• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘चिकित्सकले कस्तो औषधि दिदैछन् भनेर बिरामीले सोध्नुपर्छ’– डा. लोचन कार्की


‘चिकित्सकले कस्तो औषधि दिदैछन् भनेर बिरामीले सोध्नुपर्छ’– डा. लोचन कार्की

औषधिमाथि प्रश्न गर्ने प्रवृत्ति छैन, हाम्रो समाजमा । चिकित्सकले सिफारिस गरिदिएको औषधि चुपचाप सेवन गरिन्छ । उक्त औषधि कसरी, कुन बेला खाने भन्ने कुरामा पनि स्पष्ट हुने गरिदैन । न त औषधिको गुणवत्तामा प्रश्न गर्ने परिपाटी छ, न त मूल्यमा मोलमोलाई गर्ने नै ।

चिकित्सकले सिफारिस गरिरहेको औषधि कति स्तरिय हो, कुन कम्पनिको हो, त्यसको प्रयोग विधी के हो भनेर स्पष्ट हुने प्रवृत्ति छैन । जबकि एउटै रोगको औषधि पनि विभिन्न किसिमका हुने गर्छन् । त्यसको ब्रान्ड एवं कम्पनी फरक हुने गर्छ । त्यसैले आफुलाई सिफारिस गरिएको औषधि कुन हो ? कति सहज रुपमा उपलब्ध हुनसक्छ ? त्यसको मूल्य के हो ? यावत प्रश्न सोध्ने कि नसोध्ने ? यसै सन्दर्भमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग कुराकानी गरिएको छ ।

चिकित्सकले दिएको औषधिमाथि कुनै पनि बिरामीले प्रश्न गर्दैनन् । अन्य सामानको जस्तो औषधिको गुणस्तरबारे प्रश्न पनि उठ्दैन । औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ कति हुन्छ ?

नेपालको बजारमा जाने जुनसुकै औषधि पनि औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गरेर मात्रै पठाउने गर्छ । नेपालमै उत्पादित र विदेशबाट ल्याइने औषधिमा समेत विभागले परीक्षण गरेर पठाउने भएकोले यसमा चिकित्सकहरुले गुणस्तरमा टाउको दुखाउने गर्दैनन् । विदेशबाट आएका औषधिहरु पनि जीएनपी सर्टिफाइडहरु मात्रै बिक्री वितरण हुन्छ । त्यसैले गुणस्तर भनेको विभागले तोकेको आधारमा हुन्छ । यसमा चिकित्सकले जुन कम्पनीको औषधिमा आफूलाई विश्वास लाग्छ, त्यही कम्पनीको औषधि सिफारिस गर्छन् ।

चिकित्सकले सिफारिस गरेको औषधिमा बिरामीले जिज्ञासा र प्रश्न गर्नुपर्छ कि पर्दैन ?

पहिलो कुरा त चिकित्सकलाई विश्वास गरेर नै मान्छे अस्पतालमा जचाउन आउने हो । त्यसैले चिकित्सकले दिएको औषधिमा अविश्वास गरेर त हुँदैन । यति हुँदाहुँदै पनि बिरामीले म के औषधि खाँदैछु, कस्तो औषधि खाँदैछु, यसले के फाइदा र बेफाइदा गर्छ ? भनेर सोध्ने अधिकार बिरामीसँग हुन्छ र सोध्नु एक हिसाबले राम्रो कुरा पनि हो । हिजोआज धेरैले यस्ता जिज्ञासाहरु भने राख्ने गरेको पनि पाइन्छ ।

डा. लोचन कार्की

एउटै प्रकृतिको औषधि पनि विभिन्न कम्पनी वा ब्रान्डको हुन्छ, त्यसमध्ये कुन राम्रो हो भनेर साधारण मान्छेले पहिचान गर्न सक्छन् ? सकिन्छ भने यसको आधार के हुन्छ ?

साधारण मान्छेले त चिन्न त्यति सहज नहोला । तर चिकित्सकहरुले भने हरेक ब्राण्ड र कम्पनीको औषधिमा कुन राम्रो भनेर अनुभवको आधारमा औषधि दिइन्छ । हामीहरु अनुभवको आधारमा औषधि कुन राम्रो भनेर पहिचान गर्छाैं ।

कतिपय दीर्घ रोग लागेकाले खाने औषधिमा एकरुपता पाइँदैन । एउटै रोगमा फरक कम्पनीको औषधिको साइडइफेक्ट हुनुको कारण के हो ?

साइड इफेक्ट त जे कुरामा पनि हुन्छ । जुन कुराले इफेक्ट गर्छ त्यसले साइड इफेक्ट पनि गर्छ । जस्तो हामीले इलेक्ट्रोनिक्स डिभाइसलाई प्रयोग गर्छाैं । यसले इफेक्ट गर्छ तर बिरामी हुँदा पनि शान्तसँग बस्न सकिँदैन यो साइड इफेक्ट हो । त्यसैे साइड इफेक्ट जे कुरामा पनि हुन्छ । कुनै व्यक्तिको शरीरमा कुन कम्पनीले तयार पारेको औषधि फिट हुन सक्छ कुनैमा अर्काे कम्पनीको हुन सक्छ । उहाँहरुको बनाउने तरिका लगायतले भर पर्छ । त्यसैले यसलाई समस्याको कुरा मान्नु हुन्न ।

हरेक औषधिको प्रकृति अनुसार बिहान, दिउँसो र साँझ खाने गरिन्छ । कुनै यस्तो समय हुन्छ जुन समय सबै खाले औषधि खान सकियोस् ?

यस्तो एउटै समय भन्ने हुन्न । जस्तो थाइराइड भएकाहरुको लागि बिहान खाली पेटमै औषधि खानुपर्छ । पिसाब लाग्ने औषधि छ भने त्यसलाई राति खान दिनु नै हुन्न । यसरी औषधिको प्रकृति र रोगको अवस्थाको आधारमा समय अनुसार औषधि खानुपर्छ ।

औषधि प्रायः पानीसँगै खाने गरिन्छ । यसको पछि कुनै विज्ञान हुन्छ ?

त्यस्तो विशेष कारण त हुँदैन । पानीसँग औषधि खानुको एउटा कारण भनेको निल्न सहज होस् भनेर हो । कुनै कुनै मुखमै डिजल्भ हुने खालको औषधि हुन्छ । त्यस्तो औषधि हामी पानीसँग खाँदैनौं । कतिपय घाँटीमा अड्कियो भने यसले समस्या सिर्जना गराउन सक्छ । त्यस्तो नहोस् भन्नको लागि पनि औषधि पानीसँग नै पिइन्छ ।

मदिरा पिएको बेला नियमित रुपमा खाँदै गरेको औषधि सेवन गर्नु हुन्छ वा हुँदैन ?

त्यो पनि औषधिमा भर पर्छ । सकेसम्म त मदिरा खानै नहुने हो । तर लत बसेको मान्छेलाई खानै हुँदैन भन्न पनि नसकिएला । तर खानै परे पनि कतिपय औषधि खाँदा भने मदिरा खानुहुन्न । जस्तो डायरिया भएको छ भने त्यस्तो औषधि खाँदा मदिरा खानै हुन्न । यसले आकस्मिक स्वास्थ्य जटिलता निम्त्याउन सक्छ । त्यस्तै एन्टिवायोटिकको औषधि खाँदा पनि मदिरा खानुहुन्न । अन्य नियमित खानैपर्ने औषधिको सेवनमा लत बसेको मान्छेलाई चिकित्सकको सल्लाह अनुसार खान मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली
  • २०७८ भाद्र २३, बुधबार १७:२४
  • In "देश"
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी
  • २०७८ भाद्र २३, बुधबार १७:२४
  • In "BannerNews"
  • अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने
  • २०७८ भाद्र २३, बुधबार १७:२४
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

राष्ट्रघाती एमसीसी र दलाल सरकार विरुद्ध उठनै पर्छः क्रान्तिकारी माओवादी नेता कृष्णदेव

ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै

सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version