्ञहरुको सुझाव

काठमाडौं । अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टलाई धेरै नगिजोल्न विज्ञहरुले सुझाव दिएका छन् ।

सोमबार खबरहब डटकमले बहसमा बोल्दै विभिन्न क्षेत्रका विज्ञहरुले सरकारलाई जतिसक्दो चाँडो एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्न सुझाव दिएका छन् ।

लामो समय एमसीसीसँग सम्बन्धित आलोचना, टिकाटिप्पणी हुँदा नेपाल र अमेरिकाबीचको ७४ वर्ष लामो सम्बन्धमा समेत असर पर्ने हुँदा यसलाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउनुपर्ने विज्ञहरुको भनाइ छ ।

एमसीसीको विषयलाई लिएर अनावश्यक नकारात्मक टिकाटिप्पणी भएका कारण यस विषयमा सरकार र प्रमुख राजनीतिक दलहरुले आम नागरिकलाई प्रष्ट पार्नुपर्ने आवश्यक्ता रहेको पनि विज्ञहरुले बताए ।

अरुण सुवेदी, राजनीतिक विश्लेषक

सरकारले सम्झौता गरेर संसदबाट पास गर्ने विषयलाई बाहिरबाट मुल्याङकन गरेर विरोध गर्नुको कुनै औचित्य हुँदैन । एमसीसीको विषयमा अहिले राजनीतिक दलहरुले गरेको क्रियाकलाप त्यति चित्तबुझ्दो छैन ।

जुन व्यक्तिलाई सम्झौताले चिनेको छैन र जसले एमसीसी भनेको के हो भन्ने नै थाहा पाएका छैनन् । त्यस्ता व्यक्तिहरुमा गएर एमसीसीको विषयमा बहस गर्नुको कुनै अर्थ छैन ।

ज्ञानेन्द्रलाल प्रधान, उद्यमी

पूर्वाधार विकास नै देश विकासको मेरुदण्ड हो । एमसीसीले पूर्वाधार विकास गर्ने भएका कारण पनि यो पास हुनपर्छ । संसदबाट एमसीसी चाँडै नै पास हुने अपेक्षा गर्न सकिन्छ । 

हामीले एमसीसी लिने सम्झौता गरिसकेको अवस्था हो । सडकमा एमसीसी नलिने भन्ने विषयमा झिल्को जमातका कारण केही विवाद भएकोे अवस्था छ । तर अधिकांश जनतामा सबैले एमसीसीलाई विरोध गरेको अवस्था छैन । केही सानो र कतैबाट परिचालित जमातले यसको विरोध गरिहेका छन् । हामीले एमसीसीजस्तो प्रोजेक्ट गुमायौँ र लिएनौँ भने अन्य देशले दिने विकासका अनुदान, ऋण तथा आर्थिक सहयोगबाट हामी चुक्न सक्छौँ ।

डा.गोविन्दराज पोखरेल, प्राध्यापक एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य

एमसीसी नआएपछि के के बेफाइदा हुन्छ त्यसको असुली एमसीसी विरोधीबाट उठाउनुपर्छ । जनतामाझ एमसीसी विरुद्ध नकरात्मक कुरा प्रवाह गराउने विरुद्ध नागरिक समाज उठ्नुपर्छ । एमसीसीको विरोध भएको अवस्थालाई हेर्दा यसअघिका विदेशी सहयोगका योजनाहरु सार्वजनिक भएको भए ती कुनै पनि योजनाहरु नेपालले पाउने थिएन ।

विकासको विषयलाई पनि नागरिक समाजले आफ्नो आन्दोलनमा समावेश गर्नुपर्छ र नागरिक समाजमा हिँडेका व्यक्तिहरुले पनि एमसीसीको सही कुरा के हो त्यसलाई जनतासमक्ष ल्याउन सहयोग गर्नुपर्छ ।

एमसीसीको विषयमा राजनीतिक दलहरुले पनि दोधारे कुरा गर्न हुँदैन पास हुन्छ भने हुन्छ भन्नुपर्छ हुँदैन भने हुँदैन भन्नुपर्छ । जनताहरुलाई धेरै दोधारमा राख्न हुँदैन । संसदीय अधिकारले पास गर्न विषयमा राजनीतिक दलले उच्चस्तरीय समिति गठन गर्नु भनेको संसदीय अधिकारभन्दा बाहिरको कुरा हो ।

डम्बर खतिवडा, जसपा नेता

जिम्मेवार व्यक्ति र निकायले समयमै सही कदम चाल्न नसक्दा एमसीसीबारे नकरात्मक बहस सतहमा आएको छ ।

एमसीसीमा सबै प्रमुख राजनीतिक दल र शीर्ष नेता सहभागी छन् । उनीहरुलाई एमसीसीको विषयको वास्तविकता थाहा भएकाले उनीहरुले नै एमसीसीको विषयमा जनतालाई प्रष्ट पार्नुपर्छ । जनतालाई एमसीसीबारे प्रष्ट पारिदिए यी सबै नकारात्मक टिकाटिप्पणी आफैँ कम हुन्छन् । तर, अहिले धेरै नेताहरुले एमसीसीबारे केही थाहा नपाए जस्तो गरिरहेका छन् ।   

पार्टीका नेताहरुले एमसीसीलाई राजनीतिकरण गर्ने र यसलाई नै हतियार बनाउने विषय पनि यसको प्रमुख समस्यको रुपमा देखापरेको छ ।

एमसीसी पास हुने कुरामा नेपाल र अमेरीकाबीचको समस्या के हो र नेपालीले अमेरिकालाई कसरी हेर्छन् भन्ने विषयले पनि फरक पार्छ । अन्य देशसँगको अमेरिकाको सम्बन्ध कस्तो छ भन्ने कुराको जिम्मा नेपालले लिएको छैन । एमसीसीको विषयलाई लिएर अमेरिकासँगको ७४ वर्ष पुरानो सम्बन्ध बिग्रन दिनु हुँदैन । सकिन्छ भने पास गर्नुपर्छ सकिँदैन भने यो विषयलाई धेरै सतहमा ल्याएर गिजोल्नु हुँदैन । जनताको भोट पाउनका लागि बोल्ने नेताहरुको कारण पनि यो विषय बढी गिजोलिएको छ ।

समन्त दाहाल, अधिवक्ता

एमसीसी सम्झौता पत्रको दफा ३ को १ मा नेपाल सरकारले अडिट गर्न पाउँछ भनिएको छ । त्यस्तै महालेखा परीक्षकले पनि अडिट गर्न पाउने व्यवस्था सम्झौतामा छ ।

एमसीसीको विषयमा सबस्टेशन निर्माण गर्दा प्रयोग हुने जग्गाको विषयलाई लिएर पनि विवाद आएका छन् । सबस्टेशन निर्माण गर्दा अधिकरण गरिएका जग्गा एमसीए नेपालको नाममा हुन्छ र पछि एमसीए नेपालले निर्माण सम्पन्न गरेपछि जसलाई हस्तान्तरण गर्छ उस्कै नाममा जान्छ ।

संविधानमा नै कुनै विदेशी व्यक्ति वा संस्थाको नाममा जग्गा दर्ता हुँदैन भन्ने उल्लेख भएकाले विदेशीको नाममा जग्गा हुने कुरा नै आउँदैन ।

एमसीसी सम्झौता गर्दा अन्तर्राष्ट्रिय कानूनबमोजिम भएको हुँदा यसका बुँदाहरुमा अन्याथा सोच्नु गलत हो । सम्झौता गर्दा नै यो विषयलाई संसदमा लग्नुपर्छ भनेकाले संसदमा लग्नुपर्ने भएको हो ।

