• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम


तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

तालिबानले अफगानिस्तानमा नाटकीय रुपमा कब्जा जमाएसँगै धेरै अफगानीहरु आफ्नो विगतको डिजिटल फुटप्रिन्ट मेटाउने प्रयासमा छन् । आफ्नो विगतको अनलाइन गतिविधिका आधारमा तालिवानले बदला लिन्छ कि भन्ने मान्छेहरुलाई त्रास छ ।

मानव अधिकारवादी समूहहरुले पनि अफगानी नागरिकहरुको डिजिटल इतिहास तथा सामाजिक सम्बन्धहरु ट्रयाक गर्नका लागि तालिवानले सोसल मिडिया प्लाटर्फमहको उपयोग गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यहीँ चासो तथा खतरलाई मध्यनजर गर्दै फेसबुक, ट्वीटर तथा लिंक्डइनले अफगानी प्रयोगकर्ताहरुलाई तालिवानाबाट बचाउनका लागि महत्वपूर्ण कदम चालेका छन् ।

आखिर यी सोसल मिडियाहरुले अफगानी प्रयोगकर्ताका अकाउन्टलाई सुरक्षित बनाइदिएर कसरी तालिवानको सम्भावित खतराबाट जोगाइदिंदै छन् त ? यी हुन् सोसल मिडिया कम्पनीले उठाएका ६ कदम :

१. फ्रेण्ड लिस्ट हेर्ने तथा सर्च गर्न नसक्ने बनाउनु : फेसबुकले अफगानिस्तानमा रहेका जोकोही फेसबुक प्रयोगकर्ताको फेसबुक अकाउन्टमा को को फेसबुक फ्रेन्ड छन् भनेर अन्य मानिसले देख्ने पाउने तथा खोज्न सक्ने फिचर अस्थायी रुपमा हटाइदिएको छ । यो सँगै अब अफगानी फेसबुक प्रयोगकर्ताको फेसबुकमा को को साथी छन् र थिए ? भन्ने कुरा तालिवानले थाहा पाउने छैन ।

२. एक क्लिकमै फेसबुक लक हुने : अफगानी फेसबुक प्रयोगकर्ताले अब एक क्लिकमै आफ्नो फेसबुक लक गर्न सक्नेछन् । उक्त वान क्लिक टूलको प्रयोग गरी आफ्नो फेसबुक अकाउन्ट जुनसुकै बेला पनि तत्कालै लक गर्न सकिने र यसो गरिसकेपछि आफ्नो साथीको सूचीमा रहेका बाहेक अन्यले आफ्नो टाइमलाइन पोस्टहरु हेर्न तथा प्रोफाइल फोटो शेयर गर्न सक्नेछैनन् ।

३. आर्काइभ भएका ट्वीट डिलिट हुँदै : माइक्रोब्लगिङ साइट ट्वीटरले पनि आफ्ना अफगानी प्रयोगकर्ताहरुलाई तालिवानको सम्भावित खतराबाट जोगाउनका लागि महत्वपूर्ण कदम चालेको छ । ट्वीटरले अफगानी ट्वीटर प्रयोगकर्ताका आर्काइभमा राखेका पूराना ट्वीट हटाउने अनुरोध तत्कालै कार्यान्वयन गर्नका लागि इन्टरनेट आर्काइभ सहकार्य अघि बढाएको छ ।

४. अस्थायी रुपमा ट्वीटर अकाउन्ट निलम्बन : डाइरेक्ट मेसेज तथा विभिन्न फलोअर्स जस्ता जानकारीहरु भएका आफ्नो ट्वीटर अकाउन्टमा यदि कुनै अफगानी प्रयोगकर्ताले तत्काल लगइन गर्न नसक्ने अवस्था नरहेको र आफ्नो ट्वीटर अकाउन्टको सोही जानकारी तालिवानले प्राप्त गर्दा आफ्नो जीउज्यान नै जोखिममा पर्ने खतरा रहेका अफगानी प्रयोगकर्ताको अकाउन्ट ट्वीटरले अस्थायी रुपमा निलम्बन गरिदिनेछ । प्रयोगकर्ताले लगइन गरेर आफ्ना डाटा मेटाउने अवस्थामा नहुन्जेल सम्मका लागि प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेर अरुलाई अनधिकृत लगइन गर्नबाट ट्वीटरले रोक्नेछ ।

५. सरकार सम्बद्ध अकाउन्टहरुको अनुगमन : ट्वीटरका अनुसार उसले सरकारी संस्थाहरु सम्बद्ध ट्वीटर अकाउन्टहरुमाथि सक्रिय रुपमा अनुगमन गरिरहेको छ । साथै कुनै पनि छद्म खालका तथा पूरा जानकारी प्रदान नगरेका अकाउन्टहरु अस्थायी रुपमा निलम्बन गरिनेछ ।

६. अफगानी लिंक्डइन युजरको विवरण लुकाइयो : माइक्रोसफ्ट स्वामित्वको व्यवसायिक नेटवर्किङ साइट लिंक्डइनले अस्थायी रुपमा अफगानी प्रयोगकर्ताहरुसँग सम्बन्धित सबै विवरणहरु लुकाइदिएको छ । अब कुनैपनि अफगानी लिंक्डइन प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिने छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्
  • २०७८ भाद्र ६, आईतवार १५:२०
  • In "देश"
  • इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?
  • २०७८ भाद्र ६, आईतवार १५:२०
  • In "समाचार"
  • ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?
  • २०७८ भाद्र ६, आईतवार १५:२०
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version