• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल


संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

डोटी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदको अवरोध खुलाउन सत्ता पक्षले कुनै पहल नगरेको बताएका छन् । जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको सार्वभौम थलो संसदको उपयोगितालाई सिद्ध गर्नुपर्ने उनको भनाइ छ ।

प्रेस चौतारी अछामले शुक्रबार सदरमुकाम मंगलसेनमा गरेको पत्रकार भेटघाटमा नेता रावलले भने, ‘वर्तमान सरकार तथा सत्ता साझेदारहरु दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको देखिन्छ । उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल गर्नुपर्ने हो, तर त्यसो भएको छैन ।’

वर्तमान सरकार जनताप्रति उदासीन भएकाले नै अहिले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको रावलले जिकिर गरे । ‘नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आएको हो,’ उनले अगाडि भने, ‘यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता छैन, दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना हो ।’

रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको पनि आलोचना गरे । ‘कुनै राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदमा ४० प्रतिशत हुनुपर्ने कानूनी व्यवस्था छ । निवर्तमान सरकारले दुवैमध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै विरोध गर्नेहरुले वर्तमान सत्ता साझेदार दलले कुनै एउटामा मात्रैमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउँदा पनि समर्थन गरेको देख्दा अचम्म लाग्छ,’ उनले भने ।

देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भीम रावलको प्रश्न : प्रधानमन्त्रीको पार्टी कुन हो ?
  • २०७८ आश्विन १, शुक्रबार १८:१३
  • In "देश"
  • बजेट र एमसीसीमा राजनीतिक गाँठो
  • २०७८ आश्विन १, शुक्रबार १८:१३
  • In "देश"
  • खाना पकाउने ग्यासमा लगानी थप्दैछन् उद्योगी
  • २०७८ आश्विन १, शुक्रबार १८:१३
  • In "आर्थिक"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

महोत्तरीमा ‘आरकेस्ट्रा’माथि प्रतिबन्ध, तर एकदिन नबित्दै ‘लहरिया लुट ए राजा’

लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

आज मोदीको जन्मदिन, २ करोड कोरोना खोप लगाएर विश्व रेकर्डको तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version