• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?


किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

घरव्यवहार, पारिवारिक कुरा, निजी विचार वा इच्छा, आकंक्षा, अपेक्षा लगायत स–सना कुरामा दम्पतीबीच मत बाझिन्छ । उनीहरु त्यही निहुँमा भनाभन गर्छन् । एउटा ठुस्किन्छन् । घुर्की लगाउँछन् । तर, त्यस्तो कति समयसम्म टिक्ने ?

कुनै न कुनै बखत बोल्नैपर्ने हुन्छ । मुख खोल्नैपर्ने हुन्छ । त्यसैले फेरी अर्को बहाना बनाएर उनीहरु बोल्न खोज्छन् । बाहाना अनेक हुन्छन् । रिसाएका पार्टनरलाई मनपर्ने गीत सुनाएर हुन्छ कि, कुनै काम गरेजस्तो गरेर हुन्छ कि, मिठो खानेकुरा पकाइदिएर हुन्छ कि, सानोतिनो उपहार दिएर हुन्छ कि फकाउने बाहना खोजिन्छ ।

यसरी फकाई–फुल्याई गरेपछि दुबै फेरी एकाकार हुन्छन् । हाँस्छन् । गफिन्छन् । आत्मिय व्यवहार गर्छन् । एकअर्काको तारिफ गर्छन् । केयर गर्छन् । तर, यस्तो सुमधुर वातावरण कहिलेसम्म रहने ? एक दिन ? एक हप्ता ? एक बर्ष ? बर्षौ बर्ष ?

केही सानो निहुँ आइपर्छ र फेरी पति–पत्नीबीच भनाभन सुरु हुन्छ । उनीहरु आफ्नो तर्कले एकअर्कालाई जित्न खोज्छन् । आफु हावी हुन खोज्छन् । पार्टनरलाई गलाउन वा हराउन खोज्छन् । नोकझोंक हुन्छ । झगडा हुन्छ । बोलचाल बन्द ।

फेरी फकाउने, फुल्याउने उपक्रम दोहोरिन्छ । हरेक दम्पतीमा यस्तो हुन्छ । भलै, त्यो झगडाले कुन रुप लिने वा झगडा कुन विन्दुबाट सुरु हुन्छ भन्ने कुरा ति दम्पतीको मानसिकता, सोच, प्रवृत्ति, व्यवहार र अवस्थामा निर्भर रहन्छ ।

एक दम्पती, जो अति सानो निहुँमा झगडा गरिहन्छन् । अर्का दम्पती जो, त्यस्ता सानोतिनो कुरालाई वास्तै गर्दैनन् । एक दम्पती, जो एकअर्कालाई सनोतिनो कुरामा दोषरोपण गरिरहन्छन् । अर्का दम्पती, जो सानोतिनो कुरामा दोष लगाउन उचित ठान्दैनन् । यी भनेका, उक्त दम्पतीको सोच्ने क्षमता र प्रवृत्तिले निर्धारण गर्ने कुरा हो ।

कुनै दम्पती सामान्य विषयमा पनि झगडा गर्छन् । त्यही आगोमा घिउ थप्ने होडबाजी चल्छ । उनीहरुको झगडाको उत्कर्ष हात हालाहालमा पुगेपछि मात्र टुंगिन्छ ।

कति दम्पती सामान्य विषयमा मतभेद पैदा हुन्छ । पार्टनरले त्यसमा कडा प्रतिक्रिया जनाउन थाल्छ । तर, अर्का पार्टनर त्यो झगडालाई अगाडि बढाउन चाहँदैनन् । चुपचाप सहन्छ वा फकाइ फुल्याइ गर्छ वा आफ्नो गल्ती स्विकार गर्छ ।

झगडाको नतिजा सकारात्मक पनि

बच्चा जन्माइसकेका दम्पतीबीच झगडाको एउटा कारण बच्चा हुनेगर्छ । बच्चाको निहुँमा पति–पत्नीबीच सानोतिनो मतभेद रहन्छ । बच्चाप्रति दुबैको धारणा र व्यवहार एकनास नहुँदा पनि मनमुटाव हुनेगर्छ । बच्चालाई कसरी हुर्काउने, कसरी पढाउने, के बनाउने, के नबनाउने भन्ने कुरामा पति–पत्नीको बिचार बाझिन्छ । यस्ता कुरामा एकमत हुनका लागि उनीहरुको झगडाले एउटा निष्कर्ष भने निकाल्छ । जब पति पत्नीबीच भनाभन हुन्छ, तर्क–वितर्क चल्छ, त्यसले एउटा ठोस निर्णय निकाल्छ । वास्तवमा यही कारण पति–पत्नीमा हुने कतिपय मतान्तर फाइदाजनक हुन्छ ।

आखिर जे भएपनि उनीहरुको झगडा आफ्नै दाम्पत्य जीवन, पारिवारिक जीवनमा केन्द्रित रहन्छ । दुबैको धारणा, चाहना, आकंक्षा भनेकै परिवारलाई समृद्ध बनाउनका लागि हुन्छ । सुखी बनाउनका लागि हुन्छ । खुसी बनाउका लागि हुन्छ ।

झगडाको ओखती

एउटा कथा छ, झगडाको ओखती । सारमा कथाले दुई दम्पतीबीचको झगडा मिलाउने विधी भनेको चुपचाप रहनु नै हो भन्छ । अर्थात एकअर्कासँग तर्क–वितर्क गरिरहँदा झगडाले ठूलो रुप लिन्छ । जब दुईमध्ये एक चुप बस्छन्, झगडा नै हुँदैन ।

कथा अनुसार एक परिवारमा दम्पतीबीच बारम्बार झगडा हुन्छ । उनीहरुबीच किन झगडा भइरहेको छ ? ठोस कारण छैन । तैपनी झगडा हुन्छ । अन्ततः पत्नी एक वैद्यकहाँ पुग्छिन्, झगडाको ओखती खोज्दै । वैद्यले एक तरल पेय दिदै भन्छन्, ‘जब झगडा सुरु हुन्छ, यो ओखती मुखमा राख्नु । तर, यसलाई निल्न वा थुक्न पाइदैन । झगडा हुँदैन ।’

पत्नीले त्यसै गर्छिन् । झगडा सुरु हुनु अघि उनले सो पेय मुखमा राख्छिन् । पति कराउन थाल्छन्, गाली गर्न थाल्छन् । तर, पत्नी चुपचाप । आखिरमा पति थाक्छन् र बोल्न छाड्छन् । यो क्रम केही दिन चलेपछि उनीहरुको झगडा हुनै छाड्छ । वाद विवाद नै नभएपछि झगडा हुने कुरै भएन ।

खासमा झगडाको ओखती भनेर दिइएको पेय पानी हुन्छ । पानीले झगडा रोक्ने त होइन । तर, पानी मुखमा हालेर बसेपछि बोल्न मिलेन । बोल्न नमिलेपछि झगडा भएन । कथाको सारले भन्छ, चुपचाप बस्नु वा अनावश्यक विवाद नगर्नु नै झगडाको ओखती हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?
  • २०७८ भाद्र ६, आईतवार १५:२४
  • In "जीवनशैली"
  • के हो बाइसेक्सुअल ?
  • २०७८ भाद्र ६, आईतवार १५:२४
  • In "स्वास्थ्य"
  • असुरक्षित यौन सम्बन्धको भय
  • २०७८ भाद्र ६, आईतवार १५:२४
  • In "शिक्षा"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version