No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न चिनियाँ विदेशमन्त्री वाङको आग्रह

रोम — चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । जी–२० को सम्मेलनका क्रममा इटालीको रोममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा वाङले ‘चीनको आन्तरिक मामिलामा अमेरिकाले बेइमानीपूर्वक हस्तक्षेप गरेको’ दाबी गरे ।
अमेरिकी कंग्रेसले ३ सयभन्दा बढी चीनविरोधी विधेयक पेस गरेको र ९ सयभन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढंगले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको वाङको भनाइ छ । जसका कारण सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको उनले बताए ।
अमेरिकाले विश्वव्यापी रूपमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै कतिपय देशलाई सोही अनुकूलको दबाब दिइरहेको वाङको दाबी छ । ‘त्यस्ता अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप पनि छैनन्,’ उनले भने ।
संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउन बारम्बार आह्वान गर्नु महत्त्वपूर्ण रहेको र यस वर्ष चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूबीचको दुई पटकको फोन वार्तामा निकै महत्त्वपूर्ण सहमति भएको मन्त्री वाङले बताए । दुई पक्षले वार्ता पुन: सुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ रहेको छ ।
भेटका अवसरमा वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘ताइवान मुद्दा चीन र अमेरिकाबीचको सबैभन्दा संवेदनशील मुद्दा हो,’ वाङले भने, ‘यदि यसलाई गलत तरिकाले बुझ्न थालियो भने यसले द्विपक्षीय सम्बन्धलाई पूर्णरूपले ध्वस्त पार्नेछ ।’ ताइवान चीनको एक हिस्सा भएको भन्दै ऐतिहासिक अनुभव र तथ्यले यसलाई प्रमाणित गर्ने दाबी गरे । ‘वर्तमान तनावको मुख्य कारण ताइवानका अधिकारीहरूले बारम्बार एक चीन ढाँचा तोड्ने प्रयास गर्नु नै हो,’ वाङले भने, ‘ताइवानका स्वतन्त्र सेनाहरूका लागि अमेरिकी सहयोग र समर्थन पनि त्यत्तिकै दोषी छ ।
भेटका क्रममा मन्त्री ब्लिन्केनले अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याएका जनाइएको छ । अमेरिका चीनसँग संवाद कायम राख्न, भिन्नतालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र टकराव वा संकटबाट बच्न इच्छुक रहेको उनको भनाइ छ ।
भेटका अवसरमा दुवै नेताले जलवायु परिवर्तन, ऊर्जा आपूर्ति, इरानी परमाणु समस्या, कोरियाली प्रायद्वीपको अवस्था, म्यान्मार र अफगानिस्तानमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलगायत महत्त्वपूर्ण विषयमा कुराकानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प

अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प

आज दीपावलीः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

आज दीपावलीः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .