No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भरपर्दो देखिएन टेस्लाको कार, अन्तिममा पर्‍यो विश्वसनीय ब्राण्डको सूचीमा

भरपर्दो देखिएन टेस्लाको कार, अन्तिममा पर्‍यो विश्वसनीय ब्राण्डको सूचीमा

काठमाडौं । अटोमोबाइल बजारमा टेस्ला संसारकै सबैभन्दा मूल्यवान कार निर्माता हाे । तर हालै बाहिरिएकाे एक रिपाेर्टअनुसार एलन मस्ककाे याे कम्पनी उपभाेक्ताकाे नजरमा भने उत्कृष्ट बन्न सकेन ।

‘कन्जुमर रिपोर्ट‘ ले जारी गरेकाे विश्वसनीय ब्राण्डकाे सूचीमा टेस्ला कम्पनी अन्तिमतिर परेकाे हाे । यसअन्तर्गत २८ वटा गाडी निर्मातामध्ये टेस्ला २७औं नम्बरमा छ ।

रिपोर्टअनुसार टेस्लाको वाई (Y) मोडलको गाडीमा बडी प्यानलको फिटिङ राम्रोसँग नभएको, चुहावट भएको र यसमा मौसम नियन्त्रणको फिचरमा पनि समस्या देखिएको छ ।

अहिलेका प्राय सबै विद्युतीय गाडीहरूमा समस्या देखिएकाे साे रिपाेर्टमा उल्लेख छ । किनभने विद्युतीय गाडीहरू नयाँ प्रविधिमा आधारित भएर बनाइएका छन्, जसले खासै विश्वसनीयता कमाउन सकेका छैनन् ।

प्राय सबै विद्युतीय कारमा विद्युतीय ढोका, विद्युतीय क्लाइमेट कन्ट्रोल भेन्ट्सलगायत अन्य फिचर पनि विद्युतीय नै हुन्छ ।

यसरी सबै फिचर विद्युतीय हुँदा सानो प्राविधिक समस्याले पनि धेरै समस्या निम्त्याउन सक्ने कन्जुमर रिपोर्टका अध्यक्ष जेक फिसरले बताएका छन् ।

कम्पनीहरूले विद्युतीय गाडीमा भेटिएका बगहरू समाधान गर्दै गइरहेको कारणले भने आउने दिनमा इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको विश्वसनीयता बढ्दै जाने अनुमान गरिएको छ ।

कन्जुमर रिपोर्टले २०२१ को ‘अटोमोटिभ रिलायबिलिटी सर्भे’ (गाडीहरूको विश्वसनीयता सर्वेक्षण) मा आठवटा ब्राण्डको ११ वटा विद्युतीय गाडीको सर्वेक्षण गरेको थियो ।

टेस्लाका प्रयोगकर्ताहरू गाडीमा सन्तुष्ट भएपनि समस्या पनि उत्तिकै भएको रिपोर्टको दाबी छ । टेस्लाको मोडेल ‘एक्स’ ले विश्वसनीयताको सर्वेक्षणमा १०० मा पाँच पोइन्ट मात्र पाएको छ ।

यद्यपि मोडेल ‘थ्री’ ले भने औषतमा विश्वसनीय भएको रेटिङ पाएको थियो । त्यस्तै मोडेल ‘वाई’ मा भने सेन्सर, एक्सटेरियर, हिट पम्पस र एअर कन्डिसनिङमा समस्या भएको प्रयोगकर्ताले बताएका छन् ।

गाडीको विश्वसनीयता त्यसको स्पेयर पार्टको आपूर्तीमा पनि निर्भर हुने फिसरले बताएका छन् । कन्जुमर रिपोर्टले टेस्लाको अटोपाइलट र फूल सेल्फ ड्राइभिङ फिचरको आलोचना गरेको छ ।

सन् २०१६ मा फ्लोरिडामा एक व्यक्तिको अटोपाइलट अन गरेको अवस्थामा दुर्घटनामा पनि मृत्यु भएको थियो । सिस्टमले अगाडिबाट आइरहेको ट्रयाक्टरलाई डिटेक्ट गर्न नसक्दा त्यो दुर्घटना भएको थियो ।

यसकारण गाडीलाई पूर्णरुपमा अटो पाइलटभन्दा पनि सेमिपाइलट मोडमा राख्नु ठीक हुने रिपोर्टले सुझाव दिएको छ ।

साथै अटोमेटिक स्टेरिङलाई डिस्कनेक्ट गरेर ड्राइभरले नै स्टेरिङ समातिरहनुपर्ने व्यवस्था गर्नुपर्ने कन्जुमर रिपोर्टको दाबी छ । ड्राइभर धेरै प्रविधिमा आश्रित हुँदा यसले सुरक्षा चुनौती निम्त्याउने रिपोर्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .