• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले


मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले

हुम्ला- झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् ।

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् ।

भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडौँबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् ।

नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् ।

भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन् ।

पहिलो चरणमा कुक(खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ ।

केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए । सद्गुरुको टोलीमा ५० भारतीय तीर्थारु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए । सामान लिमी लाप्चा पु¥याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए ।

अन्य तीर्थारु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए । अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नोपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति
  • २०७८ भाद्र ८, मंगलवार १७:४५
  • In "BannerNews"
  • लुम्बनी भ्रमण गर्नेमा नेपाल बाहेकको भारतीय पर्यटक बढि
  • २०७८ भाद्र ८, मंगलवार १७:४५
  • In "BannerNews"
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७८ भाद्र ८, मंगलवार १७:४५
  • In "BannerNews"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

नेप्सेको सीईओबाट राजीनामा दिँदै साउदले भने-पदीय मर्यादा मिचेको छैन

चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै

जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version