No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सेनिटरी प्याडको सोझो सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ- डा. बालकृष्ण शाह


सेनिटरी प्याडको सोझो सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ- डा. बालकृष्ण शाह

सेनिटरी प्याड प्रयोग गर्ने कि परम्परागत कपडाको ? यो छुटै वहसको विषय हो । यद्यपि चिकित्सकहरु के भन्छन् भने, जस्तोसुकै प्याड प्रयोग गरिरहँदा त्यसको सफाईमा भने ध्यान दिनुपर्छ । अक्सर प्याड सुख्खा, मुलायम र सफा हुन जरुरी छ । त्यसैले परम्परागत रुपमा कपडाको प्याड प्रयोग गर्दा पनि त्यसको स्वच्छता मूल कुरा हो ।

हुन त बजारमा थरीथरीका प्याड पाइन्छन् । त्यसको मूल्य र गुणस्तरमा पनि विविधता पाइन्छ । तर, यी प्याड सबैको पहुँचमा छैन । एकातिर सबैतिर सहजै प्याड उपलब्ध हुँदैनन् भने यसको मूल्य पनि आफुखुसी निर्धारण गरेको पाइन्छ । त्यसैले सबैले बजारमा उपलब्ध सेनिटरी प्याड प्रयोग गर्दैनन् ।

यसको विकल्प हो, कपडाको प्याड । तर, यस्तो प्याड प्रयोग गरिरहँदा त्यसको सही विधी पनि थाहा हुनुपर्ने बताइन्छ । किनभने मासिक स्रावको बेला प्रयोग गरिने यस्ता प्याडको सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग सोझै जोडिएका छन् । यसै सन्दर्भमा अनलाइनखबरले प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. वालकृष्ण शाहसँग कुराकानी गरेको छ ।

महिनावारी भएको बेला सरसफाईमा गरिने लापरवाहीले यौनाङ्गमा कस्तो समस्या निम्त्याउँछ ?

सरसफाईको कमीले समस्या हुने भनेको यौनाङ्गमा संक्रमण हो । संक्रमणका कारण तत्कालीन असर तथा दीर्घकालीन असर देखिन सक्छ । तत्कालीन देखिने असर भनेको सेतो पानी बग्नु, तल्लो पेट दुख्ने, ढाड दुख्नु जस्ता समस्या देखिन्छ । दीर्घकालीन असरहरु पनि आउन सक्छ । यसैको कारण बाँझोपन हुने, यौनाङ्गमा समस्याहरु देखिरहने, पाठेघरमा बच्चा नबसेर फलोपिन ट्युबमा (इक्टोपिक प्रेग्नेन्सी) हुने, ट्युबल ब्लक हुने लगायतका समस्या हुनसक्छ । महिनावारीमा अनियमितता हुने जस्ता दीर्घकालीन समस्या आउन सक्छ ।

यस्तो बेला के कस्ता कुरामा बढी ध्यान दिनुपर्छ ?

महिनावारी भएको बेला सरसफाईमा, खानपानमा बढी ध्यान दिनुपर्छ । कसै कसैलाई आराम पनि गर्नुपर्छ ।

डा. बालकृष्ण शाह

महिनावारी भएको बेला कसैलाई बढी दुखाई हुने कसैलाई सामान्य हुने हुन्छ । त्यो के कारणले त्यस्तो हुन्छ ?

धेरै दुखाई भएकोलाई चाँहि हामी ‘डिस्मेनरिया’ भन्छौं । महिनावारी भएको बेला प्रायलाई हुन्छ नै । तर त्यो दुखाई सहन सक्ने छ कि छैन भन्ने महत्वपूर्ण कुरा हो । कोही दुखाई नै सहन सक्ने क्षमता पनि कम हुन्छ । महिनावारी भएको बेला पाठेघरको भित्री तह टुक्रिने र एक किसिमको रसायनिक तत्वहरु उत्पादन हुने र पाठेघर खुम्चिने कारणले दुखाई हुन्छ ।

सहन सक्ने जत्ति छ भने सामान्य मान्नुपर्छ । सहनै नसक्ने, दैनिक काम काजमा नै असर गरेको छ भने जाँच गर्नुपर्छ । जाँच गर्दा धेरै वटा अवस्थामा कारण पत्ता लाग्छ । कारण पत्ता लाग्दा उपचारपछि ‘डिस्मेनरिया’सन्चो हुन्छ । कतिपय अवस्थामा पत्ता नलाग्न पनि सक्छ । नलाग्ने अवस्थामा केही समय केही मेडिकेसन राख्यौं भने चैं पछाडी गएर सन्चो हुन्छ । तर कारण पत्ता लागेन भने ढिलो हुन्छ । त्यो एउटा कारण संक्रमणले पनि हुन्छ । महिनावारी भएको बेला सरसफाईको कमी भयो र संक्रमण भयो भने ‘डिस्मेनरिया’ हुन्छ ।

मासिक स्रावको बेला सेनिटरी प्याड कति अनिवार्य हुन्छ ?

यो एउटा बहसको विषय हो । सेनिटरी प्याड प्रयोग गर्ने कि परम्परागत अर्थात घरेलु कपडा प्रयोग गर्ने भन्ने बहसको विषय हो । त्यो आफ्नो ठाउँमा छ ।

बैज्ञानिक कुरा गर्दा कुन प्याड प्रयोग गर्ने भन्दा पनि सफा, सुकिलो र सोस्ने खालको प्याडको प्रयोग गर्नुपर्छ । संक्रमण नफैलिने हुनुपर्छ । त्यसको लागि सेनिटरी प्याड नै हुनुपर्छ भन्ने छैन । घरेलु कपडाको पनि बनाउन सकिन्छ ।

प्रयोग गर्दा ध्यान दिनुपर्छ । भिज्न वित्तिकै परिवर्तन गर्ने, पारिलो घाममा सुकाउने हो भने घरेलु प्याडको प्रयोग पनि गर्न सकिन्छ । सफा धुने, अर्को कपडाले छोपेर सुकाउने गर्न भएन । कर्मसियल प्याड प्रयोग गर्न सजिलो, तर खर्चिलो हुन्छ । फाल्न पनि सबै स्थानमा सहज छैन । त्यसैले यहि प्रयोग गर्नुपर्छ भन्न सकिँदैन । जुन आफ्नो पहुँचमा छ त्यहि प्रयोग गर्ने । जुन प्याड प्रयोग गरेपनि सफा, सुकिलो र सोस्ने खालको हुनुपर्छ ।

एक पटक मासिक स्राव हुँदा कति पटकसम्म प्याड परिवर्तन गर्नुपर्छ ?

अहिले बजारमा अत्याधुनिक, कर्मशलाईज गरिएका प्याडहरु बजारमा पाईन्छन् । कम्पनीहरुले आफ्नो आफ्नो किसिमले टार्गेट दिएको छ । अथवा ६ देखि ८ घन्टासम्म प्रयोग गर्न सकिने, धेरै रगत सोस्न सक्ने क्षमता भएको प्याडहरु उत्पादन गरिरहेका छन् ।

त्यस्ता गुणस्तरीय प्याडहरु अफिस समय अनुसार ६ देखि ८ घन्टामा परिवर्तन गरेको राम्रो । घरेलु निर्मित प्याडहरु चाँहि अलि छिटै फेर्नुपर्छ । किन भने कपडामा त्यत्ति धेरै रगत सोस्ने क्षमता हुँदैन । भिजेपछि फेरिहाल्नुपर्छ । नभिजेको अवस्थामा पनि ८ घन्टा भन्दा बढी एउटै प्याड राख्नुहुँदैन ।

लामो समयसम्म एउटै प्याड प्रयोग गर्दा के कस्ता समस्या हुनसक्छन् ?

महिनावारीसँग सम्बन्धित भएको समस्या एउटै हो । महिनावारी भएको बेला पाठेघरको मुख खुला हुन्छ, योनी मार्गमा जीवाणुहरु हुन्छ । रगतमा जीवाणुहरुको बृद्घि राम्रोसँग हुने भएकोले त्यो बृद्घि भएको जीवाणुहरु पाठेघरसम्म अथवा पाठेघर भन्दा पनि भित्रि अंगहरुमा जानसक्छ ।

त्यसले हुने भनेको नै संक्रमण हो । अरु जे हुन्छ यहि संक्रमणका काराण हुने हो । त्यो प्याड लामो समयसम्म प्रयोग गर्दा हुने पनि यहि हो र सरसफाई राम्रो नगर्दा पनि हुने यहि हो ।

प्याडको गुणस्तर र कम्पनी फरक हुन्छन्, कम मूल्यको वा सस्तो प्याड लगाउँदा केही असर गर्छ ?

अवश्य पनि पार्छ । गुणस्तर अनुसार नै कत्ति समय लगाउन सकिने, अथवा कत्ति रगत सोँस्ने, संक्रमण नफैलने निर्धारण हुन्छ । हामीले रगत लुकाउन मात्रै नभएर संक्रमणबाट बच्नको लागि पनि प्याडको प्रयोग गरिन्छ । गुणस्तहिन प्याडले त्यो काम गर्दैन ।

नेपाल सरकारले पनि मापदण्ड तोकेको छ । प्याड कत्ति सेन्टिमिटरको हुनुपर्ने, मोटाई कत्ति हुनुपर्ने लगायतको मापदण्ड हुनुपर्ने तोकिएको छ । त्यहि आधारमा कम्पनीहरुले पनि लामो समयका लागि यो, छोटो समयका लागि यो भनेर बेच्ने गरेको पाईन्छ ।

मासिक स्रावको बेला कसैलाई धेरै ब्लिडिङ हुन्छ, यसको कारण के होला ?

महिनावारी पनि व्यक्ति अनुसार फरक फरक तरिकाले हुन्छ । कसैलाई २२ दिनमा हुन्छ, कसैलाई २८ दिनमा हुन्छ, कसैलाई ३५ दिनमा पनि हुन्छ । त्यसैगरी रगत पनि व्यक्ति अनुसार बग्ने गर्छ । कसैलाई दुई दिनमात्रै हुन्छ, कसैलाई सातै दिन हुन्छ, कसैलाई देखा मात्रै पनि पर्छ ।

तर २१ देखि ३५ दिनबीचमा हुनु सामान्य हो । ३५ भन्दा केही दिन माथि गएको अवस्थामा डराउनु पर्दैन तर घटीमा २१ दिन भन्दा अगाडी गयो भने जाँच गर्नुपर्छ ।

त्यसैगरी उक्त समयमा कसैको दुई दिन, दुई थोपा अथवा सातै दिन भएपनि सामान्य हो । ८० एम एल भन्दा बढी जाँदा, चोक्टामा जाँदा ४० ग्राम भन्दा बढी भयो भने चाँहि उपचार गर्नुपर्छ । स्वास्थ्यकर्मीको सुझाव लिनु जरुरी हुन्छ । शरीरबाट बढी रगत जाँदा समस्या हुनसक्ने भएकोले । नियमित तर कम जाँदा समस्या हुँदैन ।

डा.बालकृष्ण शाह, प्रसुती तथा स्त्री रोग विशेषज्ञ मोरङ सहकारी अस्पताल, बिराटनगर onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार

सुस्तायो शेयर बजार, ७३ हजार कित्तामात्रै किनबेच

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...