राष्ट्र–राष्ट्रबीच कुनै सम्झौता हुन्छ भने त्यसलाई सन्धि सम्झौता मान्नुपर्छ । एमसीसी सम्झौता नेपाल र अमेरिकाबीच भएकाले यो पनि एक सन्धि सम्झौता जस्तै हो । अन्तर्राष्ट्रिय तवरले सम्झौता भएपछि स्थानीय (देशको) कानूनले दिएन म गर्दिनँ भन्न मिल्दैन ।

एमसीसी सम्झौता सन्धि सम्झौता भएकाले यसमा कुनै विवाद आयो भने त्यसको समाधान अन्तर्राष्ट्रिय कानून अनुसार हुन्छ ।

अहिलेसम्मको अवस्थामा एमसीसी सम्झौता नेपालको कानूनसँग बाझिएको छैन । कुनै पनि सम्झौता संविधानभन्दा माथि हुँदैन र संविधाभन्दा माथि कानून हुन्छ भन्नेकुरा अन्तर्राष्ट्रिय कानूनले पनि 

एमसीसी सम्झौता सन्धि सम्झौता भएकाले यसमा कुनै विवाद आयो भने त्यसको समाधान अन्तर्राष्ट्रिय कानून अनुसार हुन्छ ।

अहिलेसम्मको अवस्थामा एमसीसी सम्झौता नेपालको कानूनसँग बाझिएको छैन । कुनै पनि सम्झौता संविधानभन्दा माथि हुँदैन र संविधाभन्दा माथि कानून हुन्छ भन्नेकुरा अन्तर्राष्ट्रिय कानूनले पनि मान्दैन ।

सरोज मिश्र, परराष्ट्र विज्ञ

यो एउटा राजनीतिक लडाईँ हो । एमसीसीका बुँदा उपबुँदा केलाएर हेर्नुपर्ने केही पनि छैनन् । एमसीसी सम्झौतालाई राष्ट्रघाती देख्ने चस्मा मेड इन चाइना हो ।

एमसीसी आओस् वा नआओस् यो देशमा खुला अर्थतन्त्र र बहुलाबाद चाहिन्छ । एमसीसीको जिम्मा कुन राजनीतिक दलको हो ?

अहिले सत्तामा रहेको नेपाली कांग्रेस यस विषयमा किन मौन छ ? कांग्रेसले यो विषयमा जनतालाई स्पष्ट पार्नुपर्छ ।

आशिष अधिकारी, सहप्राध्यापक

एमसीसीलाई सार्वभौमसत्ता, भू–राजनीति र सुशासन गरी तीन किसिमले हेरेको मैले पाएको छु । एमसीसीलाई विकासको भाष्यबाट र आर्थिक दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने देखिन्छ । सरकारी थिङ्क ट्याङ्कले सरकारलाई एमसीसीको बारेमा स्पष्ट धारणा दिन नसकेका कारण पनि यो विषयमा विरोध भएको हो ।

डा. दिनेश शर्मा, इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक

एमसीसी वा अन्य जुनसुकै माध्यमबाट पनि देश विकास हुनुपर्छ । 

एमसीसी कम्प्याटका बँुदाहरुमा बहस गर्नुको कुनै औचित्य छैन । यति सहयोग रकमको अनुदान नेपालमै पहिलो हो । एमसीसीलाई सरकारले जवाफ माग्ने तर एमसीसीले पठाएको जवाफलाई सार्वजनिक नगरेका कारण पनि अन्यौलता बढेको छ । सरकार किन एमसीसीको विषयमा लाचार बनेको छ भन्ने कुरा स्पष्ट छैन् ।

एमसीसीको विरोधका लागि कहाँबाट र कसले आर्थिक सहयोग गरिरहेका छन् भन्ने अनभिज्ञता नै रहेको छ । विरोध गर्न उनीहरुसँग कहाँबाट पैसा आयो ? देश बनाउने जिम्मा लिएका राजनीतिक दलका नेताहरु नै एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा प्रष्ट रुपमा बोल्न नसक्नुले यो विषयलाई थप पेचिलो बनाएको छ ।

एमसीसी फिर्ता गर्नु हुँदैन भन्ने कुरामा अधिकांशको धारणा रहेको छ । यो योजना फिर्ता गयो भने हामी देश विकासमा अझै २० वर्ष पछि पर्छौँ ।

गोपाल थापा, परराष्ट्र विज्ञ

एमसीसी देश विकासको लागि सही नियतले आएको भए पनि यो योजनाको गलत प्रचारप्रसार भएको छ । एमसीसी पूर्वाधार विकासको प्रमुख उद्देश्यले आएको योजना हो ।

एमसीसी लिने कि फिर्ता गर्ने भन्ने विषयको अन्तिम निर्णय संसदले गर्ने भएकाले बाहिरी हल्लामा लाग्नु हुँदैन । राजनीतिक दलका नेताहरुले एमसीसी सम्झौता राम्रोसँग अध्ययन नगरेर बोल्दा पनि यो विषयले बढी नकारात्मकता पाएको छ ।

देवेश झा, राजनीतिक विश्लेषक

एमसीसी संसदबाट छिट्टै नै पारित हुँदैछ । अबको युद्ध स्याटेलाइटबाट हुन्छ भन्ने कुरा बुझेको चीनलाई अमेरिकाले नेपालमा एमसीसी पारित गराएर अमेरिकी सेना आउँछन् भन्ने कुराको कुनै टाउको दुखाइ छैन । 

राजनीतिक दल आफ्नो भोट सुरक्षित गर्नका लागि पनि ‘मास बेस’ भएका छन् । जता भीड छ, त्यतै दलका नेताहरु समर्थन गर्ने कारणले पनि एमसीसीको पक्षमा दलको स्पष्ट धारणा बाहिर आएको छैन ।

प्रकाश दुलाल, सदस्य, स्वतन्त्र उर्जा उत्पादन संघ

नेपाली कांग्रेसले प्रतिपक्ष दलमा रहँदा पनि एमसीसी पास गर्नुपर्छ भनेकाले यो पास हुन्छ । एमसीसी पास हुनेमा कुनै शंका छैन । कम्युनिष्ट पार्टी र दरबारिया पार्टीका कारण एमसीसीको नकारात्मक प्रचार भएको हो । सरकारले एमसीसीलाई जति धेरै लम्ब्याउँछ । त्यसले विरोधीहरुलाई स्थापित हुन मद्दत गर्छ । सरकारले पास वा फेल गर्ने निर्णय छिटो गरेको खण्डमा एमसीसीको विरोध गरेर राजनीतिमा स्थापित हुन चाहने व्यक्तिको राजनीति पनि सकिन्छ ।

एमसीसी लागु गर्दा के के फाइदा हुन्छ वा बेफाइदा हुन्छ भन्ने विषयमा विद्युत प्रधिकरण पनि बोल्नुपर्छ । एमसीसी लागू भए कतिले रोजगारी पाउँछन् । देशको अर्थतन्त्रमा कसरी टेवा पुग्छ भन्ने कुरा प्रष्ट पारेको खण्डमा पनि एमसीसीबारे प्रचार भएका नकारात्मक कुरा आफै हट्छन् ।

आफ्ना फाइदाका लागि प्रयोग गर्ने दोहोरो चरित्र भएका राजनीतिज्ञका कारण पनि एमसीसी विवादमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

Next Post
कृषि मन्त्री यादवको राजिनामा माग, भारतसँग सम्झौता गरिएको मल ल्याउन दवाव

कृषि मन्त्री यादवको राजिनामा माग, भारतसँग सम्झौता गरिएको मल ल्याउन दवाव

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानद्धारा ऐतिहासिक रक्षा बजेट स्वीकृत

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानद्धारा ऐतिहासिक रक्षा बजेट स्वीकृत

भारतबाट मल ल्याई किसानलाई उपल्बध गराउन माग

भारतबाट मल ल्याई किसानलाई उपल्बध गराउन माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...