• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादव चीनको एजेन्ट हुन – पुर्वमन्त्री श्रीवास्तव


उपेन्द्र यादव चीनको एजेन्ट हुन – पुर्वमन्त्री श्रीवास्तव

वीरगंज ।
पूर्व श्रम तथा रोजगार मन्त्री विमल श्रीवास्तवले जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चीनको एजेन्ट ( दास) भएको आरोप लगाएका छन् ।

जनता समाजावदी पार्टीबाट टुक्रिएर बनेको लोकतान्त्रिक समाजावादी पार्टी नेपालका गएका मन्त्री श्रीवास्तवले उपेन्द्र यादवले उत्तरी शक्तिसंग मधेसको सौदाबाजी गरिसकेको र डेलिभर गर्न बाँकी रहेको ठोकुवा गरे । वीरगन्ज स्थित नारायणी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लाण्टको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै पुर्वमन्त्री श्रीवास्तवले यस्तो आरोप लगाएका हुन् ।

जसपाबाट टुक्रिएर बनेको लोसपाका सांसद समेत रहेका श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्र यादव बिचित्र किसिमको मान्छे भएको बताउदै भने ,यादव चीनको एजेण्ट हो , मालिकले जे भन्छ उसले त्यहि गर्छ ।
अहिले उपेन्द्रले प्रयोग गर्दै आएको डेढ करोड रुपैया मुल्यको गाडी पार्टिको नाउमा खरिद गरिएको भनिए पनि यावदका विदेशि मालिकले नै दिएको श्रीवास्तवले खुलासा गरे ।

उपेन्द्र यादवले मधेसको युवालाई फसाएर मधेसको सौदाबाजी गर्ने र जहिले पनि आफनो स्वार्थ सिद्ध गर्न मात्र ततपर रहेको चर्चा गरे ।गत शनिवार उपेन्द्र यादवले वीरगंजको नगर सभामा आयोजित अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै लोसपाका नेताहरु किन टुक्रिए भने बारेमा कडा भाषण दिदै महन्थ ठाकुर पक्षका आलोचना गरेका थिए ।त्यसैको काउन्टरमा सासद श्रीवास्तवले राष्टिय अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका हुन् ।

उनले उपेन्द्र यादवकै स्वार्थी प्रवृतिको कारण आफुले महन्थ ठाकुरको पार्टीमा गएको पनि खुलाएका थिए ।उपेन्द्र यादवले जसको बलमा पर्सामा खुटा टेकेका थिए,तिनै नेतालाई विगतमा विदेशी शक्तिको इशारामा ६ महिना सम्म कारबाही गरेको पनि उदाहरण देखिएको बताए । उपेन्द्रले जहिले पनि पद,पैसा र विलासिताको लागि मधेसलाई बेच्ने खेलामा लागेको पनि आरोप लगाए
श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्रको चरित्र माथि पनि गम्भिर आरोप लगाए ।उनले उपेन्द्र पद सम्पति र सुन्दरीको सौखीन भएको आरोप समेत लगाए ।

उपेन्द्रसंग आफनो छोटो राजनितिक संगत मात्रै भएको बताउदै श्रीवास्तवले भने ,‘ छोटै समयको संगतमा मैले थाहा पाएको कुरा के हो भने उपेन्द्र भन्ने मान्छे पद , पैसा र मासुका ९सुन्दरी० को शौखिन हो , यी तीन कुरा भएन भने उ बाँच्नै सक्दैन ।यी सबै कुरा पर्तीको लागी उनलाई मधेसको नाउमा जहिले पनि सत्तामा पुगी रहने अर्थात मन्त्री बनी रहने कहिले पनि नघाउने भोख रहेको श्रीवास्तवले दाबी समेत गरे ।

उपेन्द्रले आफुलाइ उपप्रधानमन्त्री दिनु पर्ने अडान राखेका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताए ।
२०७४ मा स्थानीय तहको निर्वाचनमा श्रीवास्तव , तत्कालीन विजय गच्छेदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका थिए ।

मेयरमा पराजित भएपछि २०७४ मै भएको प्रतिनिधीसभा निर्वाचनको पुर्व सन्ध्यामा श्रीवास्तवलाइ उपेन्द्र यादवले महोत्तरी बर्दिवासको एक होटलमा बोलाएर आफनो पार्टीमा प्रवेश गरेका थिए ।केपी ओली सरकारमा जसपाका महन्थ ठाकुर सहभागी भएपछि उपेन्द्रलाइ छाडेर ठाकुर समुहमा लागेका श्रीवास्तव श्रम तथा रोजगार मन्त्री बनेका थिए ।

अहिले सरकारले दल विभाजनको अध्यादेश ल्याएपछि श्रीवास्तव , ठाकुर समुहले जसपाबाट टुक्रयाएर बनाएको लोसपामा लागेका छन् ।मधेश आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवलाई चिनियाँ दलाल भन्दै जनता आन्दोलीत
  • २०७८ भाद्र २०, आईतवार ११:३९
  • In "मधेश प्रदेश"
  • ठाकुरले चार सांसद्लाई कारबाही नगरेको भन्दै सभामुखलाई पत्र
  • २०७८ भाद्र २०, आईतवार ११:३९
  • In "देश"
  • गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र बाहिरिएपछि देउवालाई ‘हाइसन्चो’
  • २०७८ भाद्र २०, आईतवार ११:३९
  • In "BannerNews"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

तालिबानी शासनको त्रासबीच अधिकार माग्दै महिलाहरु सडकमा

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो

देउवाको ठोस निर्णयका कारण गठबन्धन दल असमन्जसमा ; एमसीसी पारित हुनु पर्छ- महत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version