No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले सिमा मिचेको भन्दै सिमा पिल्लर सहित अध्ययन गर्न गएको टोलि फर्कियो

चीनले सिमा मिचेको भन्दै सिमा पिल्लर सहित अध्ययन गर्न गएको टोलि फर्कियो

काठमाडौं । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीन–नेपाल सीमामा पिल्लरको अध्ययन गर्न पुगेको सरकारी टोली मंगलबार काठमाडौं फर्किएको छ। टोलीले १५ वटामध्ये १२ वटा पिल्लर क्षेत्रको मात्रै अध्ययन गरी फर्किएको हो। चीनले नेपाली भूभाग ओगटेरे हुम्लाको उत्तरी क्षेत्रमा बनाइएको भनिएका संरचनाको स्थलगत अध्ययन गर्न सरकारी टोली भदौ २७ गते सिमिकोटबाट लिमी र लाप्चातर्फ प्रस्थान गरेको थियो। टोलीमा सातजना सहभागी थिए। उनीहरू भदौ २६ गते काठमाडौंबाट हिँडेका थिए। १७ गते बिहानै लिमी र लाप्चामा चीनसँग जोडिएका १५ वटा सीमास्तम्भको अध्ययन गर्न पुगेको टोलीले १० दिन सीमा क्षेत्रमा बिताएको छ। त्यसमध्ये १३ वटा सीमास्तम्भको अध्ययन भएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले धेरैजसो क्षेत्रको अध्ययन भएको बताए। उनले भने, ‘चीनले केही सीमास्तम्भ पनि सारेको वा हराएको भन्ने सुनिएको थियो, टोलीले त्यसको खास अध्ययन गरेर फर्किएको छ, मौसमले असहज भएकोले केही क्षेत्रमा पुग्न सक्ने अवस्था भएन।’
टोलीले सीमास्तम्भ तथा वस्तुस्थितिको अध्ययन गरेको थियो। अध्ययन टोलीमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन किशोर श्रेष्ठ र दुईजना कनिष्ठ कर्मचारी सहभागी थिए।

१५ दिनसम्म अध्ययन गर्ने भनेर समयसीमा तोकेर हिँडेको टोली १० दिनमै फर्किएको छ। मौसम र वातावरणीय प्रतिकूलताका कारण तीनवटा पिल्लरको अध्ययन गर्न नसकिएको टोलीले बताएको छ। ‘अन्य ठाउँमा राम्रोसँग अध्ययन भयो, मौसम ठीक नभएका कारण तीनवटा पिल्लर क्षेत्रमा पुग्न सकिएन, अन्य पिल्लर क्षेत्रमो भने राम्ररी नै अध्ययन भयो,’ अध्ययन टोलीमा सहभागी एक अधिकारीले भने, ‘१० दिनसम्म टेलिफोनले समेत काम नगर्ने क्षेत्रमा पुगेर सम्पर्कविहीनजस्तै बनेर अध्ययन ग¥यौँ ।’ उनले अध्ययनको प्रतिवेदन गृहमा बुझाउने गृहबाटै प्रतिवेदन सार्वजनिक हुने बताए।

एक वर्षअघि लिमी र लाप्चा क्षेत्रमा चीनले संरचना निर्माण गरेको थियो। लिमिको लोलुङजोङमा बनाइएको एउटा भवन नेपाली भूमिमै पर्ने भन्दै विरोध हुँदै आएको थियो। गत भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नाम्खा गाउँपालिका– ६ लाम्चा र लिमी आसपास क्षेत्रमा रहेको नेपाली भूभागको स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्ययन टोलीले गरेको अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा आइनपुगेको जानकारी दिए। ‘उहाँहरू हिजो फर्कनुभएको छ, प्रतिवेदन अझै गृहलाई बुझाउनुभएको छैन,’ उनले भने।

अध्ययन टोली पुगेर फर्किएको लाप्चा र लिमी हुम्ला सदरमुकाम सिमिकोटदेखि करिब एक सय किलोमिटर टाढा पर्छ। पहाडी र ढुंग्यान क्षेत्र भएकोले त्यस क्षेत्रमा पुग्न हिँडेर पाँच दिन लाग्छ। अध्ययन टोली गाडी र पैदल यात्रा गर्दै लिमी र लाप्चामा पुगेको थियो। टोलीलाई सुरक्षा प्रदान गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी पनिसँगै पुगेको थियो।
निकै विकट छ लिमी र लाप्चा
सरकारी टोली अध्ययन गर्न पुगेको लाप्चा र लिमी क्षेत्र निकै विकट मानिन्छ। त्यस क्षेत्र प्रस्थान गर्न सिमिकोटदेखि उत्तरी उकालो चढ्नुपर्छ। त्यहाँ टेलिफोनले काम गर्दैन। कैयौँ लेकहरू काटेर त्यहाँ पुग्न सकिन्छ। चट्टान र पहाडैपहाड फोडेर त्यस क्षेत्रमा पुग्ने सडक बनाइएको छ। नयाँपत्रिकामार्फत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँ जान कति लाग्छ भाडा?

दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँ जान कति लाग्छ भाडा?

इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास

मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .