• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ


आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ

एजेन्सी । साम्राज्यहरूको चिहान’ भनेर चिनिएको अफगानिस्तानले यसै साता आफूमाथि कब्जा र नियन्त्रण जमाउन खोजेर असफल हुने देशको सूचीमा नयाँ नाम थप्यो– अमेरिकी ।

धेरै मुलुक विश्वको नक्साबाट नामेट भएका इतिहास छन् । तर अफगानिस्तानमा कहिल्यै कोही पनि विजयी हुन सकेन । यस देशले दर्जनौँ आक्रमण सह्यो, कहिलेकाहीँ कब्जामा पनि प¥यो तर हारेन ।

दुर्गम भूबनोट र प्रतिरोधी जनताका कारण पनि विदेशीलाई यहाँ लामो समय टिक्न मुस्किल प¥यो । आधुनिक इरान, मध्य एसिया र भारतको प्रमुख रुटमा पर्ने यो देशमा धेरैले धेरै पटक आक्रमण गरे । त्यसपछि नयाँ जाति र समुदायका मानिसहरू भित्रिए । त्यसैले यहाँका समुदायहरू एकअर्काप्रति उत्तिकै असहिष्णु छन् र विदेशीप्रति पनि नकारात्मक भाव राख्छन् ।

लगातारको आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ । यस्तो कठोर इतिहास र भूगोलका कारण अफगानिस्तान अब त्यस्तो देश बन्यो, जहाँ थोरै मात्र सैनिकले आक्रमण गर्न चाहन्छन् ।

यही कारण प्राचीनकालदेखि नै यहाँको भूमिमा मार्चपास गर्ने कुनै पनि देशको सेनाले कहिल्यै पूरै भूभाग कब्जा गर्न सकेन । यस भूपरिवेष्ठित देशमा आक्रमणकारीहरूले आफूले कब्जा जमाएको समयमा आफ्नो केही चिनारीसम्म छाडेका छन्, जसका आधारमा आज हामी उनीहरू अफगानिस्तान छिरेका थिए भन्नसक्छौँ ।

इतिहासदेखि अहिलेसम्म अफगानिस्तानमा पर्सिया, ग्रिक, रसिदुन, उमय्यद, मङ्गोल, मुगल, बेलायत, रुस र अमेरिकाले आक्रमण गरे ।

भनिन्छ, मेसिडोनको प्राचीन ग्रीक साम्राज्यका राजा अलेक्जेन्डर महान्को समयदेखि नै यो देशमा कुनै पनि शक्तिले सफल आक्रमण गर्न सकेको छैन । तर कब्जाको प्रयास गर्ने अलेक्जेन्डर पहिलो व्यक्ति थिएनन् । उनी आउनुभन्दा दुई शताब्दीअघि नै पर्सियाको अचमेनिद साम्राज्यका सम्राट दारा प्रथमले अहिलेको अफगानिस्तानका केही भूभाग कब्जामा लिइसकेका थिए ।

आजको समय धेरैले यस घटनालाई बिर्सिएका छन् । तर अफगानिस्तान कब्जा गर्ने असफल प्रयासमध्येको यो सम्भवतः सबैभन्दा सफल प्रयास हुनसक्छ । किनकि अफगानी भूभागमा कुनै पनि सर्वाधिक विदेशी शक्ति सर्वाधिक लामो समय टिकेको इतिहास यही हो, दुई शताब्दीभन्दा लामो समयपछि ३३० इसापूर्वमा अलेक्जेन्डर महान्ले पर्सियाविरुद्धको युद्धका दौरान यहाँ हमला गरे । त्यसपछि फेरि अशान्ति सुरु भयो ।

तर यहाँ अलेक्जेन्डरको सेनाले खासै प्रतिरोध गर्नु परेन र सजिलै घुस्यो । तर भूपरिवेष्ठित राष्ट्रको दुर्गम पहाडी भूभाग निकै ठूलो चुनौती बनेर देखियो । अलेक्जेन्डरले यस देशमा धेरै सहरहरू स्थापना गरे । उनले स्थापना गरेका र आफ्नो नामकरण गरेका सहरहरूको सङ्ख्या यहाँ ७० भन्दा धेरै छ । सबैभन्दा चर्चित सहर ‘अलेक्यान्द्रोपोलिस’ हो, जसलाई ‘अलेक्जयाद्रिया इन अराचोसिया’ पनि भनियो । पर्सियन भाषामा अलेक्जेन्द्ररलाई सिकन्दर भनिने भएकाले स्थानीयले यस सहरलाई ‘सिकन्दहर’ भन्न थाले, बिस्तारै अपभ्रंस भएर अहिले यो सहरको नाम कन्दहर रहन गएको छ, यो अफगानिस्तानको दोस्रो ठूलो सहर हो ।

अलेक्जेन्डरको निधनको वर्षौंसम्म पनि ग्रीकहरूको प्रभाव यस क्षेत्रमा रह्यो । त्यसपछि पहिलो शताब्दीमा इन्डो–युरोपेली घुमन्तेहरूले यो सहर कब्जा गरे । त्यसपछि पर्सियाको सासानी साम्राज्यले फेरि गुमेका पश्चिम हिस्साहरू फिर्ता गरे ।

अफगानिस्तानमा दीर्घकालीन प्रभाव छाड्ने आक्रमण सातौँ र नवौँ शताब्दीबीचमा भयो । यतिबेला रसिदुन खालिफाले पश्चिमबाट इस्लाम धर्मको बिस्तार थाल्यो र यहाँको धेरैजसो जनसङ्ख्याले त्यही धर्म अपनायो ।

उमय्यद खालिफाको समयमा अफगानिस्तानका झन्डै सबै भूभाग विदेशी शक्तिको पूर्ण नियन्त्रणमा पुगिसकेको थियो । यो खालिफा (धार्मिक राज्य) ले आफ्नो सीमा चीनदेखि आइबेरियन प्रायद्वीपसम्म फैलाइसकेको थियो ।

यो उच्च बिन्दु थियो, यसपछि अफगानिस्तानमा यति धेरै भूभागमा कसैले कब्जा जमाउन सकेन ।

१३औँ शताब्दीको सुरुमा अर्को हमला भयो । यतिबेला मङ्गोल सम्राट चेगिङ्ज खानले उत्तरपूर्वबाट आक्रमण थाले, प्रतिकार धेरै लामो समय चलेन । जसरी अलेक्जेन्डरले सहर बनाउने र सहरको नामकरण गर्ने गरेका थिए, आफ्नो इतिहास छाड्नका लागि मङ्गोल र टर्किजहरूले पनि त्यही गरे ।

मङ्गोलले आक्रमण गरेको एक शताब्दीपछि तिमुरिड साम्राज्यका संस्थापक तैमुरले (तुर्को–मङ्गोल मूलका) हमला गरे । उनले मध्यपूर्वभरि हमला गरेका थिए । अन्ततः उनी  यहाँ मुगल साम्राज्य स्थापना गर्न सफल भए, जसले कालान्तरमा भारतका धेरैजसो भूभागमा कब्जा जमायो ।

मुगल अन्तिम हमलाकारी थिएनन्, कथा यतिमै सकिनेवाला थिएन । आधुनिक इतिहासमा बेलायत, सोभियत युनियन र पछिल्लो समय अमेरिका र उसका सहयोगीहरूले पनि यहाँ हमला गरे र उनीहरू सबै आफ्नो उद्देश्य हासिल गर्न असफल भए ।

बेलायतका हकमा उसले तीन पटक आक्रमण गर्‍यो । उसले कहिल्यै यहाँ कब्जा जमाउन खोजेको थिए, बरु अफगानी सीमा हुँदै आफूमाथि हुने आक्रमण रोक्नका लागि बेलायत पक्षीय नेतालाई यहाँको सत्तामा पु¥याउने लक्ष्य राखेको थियो ।

सोभियतले पनि तीन पटक आक्रमण गरे । पहिलो पटक १९२९ र दोस्रो पटक १९३० मा आक्रमण गरियो । १९७९ को आक्रमणले भने उसका लागि सबैभन्दा धेरै महँगो प¥यो, ९ वर्षभन्दा लामो समय सोभियत–अफगान युद्ध चल्यो । युद्ध हारेर सेना घर फर्किएको दुई वर्षमा सोभियत युनियन नै विघटन भयो ।

तर यो पनि अन्तिम हमला थिएन । ११ सेप्टेम्बर २००१ मा आफ्नो भूमिमा आतङ्कवादी हमला भएपछि त्यस हमलाका दोषी मानिएका बिन लादेनलाई खोज्न भन्दै अमेरिकी सेना अफगानिस्तान छिर्‍यो । आक्रमण थालेको २ महिनाभित्रै उसले त्यहाँको तालिवानी सत्तालाई अपदस्थ गरिदियो । त्यसपछि बनेको प्रजातान्त्रिक सरकारलाई पुनर्निर्माणमा सघाउन भन्दै अमेरिका थप २० वर्षसम्म अफगानिस्तान बस्यो तर अमेरिकी सैनिकहरू फिर्ता हुने क्रमले पूर्णता पाउनुअगावै अहिले तालिबानले फेरि काबुलको सत्ता कब्जा गरिसकेको छ । अमेरिकी समर्थन प्राप्त अफगानी राष्ट्रपति असरफ गनी भागेर विदेश गइसकेका छन् ।

अर्थात् आफ्नो मिसन अमेरिकाले पनि पूरा गर्न सकेन । धेरैले अमेरिकी सेनाको बहिर्गमनलाई भियतनाम युद्धमा उसले व्यहोरेको हारसँग दाँजेर हेरेका छन् ।

इतिहासदेखि नै अफगानिस्तान अशान्त छ । झन्डै २५ सय वर्षदेखि ठूलो सङ्ख्यामा यहाँको बालुवामा स्थानीयसँगै विदेशीहरूको रगत बगेको छ । त्यही कारण यसलाई ‘साम्राज्यवादीहरूको चिहान’ भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसले कसरी साना आत्मघाती ड्रोनहरूले युक्रेनमा विनाश निम्त्याइरहेका छन्
  • २०७८ भाद्र ७, सोमबार ०९:३७
  • In "अन्तराष्ट्रिय"
  • के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?
  • २०७८ भाद्र ७, सोमबार ०९:३७
  • In "अन्तराष्ट्रिय"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०७८ भाद्र ७, सोमबार ०९:३७
  • In "BannerNews 2"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

भारतीय कम्पनी टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ नेपालमा भदौ ११ बाट ,

माओवादीका नेताले कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप

पत्रकारविरुद्ध जथाभावी लेख्ने प्रीन्सिपललाई जिल्ला प्रहरीमा झिकाइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version