No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सहज हुँदै दुईपक्षीय सम्बन्ध

सहज हुँदै दुईपक्षीय सम्बन्ध

श्रीमननारायण
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध र सामाजिक–सांस्कृतिक आदानप्रदान आदिका कारण यो सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नरही जनस्तरमा समेत गहिरो र फराकिलो छ ।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको सात दशक बितिसकेको छ तर यस लामो अवधिको सदुपयोग गर्न सकिएन, जबकि यस अवधिमा त संसारका धेरै देश त विकसित पनि भइसके । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब भएन तर धेरै राम्रो पनि रहेन । यसअघिको ओली सरकारको पालामा यस सम्बन्धमा केही चिसोपना अवश्य आएको थियो तर बिस्तार–बिस्तारै अब यो पहिलेकै र सकारात्मक दिशामा फर्किन थालेको छ । हुन पनि नेपाल–भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास तथा पारस्परिक लाभमा आधारित सम्बन्धको विकल्प छैन ।

नेपाल एवं भारतबीच कतिपय कुरामा समानता रहेका भए पनि आर्थिक प्रगतिको मामिलामा भारत नेपालभन्दा किन र कसरी अगाडि बढ्यो भन्ने विषयमा हामीले गम्भीर चिन्तन गर्नु आवश्यक छ । स्वत्रन्तताको सन्दर्भमा विकास र प्रगतिको विषय जोडिन्छ तर संसदीय लोकतान्त्रिक अभ्यास गर्ने कुरामा भारतमा स्वतन्त्रताभन्दा अघि नै केही प्रयास भइसकेका थिए । सन् १९३६ मा त्यहाँ चुनाव भयो । औद्योगीकरण र शिक्षाले गर्दा जनताको स्तर पनि केही उठी नै सकेको थियो । नेपालको राणा शासन पनि भारतको अङ्ग्रेजभन्दा कम सामन्ती थिएन । सानो देशमा सामन्ती व्यवस्था अनि औद्योगीकरण कम भएको हुँदा नेपालमा मध्यम वर्ग स्थापित नै हुन सकेन जब कि भारतमा स्वाधीनताभन्दा पहिले नै मध्यम वर्गको उदय भइसकेको थियो । मध्यम वर्गको चरित्र कस्तो हुन्छ भने उसले कुनै न कुनै रूपमा आफ्नो भावना तथा चाहनालाई व्यक्त गरिहाल्छ ।

भारतमा व्यावसायिक मध्यम वर्ग औद्योगिक मध्यम वर्ग एवं शैक्षिक मध्यम वर्गको जन्म निकै अघि भइसकेको थियो । कोलकाता, मुम्बई र मद्रासमा तीनवटा विश्वविद्यालय अङ्ग्रेजकै पालामा खुलिसकेका थिए । शिक्षा एवं औद्योगीकरणले गर्दा लोकतन्त्र विकासको प्रक्रियामा पनि भारत बिस्तार–बिस्तारै बढी नै रहेको थियो । अब नेपाल पनि लोकतन्त्रको विकास यात्रासँगै आर्थिक विकासको दिशामा अगाडि बढिरहेको छ । कुनै पनि देशको आर्थिक विकासका निम्ति राजनीतिक स्थायित्व आवश्यक मानिन्छ । लोकतान्त्रिक शासन प्रणालीमा विकास छिटो हुन्छ । कठोर शासकको पालामा पनि आर्थिक विकास भएको उदाहरण पाइन्छ भन्ने अधिकांश उदाहरणमा निरङ्कुश शासकको कारण देश आर्थिक रूपले तहसनहस भएको उदाहरण नै बढी पाइन्छ ।

प्रायः दुई देशबीचको सन्दर्भमा दुवै देशको सम्बन्धमा दुवै देशको आर्थिक हित नै सर्वोपरि हुने गर्दछ तथा सरकार–सरकारबीच नै सम्बन्ध कायम भएको हुन्छ तर नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य देशहरू जस्तो छैन । नेपाल–भारत सम्बन्ध जनस्तरमा कायम छ । नेपाल एवं भारतका जनताबीच रोटीबेटीका साथै क्रान्ति र भ्रातृत्वको सम्बन्ध पनि छ । नेपालमा आजसम्म जति पनि परिवर्तन भएका छन्, त्यसमा भारतका जनताको सहयोग र सद्भाव छ । भारतको स्वाधीनता आन्दोलनमा नेपालीले सहयोग गरेकै हुन् । त्यसैगरी सीमा क्षेत्रको भारतीय नागरिक पनि नेपालका क्रान्तिमा शहीद भएका छन् । भारतीय नागरिक मास्टर गुरुदयाल, डा. कुलदीप तथा मोहमद जहाँगिर यसका उदाहरण हुन् । राजधानीमा बस्ने सरकारको आँखाबाट मात्रै यस सम्बन्धको व्याख्या गर्ने काम भयो भने सत्यको नजिक भरसक पुग्न सकिँदैन । नयाँदिल्ली र काठमाडौँको आफ्नै परिस्थितिजन्य बाध्यता हुन सक्दछ । सरकार सञ्चालनमा कतिपय अप्ठ्याराहरू हुन्छन् तर जनस्तरमा स्थापित यस सम्बन्धको गहिराइ र उचाइ व्याप्त छ । नेपालले यस सम्बन्धबाट जति लाभ लिन सक्नुपर्दथ्यो त्यति लिन सकेन ।

विगतमा माओवादी र संसद्वादी दलहरूबीच नयाँदिल्लीमा बाह्रबुँदे सहमति गराउँदा भारतले सहयोगात्मक भूमिका निर्वाह ग-यो । यसले नेपालमा शान्ति स्थापना गर्न तथा द्वन्द्वको अध्याय अन्त्य गर्न ठूलो सहयोग ग¥यो । आफ्नो सकारात्मक भूमिकाले अर्को देशमा राम्रो परिणाम आउँछ भने एउटा लोकतान्त्रिक मुलुकले लोकतन्त्रको स्थापनाका निम्ति सहयोगीको भूमिका निर्वाह गर्नु अस्वाभाविक हँुदैन । भारतले वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन, वि.सं. २०४६ को निरङ्कुश पञ्चायतविरोधी आन्दोलन तथा वि.सं. २०६२/६३ सालको जनआन्दोलन–२ मा सहयोगात्मक भूमिकाको निर्वाह गरेको हो । भारतसँंग रहेको परम्परागत, बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले दुवै देशको भलो नै गर्नेछ ।

अहिले नेपाल एवं भारतबीच सन् १९५० को शान्ति एवं मैत्री सम्बन्धलाई समीक्षा गर्ने काम भइरहेको छ । इतिहासको समीक्षा गर्ने कामलाई गलत भन्न मिल्दैन तर आशङ्का बढी हदसम्म पुग्दा केही नहुँदा पनि अनर्थ भइरहेको जस्तो लाग्छ । यस्तो आशङ्का उत्पन्न हुनेबित्तिकै संवादको संस्कृति विकसित गरी यसलाई निर्मूल पार्ने काम हुनुपर्दछ । नेपालले भारतबाट तथा भारतले नेपालबाट अपेक्षा राख्नु स्वाभाविक हो । एउटा छिमेकीसित राम्रो सम्बन्ध कायम गर्न अर्को छिमेकीसँग रहेको राम्रो सम्बन्ध बिगार्नु बुद्धिमानी हँुदैन । यसको आवश्यकता पनि छैन तर देखावटी प्रदर्शन गर्न खोज्नेहरूका कारण भने समस्या अवश्य पनि पर्नसक्छ । नेपालको हितलाई प्राथमिकतामा राखी दुवै छिमेकी राष्ट्रसँग सकारात्मक एवं सुमधुर सम्बन्ध विकसित गर्नुपर्दछ । भारत एवं चीन जस्ता दुई उदाउँदो शक्ति राष्ट्रबीच अवस्थित नेपालले अनावश्यक विषयमा बढी ध्यान केन्द्रित गर्नु अथवा चिन्ता गर्नुभन्दा आफ्नो देशको हित हुने कुरामा बढी ध्यान दिनुपर्दछ ।

मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन । मित्रतामा समानता, पे्रम, सहकार्य, सहयात्रा र सुमधुर सम्बन्ध आवश्यक हुन जान्छ । एक असल मित्रले आफ्नो अर्को मित्रको कुभलो चिताउने सोच्न सक्दैन । मित्रताको उपरोक्त मापदण्ड एउटा व्यक्तिको हकमा मात्रै होइन, अपितु एउटा राष्ट्रको हकमा पनि लागू हुन्छ । प्रायः दुई राष्ट्रबीचको सम्बन्घमा दुवै देशको आर्थिक हित सर्वोपरि हुने गर्दछ तर नेपाल–भारतबीचको सम्बन्धमा त्यस्तो छैन । विश्वका प्रायः सबै देश एकअर्का देशको वैधानिक सत्तासित मात्रै सम्बन्ध राख्ने गर्दछ तर भारतले नेपालको वैधानिक सरकारसित राम्रो सम्बन्ध राख्नुका साथै आन्दोलनकारी लोकतान्त्रिक दलहरूसित राम्रो सम्बन्ध राख्ने कार्य गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा नवीन दृष्टिकोण देखापरेका र राष्ट्र–राष्ट्रबीच सम्बन्धमा पनि आर्थिक कूटनीतिले प्रमुखता पाउन लागेको सन्दर्भमा हामीले पनि सोहीअनुसार नीति बनाउन आवश्यक छ । राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सञ्चालनका पक्षलाई दलीय सोच र मान्यताभन्दा माथि उठेर साझा सोच र राष्ट्रिय मान्यताका साथ अगाडि बढ्नुपर्दछ । छिमेकी राष्ट्रसितको सम्बन्धलाई कहिल्यै सडकमा र सदनमा राजनीतिको हतियार बन्न दिनु हँुदैन । दक्षिण एसियाका कतिपय देशको दयनीय आर्थिक अवस्थाको निम्ति पनि ती देशका राजनीतिक दलहरूको गैरजिम्मेवार एवं अपरिपक्व नीति नै जिम्मेवार मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
चीन र पाकिस्तान दुवैले नेपालमा आफ्नो गतिविधि तीव्र गतिमा बढाऊदै , के होला त अब आउने दिनमा ??

चीन र पाकिस्तान दुवैले नेपालमा आफ्नो गतिविधि तीव्र गतिमा बढाऊदै , के होला त अब आउने दिनमा ??

यसकारण नेपालमा आवश्यक छ एमसीसी

यसकारण नेपालमा आवश्यक छ एमसीसी

कैलाली मा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली मा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .