No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

पर्वत । पत्रकारको उपचारमा पर्वत अस्पतालले ४० प्रतिशत छुट दिनेभएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए । यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो ।

“महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ । प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन । सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ”, उनले भने, “के के कुरामा छुट दिने भन्ने पनि निर्णय भएको छैन । अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन सकिन्छ ।”

औषधि महँगो हुने तथा कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा. पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिनेबारेमा छलफल भइरहेको जानकारी दिए।

थाइराइड, सुगरलगायतका परीक्षण महँगो हुँदा अस्पतालको बजेटले नै धान्न नसक्ने भएकाले ती परीक्षणमा भने छुट नहुने उनको भनाइ छ । अरूको लागि समाचार लेख्दै हिँड्ने पत्रकारसमेत आर्थिक समस्यामा रहने र अरूका लागि काम गर्नेलाई अस्पतालले पनि केही गर्न पाउनु खुसीको कुरा भएको डा. पौडेल बताउँछन्।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैँले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताए। सङ्घीय तथा प्रदेश सरकारले यस सम्बन्धमा कार्यविधि नबनाएकाले अस्पतालको आन्तरिक आम्दानीबाट बेहोरेर उपचारमा सघाउने निर्णय भएको उनले जानकारी दिए ।

“नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेका पर्वतका क्रियाशील पत्रकारका लागि यो सुविधा उपलब्ध गराउन लागिएको हो । तीनै तहका सरकारले यो काम नगरे पनि अस्पताल आफैँले भए पनि गरेमा राम्रो हुने ठानेर यो निर्णय गरिएको हो”, पहाडी भन्छन्, “समाजलाई सत्यतथ्य सूचना दिएर सचेतना जागृत गर्ने तथा सूचना प्रदान गर्ने पत्रकारलाई प्रोत्साहन गर्न यो निर्णयले काम गर्छ ।”

महासङ्घ र अस्पतालबीच सम्झौता भएपछि कार्यान्वयनमा आउने यो कार्यक्रममा पर्वतमा क्रियाशील भई पत्रकार महासङ्घ पर्वतको सदस्य बनेका पत्रकार मात्र समावेश हुने अस्पताल प्रशासन बताउँछ । पत्रकारलाई दिएको छुट सुविधा लिनकै लागि बाह्य जिल्लाका महासङ्घ सदस्य पत्रकार आएमा अस्पतालले खर्च धान्न नसक्ने भएकाले पर्वत महासङ्घमा आबद्ध भएकाको लागि मात्र छुट सुविधा दिन लागिएको हो ।

पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले सङ्घीय सरकारले बजेटमा घोषणा गरे पनि कार्यान्वयनमा नल्याएको अवस्थामा पर्वत अस्पताल आफैँले भए पनि यो कार्यक्रम लागू गरोस् भन्ने हेतुले महासङ्घको तर्फबाट राखिएको प्रस्ताव अस्पतालले स्वीकार गर्नु खुसीको कुरा भएको बताए।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले पत्रकार र सञ्चारगृहलाई ठूलो असर गरेको बेलामा यही छुटले पनि श्रमजीवी पत्रकारको उपचारमा धेरै राहत हुने उनको भनाइ छ । पत्रकार महासङ्घ पर्वत शाखामा सदस्य रहेका पत्रकारको सङ्ख्या ५४ रहेको छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक

सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी

सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .