No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो

हुम्लामा नेपाली भूमिमा चीनले झन्डा गाड्यो

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामा नेपाली भूमिमा चीनले झन्डा गाडेको एक भिडियो सार्वजनिक भएको छ ।

चीनले हुम्लामा नेपाली भूमि मिचेको विषय गम्भीर मुद्दा बनिरहेका बेला स्वास्थ्य शिविरमा गएका एक डाक्टरले उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

गत वर्ष नै चीनले हुम्लामा नेपाली भूमि मिचेको विषय बाहिरिएपछि हुम्लाका स्थानीय जनप्रतिनिधि तथा काँग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरी सरकारलाई पहल चाल्न आग्रह गरेको थिए ।

यद्यपि,तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सीमा क्षेत्रमा नगएरै ‘हचुवाकाे भर’मा नेपाली भूमि नमिचिएको स्पष्टिकरण दिएकाे थियाे । तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत नेपाली भूमि नमिचिएको धारणा राखेका थिए ।

तर, ओली नेतृत्वको सरकार विघटन भएपछि वर्तमान नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।

देउवा नेतृत्वको सरकारले सो क्षेत्रको अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

सो अध्ययन समितिले सीमामा समस्या रहेको ठहर गर्दै गृह मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । त्यसपछि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सीमा विवादको विषय अघि बढाउन पत्राचार गरेको थियो ।

यति मात्रै नभई देउवा सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ यीबिच सीमा समस्याको विषयमा छलफल समेत भइसकेको छ ।

यसबिच हुम्लामा स्वास्थ्य शिविर गएका डा. नितेश घिमिरेले नेपालीमा भूमिमा चिनियाँ झन्डा गाडिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

४९ सेकेन्ड लामो भिडियोमा उनले भनेका छन्, ‘हामी अहिले लिमी लाप्चाको बोर्डरमा छौँ, चाइनाले यसरी आफ्नो झन्डा चाहिँ नेपाली भूभागमा ल्याएर गाडेको रहेछ, यो देख्दा एकदम दुख लाग्छ ।’

विगतमा कैलाश मानराेवर क्षेत्र समेत नेपाली भुमिमै रहेकाे जनाउदै उनले अघि भनेका छन्, ‘हाम्रो पहिलाको कैलाश मानसरोवर ताल, कैलाश पर्वत सबै हाम्रै थियो, अहिले चाहिँ यसरी उनीहरूले अतिक्रमण गर्दा गर्दा त्यहाँसम्म (औँलाले चिनियाँ भवन देखाउँदै) क्याम्प बनाइसकेको छ । अहिले हुँदा हुँदा झन्डा पनि यहाँ गाडी सकेको रहेको छ ।’

सरकारले याे विषयमा कडा कदम नचालेकाेतर्फ दु:ख पाेख्दै उनले भनेका छन्, ‘अब सरकार बोल्दैन हामी केही गर्न सक्दैनौँ, यहाँसम्म आएर के भएको रहेछ हेर्न आइयो, स्वास्थ्य शिविर गर्न आउँदा खेरी, यो देख्दा खेरी यहीँ आएर चाहिँ फिल हुन्छ कति मन दुख्छ भनेर’, उनले अन्तमा भनेका छन्, ‘सरकार विहीन देश भनेको यस्तो रहेछ ।’

यो समाचार लेख्दासम्म सामाजिक सञ्जाल टिकटकमा डा. नितेशलाई १ लाख १४ हजारभन्दा बढीले फलो गरेका छन्, भने उनका सबै भिडियाले २१ लाख बढी लाइक पाएका छन् ।

चीनले नेपाली भूमि मिचेको विषयमा जनस्तरबाट समेत विरोध भइरहे पनि चीनले सीमामा कुनै समस्या नभएको भन्दै अव्यवहारिक जवाफ दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

दिपावलीको पूर्व सन्ध्यामा समेत उठेन जनकपुरधामको फोहर

बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .