No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

काठमाडौं । नेपालका बैंकहरूको मोबाइल एप हेर्ने हाे भने प्राय: सबै उस्तै छन् । एउटै डिजाइन, एउटै सिस्टम, एउटै फ्रन्ट-ईन्ड ।

त्यतिमात्रै नभएर कुनै सर्भिसलाई जनाउने सिग्नल पनि उस्तै । फरक छ त कलर । बैंकको ब्राण्ड कलर अनुसार एप बन्नुभन्दा अन्य सर्भिस तथा सिस्टममा फरक नहुँदा नेपालको मोबाइल बैंकिङले प्रयोगकर्तालाई नयाँपन दिन सकिरहेको छैन ।

बैंकहरू सबै एउटै कम्पनीको सिस्टममा भर पर्दाको असर हो यो । नेपालका ९८ प्रतिशत बैंकको मोबाइल एप एफवान सफ्टको सिस्टममा आधारित छन् । त्यो हुँदा कम्पनीले सबै बैंकले एउटै सिस्टममा आधारित भएर सर्भिस उपलब्ध गराउँदै आएका छन् ।

यसरी सबै बैंकले एउटै सिस्टममा आधारित भएर सर्भिस दिँदा ग्राहकले नयाँपन नपाएकाे भन्दै एनएमबी बैंक भने एफवान सफ्टबाट बाहिरिएको छ ।

‘मोबाइल बैंकिङको फ्रन्टइनमा परिमार्जन गरेर प्रयोगकर्तालाई नयाँपन दिने उद्देश्यका साथ हामीले एपमा एफवान सफ्टसँगको सहकार्यलाई तोडेका हौं,’ एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मीले भने, ‘एफवान सफ्टसँग सहकार्य गर्दा सबै बैंकको एप एउटै हुने हुँदा फरक खोज्ने ग्राहकलाई असहज भएको महसुस बैंकलाई भएको छ ।’

नयाँ एपको डिजाइनमा बैंक आफैंले काम गरेको छ । उनले भने, ‘नयाँ सिस्टम नेपाली लोकल पार्टनर सेलकमसँग मिलेर भारतीय कम्पनी पे-नेटले बनाएको छ । योसँगै बैंकको आवश्यकता अनुसार सर्भिसलाई परिमार्जन गर्न सहज हुनेछ ।’

हाल सबै बैंकको एउटै सिस्टम हुँदा बैंकले चाहेअनुसारको सर्भिसलाई समावेश गर्न असहज भएको थियो । उनले भने, ‘जस्तो हामीले ‘सापटी’ भन्ने सर्भिस ल्याएका छौं । मोबाइलबाट सापटी दिने सर्भिस अन्य बैंकले ओडीमा आधारित भएर एक महिनाको लागि उपलब्ध गराउँछन् । तर, हामीले एक वर्षसम्मको सर्भिस दिएका छौं । त्यो हुँदा यसका लागि पनि छुट्टै सिस्टम आवश्यक पर्ने भयो ।’

त्यतिमात्रै नभएर आफ्नै एप हुँदा कारोबारको मूल्यमा पनि बैंक आफैंले नियन्त्रण गर्नसक्ने अवस्था रहन्छ । उनले भने, ‘हामीले ग्राहकलाई महिनाको पहिलो हप्ता निःशुल्क रुपमा कारोबार गर्ने सुविधा दिएका छौं । किनभने महिनाको पहिलो हप्ता भनेको ग्राहकले घरभाडा तिर्ने, बत्ति, बिजुलीको शुल्क बुझाउने लगायतका धेरै काम गर्छन् । यस्तोमा यो समय प्रयोगकर्तालाई निःशुल्क सेवा दिँदा लाभान्वित हुने भए ।’

तर, सबै बैंकलाई एउटै सिस्टम उपलब्ध गराउँदा कम्पनीलाई त्यसमा परिमार्जन गर्ने असहज हुने भयो । त्यसैले पनि बैंकले मोबाइल एप आफैले बनाउने निर्णय गरको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post
सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी

सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*

अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .