No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्तनपानमा नयाँ आयाम : प्रसूति गृहमा ‘आमाको दूध भण्डार’

स्तनपानमा नयाँ आयाम : प्रसूति गृहमा ‘आमाको दूध भण्डार’

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, विश्वका झण्डै ५६ प्रतिशत नवजात शिशुहरूले जन्मेदेखि ६ महिनासम्म राम्रोसँग स्तनपान गर्न पाउँदैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा करीब ४४ प्रतिशत नवजातले मात्रै ६ महिनाभित्र राम्रोसँग स्तनपान गर्ने गरेका छन् । यही उमेर हो जतिबेला बच्चालाई आमाको दूधबाहेक कुनै पनि बाहिरी खानाको आवश्यकता पर्दैन र दिनु पनि हुँदैन । समयमा सही तरिकाले स्तनपान नगराउँदा विश्वका आधाभन्दा धेरै बच्चामा दीर्घकालीन स्वास्थ्य समस्या देखिने गरेको छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता कौशल मिश्राका अनुसार स्तनपानले बाल मृत्युदर ३० प्रतिशतसम्म घटाउँछ । अर्थात् दूध खाएको बच्चा र नखाएको बच्चा एकैपटक कुनै रोगको शिकार भए भने उनीहरुमध्ये ६ महिनासम्म नियमित स्तनपान गरेको बच्चाको मृत्युको जोखिम स्तनपान नगरेकाको तुलनामा ३० प्रतिशतले कम हुन्छ । त्यसैले बाल मृत्युदर रोक्न पनि यो सेवाले सहयोग गर्छ ।

जन्मिनेबित्तिकै बच्चाले दूध चुस्न नसक्ने र आमामा पर्याप्त दूध उत्पादन नहुनेजस्ता समस्याले नेपालमा पनि कैयौं बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि आमाको दूध भण्डारण सेवा नेपालमै पहिलो पटक प्रसूति गृहले गर्ने तयारी गरेको छ । अहिले प्रसूति गृहमा दैनिक ६० देखि ८० जना सुत्केरी हुने गरेका छन् । त्यसमध्ये कतिपयले बच्चालाई आवश्यकभन्दा धेरै दूध उत्पादन हुँदा समस्या भएको सुनाउँछन् भने कतिपय बच्चा स्तनपान गर्न नसक्ने समस्याबाट ग्रस्त छन् । यही समस्या समाधान गर्नको लागि प्रसूति गृहले यो सेवा दिन लागेको मिश्रा बताउँछिन् ।

के हो ‘ह्युमन मिल्क ब्याङ्क ?’

खेर जाने अवस्थामा रहेको आमाको दूधलाई संकलन गरेर निश्चित तापक्रममा भण्डारण गरी अत्यावश्यक अवस्थामा बच्चालाई दूध उपलब्ध गराउने माध्यम नै आमाको दूध भण्डारण अर्थात् ह्युमन मिल्क ब्याङ्क हो । यो रक्तदान गरेर जम्मा पारेको रगत अत्यावश्यक अवस्थामा उपलब्ध गराउने ‘ब्लड बैंक’को अवधारणासँग मिल्दोजुल्दो हुन्छ । यसमा आफ्नो दूध दान गर्न चाहने र बच्चालाई पर्याप्त खुवाउँदा पनि दूध बढी हुने आमाहरूले स्वेच्छिक रूपमा अमृत कोषलाई आफ्नो दूध दान गर्न सक्छन् । यसको नाम ‘अमृत कोष’ राखिएको छ । आमाको दूध अमृत समान हुने भएकोले यसको नाम अमृत कोष राखिएको प्रसूति गृहले जनाएको छ ।

निश्चित तापक्रममा दूधलाई भण्डारण गर्दा आमाको दूधमा रहेको पौष्टिकता नष्ट हुँदैन । अमृत कोषमा पनि दूध भण्डारण गर्दा २ लिटर जति भएपछि प्यास्चराइज गरेर राख्ने गरिन्छ । यसलाई निश्चित तापक्रममा तताएर चिस्याउँदा दूधभित्र रहेको ब्याक्टेरिया मर्छ । दूध भण्डारण गर्दा माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्ने गरिन्छ । यसरी भण्डारण गरिएको दूधलाई ६० एमएलदेखि १०० एमएलसम्मको प्याकेटमा तयार पारिन्छ ।

अन्तर्वार्ता

‘यसले नवजातको मृत्युदर घटाउन सघाउँछ’

डा. संगीता कौशल मिश्रा

निर्देशक, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल

यो कस्तो बच्चाको लागि उपयोगी हुन्छ ?

आमाको दूध पर्याप्त नपुगेको र जन्मिनेबित्तिकै आमाको दूध चुस्न नसक्ने अवस्थाका शिशुहरुको लागि यो सेवा बढी उपयोगी हुन्छ । यो सेवा कोषको मोडालिटीमा छ, त्यसैले जोकोहीले पनि आपतकालीन अवस्थामा आमाको दूध लैजान सक्छन् ।

यो सेवा कहिलेदेखि शुरु हुन्छ ?

हामीले तयारी गरेको ह्युमन मिल्क बैंक सेवा नेपालमै पहिलो हो । अहिले ‘अमृत कोष’को आधा काम सम्पन्न भइसकेको छ । बढीमा अबको एक महिनामा यो सेवा सञ्चालनमा ल्याइसक्ने तयारी छ ।

दूध कसले दिन सक्छ ?

अस्पतालमा आएकी र रगत परीक्षण गरेर स्वस्थ रहेको प्रमाणित भएकी आमा दूध दानको लागि सक्षम मानिन्छिन् । तर उनले आफ्नो बच्चाको लागि आवश्यकभन्दा बढी भएको दूध दान गर्ने चाहना राख्नुपर्छ । यो दूध दान लिनुपूर्व आमाको रगत लगायतको स्वास्थ्य अवस्था परीक्षण गरिन्छ । यो रक्तदानजस्तै लिने र दिनेको लागि निःशुल्क सेवा हो ।

यसको प्रभावकारिता कस्तो हुने अपेक्षा छ ?

यसले नवजात मृत्युदर घटाउन सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।

ह्युमन मिल्क बैंकको इतिहास

विश्वको पहिलो ‘ह्युमन मिल्क बैंक’ अष्ट्रियाको भियानामा सन् १९०९ मा शुरु भएको थियो । १९ औं शताब्दीको अन्तिमतिर बच्चालाई दूध चुसाउन असक्षम महिलाका सन्तानलाई दूध संकलन गर्ने अभ्यास भइरहेको थियो । भियनापछि अमेरिकाको बोस्टन फ्लोएटिङ अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना भएको थियो । सन् २००० को दशकतिर भने विश्वभरि ह्युमन मिल्क बैंक स्थापना हुन थाले ।

सन् २०१६ सम्म आइपुग्दा युरोपका २५ मुलुकमा २०६ वटा मिल्क बैंक खुलिसकेको थियो । सोही वर्षसम्म अमेरिका र क्यानडामा २६ वटा मिल्क बैंक खुलेका थिए । त्यस्तै, दक्षिण अफ्रिकामा ६० वटा मिल्क बैंक खुलिसकेको थियो भने दक्षिण अमेरिकी ९ मुलुकमा २५८ वटा ह्युमन मिल्क बैंक खुलेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .