No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

हाबा र पानीले उडायो उमेशको लगानी र मिहिनेत

राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्बर १० का उमेश प्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशमा संलग्न थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङ्को लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । २०५७ सालदेखि नै अस्थायी दरबन्दीमा गणित बिषय पढाइरहेका थिए उनी ।
२०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी बन्न र स्वेच्छिक अवकाशको नीति ल्याउँदा साहले अवकाश नै रोजे । ‘त्यस बेला परिवारमा रोजगारी गर्ने म मात्रै थिएँ । अनि सबै बेरोजगार’ साह भन्छन्, ‘म त स्थायी हुन्थे । तर परिवारका सबै बेरोजगार नै रहन्थे । परिवारमा काम गर्ने योग्य व्यक्तिलाई पनि रोजगारी दिने सोंचेर स्वेच्छिक अवकाश रोजे ।’

ताप्लेजुंगबाट उनी घर फर्के २०७६ को बैशाखमा । केहि दिन गाउँ घुमे । यहाँको वस्तुस्थितिबारे पुनःताजगी भए । यसपछि उनी कृषि कर्ममा जुट्ने निधो गरे ।
कृषि कर्ममा लाग्न उनले जग्गाको खोजी गर्न थाले । चन्द्रा मावि बोदे बर्साइनको जग्गा उनले गाउँमै फेला पारे । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिसँग उनले कुरा चलाए । कुरा मिल्यो विद्यालयको १५ कठ्ठा जग्गा १५ बर्षका लागि लिजमा लिए ।
जग्गा लिजमा लिएपछि रकमको जोहोमा जुटे उनी । ‘केहि आफूले बचत गरेको रकम थियो । अरु २५ लाख कृषि विकास बैंकबाट ऋण लिएर केरा खेती शुरु गरे’ उनी भन्छन् । कात्तिक, २०७६ देखि उनले ती जग्गामा केरा खेती शुरु गरेको बताउँछन् । शुरुमै ३० हजार केराको बोट रोपे उनले । ती काममा उनीसहित उनका घरपरिवारका व्यक्ति पनि सहयोगी भए ।
साहले रोपेका केराका बोटहरु फल्न लागेको थियो । रोपिएका प्रायः सबै बोटमा केराले घारीको रुप बनाइसकेको थियो । केहि बोटमा फलेका केरा त आगामी छठसम्म बजार पु¥याउने तयारी गरेका थिए साहले । ‘छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना थियो’ साह भन्छन्, ‘तर मनको लड्डू घ्यूसँग खान बाध्य भएँ ।’
उनी यसो भनिरहनुको कारण हो, १ कात्तिकमा भएको मुसलधारे बर्षा र हाबाहुरीले उनले लगाएको केराबाली नष्ट गर्नु । बर्षा र हाबाबुरीले उनले लगाएको अधिकांस केराको बोट लडाएको छ । फल्न शुरु गरिसकेको र कतिपय तयार हुन लागेको कुरा नष्ट भएपछि साहलाई पहिलो गाँसमै ढुँगा परेको छ ।
‘केरा खेती गर्दा राम्रो आम्दानी हुने विश्वास थियो । त्यहीं भएर यो खेती नै रोजेको थिएँ’ साह भन्छन्, ‘तर, पहिलो पटक गरेको खेती नै प्रकृतिले असफल बनाइदियो ।’
हाबाहुरी र बर्षाका कारण रु २५ लाख बराबरको केरा नष्ट भएको उनले बताए । ‘यो मेरो लागि धेरै ठूलो क्षति हो’ उनले भने, ‘गरिएको लगानी र मिहिनेत सबै बर्बाद भएछ ।’
यद्यपी उनी यसबाट हरेस नखाने बताएका छन् । ‘कृषि कर्ममै लागिसकेपछि हरेस खानु भनेको ठीक हुँदैन्’ उनी भन्छन्, ‘पुनः मिहिनेत गर्छु । शायद, अब त राम्रो हुन्छ होला ।’–यो समाचार आजको ग्रीन मधेश दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कृषि#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सिंहदरबारभित्र गोली चल्यो…

सिंहदरबारभित्र गोली चल्यो…

नेपाल–भारत द्विपक्षीय परामर्श समूह को १४ औँ बैठक भारतको बेंगलुरुमा भोलि हुने

नेपाल–भारत द्विपक्षीय परामर्श समूह को १४ औँ बैठक भारतको बेंगलुरुमा भोलि हुने

बिकासको दिवा सपना बाडदै चीन , ऋणको ओझेलमा फस्दै विभिन्न मुलुक

बिकासको दिवा सपना बाडदै चीन , ऋणको ओझेलमा फस्दै विभिन्न मुलुक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .