No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीमा दीप प्रज्वलन गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

सप्तरीमा दीप प्रज्वलन गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

राजविराज  । ’घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ बिहीबारबाट सप्तरीसहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका अधिकारकर्मीहरूले साँझ मैनबत्ती प्रज्वलन गरी १६ दिने अभियान आरम्भ गरेका हुन् ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्देश्यले १६ दिनसम्म विशेष अभियान सञ्चालन गर्न विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सरकारी र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा सुरु भएको बिहीबारको कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै पोखरेलले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताए ।

अभियान मूल समारोह समितिका संयोजक तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटाको अध्यक्षता र समितिका सचिव तथा परिकल्पना नेपालकी अध्यक्ष सुधा देवको सञ्चालनमा भएको कार्यक्रममा नागरिक समाज, प्रहरी, अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, गैर सरकारी संस्थाहरूका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

परिकल्पना नेपालको संयोजनमा भएको कार्यक्रममा सहभागीहरूले हिंसा नगर्ने, हिंसा नसहने र हिंसाको प्रतिवाद गर्ने प्रतिबद्धता गरे । लिङका आधारमा दैनिक रूपमा हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा सबैले जोड दिए ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

हिंसामा परेकाहरूलाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन

पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...