No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

गौतमबुद्ध विमानस्थलमा चिनियाँ झन्डा ?

बुटवल । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको झन्डा फहराइए पछि चर्चाकाे विषय बनेकाे छ । नेपालकाे विमानस्थलमा चिनियाँ झन्डा राखेपछि चासो बढेको हो।

सामान्यतया विमानस्थलको भवनमा आफ्नो देशको मात्रै झन्डा राख्‍ने प्रचलन हुन्छ। तर, केही महिनायता भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ झन्डा फहराएको छ।  यसरी झन्डा फहराएको विषयमा सर्वसाधरण नागरिकहरुले चासो व्यक्त गरिरहँदा विमानस्थलले भने यसलाई स्वभाविक मानेको छ।

विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपका कामदारहरुले आफ्नो देशको झन्डा राखेको बताए। ‘विशेष उत्सव र पर्वमा चिनियाँहरुले झन्डा राख्‍ने गर्छन,’ उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

उनले कहिलेकाहीँ मात्रै विमानस्थलको निर्माणमा खटिएका चिनियाँहरुले आफ्नो देशको झन्डा फहराएको बताए पनि विमानस्थलको भवनमै झन्डा देखिएकाले कूटनितिक रुपमा प्रश्न उठाइएको छ। चिनियाँ कामदारहरुले कार्यालय, कोठा र बैठक कक्षमा समेत चिनियाँ झन्डा राख्‍ने गरेका छन्। द्विपक्षीय सम्बन्ध कायम भएको देशहरुको विमानस्थलमा झन्डा राख्नु स्वभाविक भएको आयोजना प्रमुख अधिकारीले बताए। चिनियाँहरुले आफ्ना चाडपर्व, राजदूतावास र चिनबाट कोही आउँदा र विशेष अवसरका बेलामा झन्डा नियमित राख्दै आएका छन्।

विमानस्थलमा आइतबार बुद्धको मूर्ति अनावरणमाका बेलामा नेपालसहित चीन र स्पेनको झन्डा राखिएको अधिकारीले बताए। ठेकेदार कम्पनीले विमानस्थलमा टाढैबाट देखिने गरी झन्डा नियमित फहराउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ। यसबारे जिल्ला प्रशासनले समेत कुनै जानकारी नभएको बताएको छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले काम गरेको हो। अहिले पनि १५ जना चाइनिज कामदार विमानस्थलमा खटिएका छन्। ३ वर्षमा काम सम्पन्न गर्ने गरि विसं २०७१ माघ १ देखि ठेक्का लिइ काम सुरु गरेको हो तर ५ वर्ष बितिसक्दा पनि ठेकदार म्याद थप्न माग गरिरहेकाे छ । कूल रु ६ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्‍न गरी नर्थ वेस्टले ठेक्का पाएको हो। तर, निर्माण भने अझै पूरा भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

अमेरिकी नितिले हल्लियो चीन , गुहार लगाउदै आन्तरिक मामिलामा नपर्न आग्रह

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

चिनियाँ कम्पनीको लापरबाहीले कार्यवाहीको चेतावनी

अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प

अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .