• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रामायण , बुद्ध सर्किटले जोडदै नेपाल-भारतको बहुआयामिक सम्बन्ध


रामायण , बुद्ध सर्किटले जोडदै नेपाल-भारतको बहुआयामिक सम्बन्ध

श्रीमन् नारायण

नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्ध रहिआएको छ । दुई देशबीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउन सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान छ । यस अद्वितीय र अकाट््य सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशका सरकार, बुद्धिजीवी, धर्माचार्य, साहित्यकार कवि एवं कलाकारहरूले पनि आ–आप्mनोतर्पmबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । संविधानतः दुवै देश धर्मनिरपेक्ष भए पनि यहाँको जीवन पद्धतिमा हिन्दू एवं बुद्ध धर्म, संस्कृतिको गहिरो तथा व्यापक प्रभाव छ । दुई देशबीचको सम्बन्धलाई राजनीति र कूटनीतिको सीमामा मात्रै राख्न सकिँदैन । केही वर्ष यतादेखि नेपाल र भारतका सांस्कृतिक महत्वका तीर्थस्थलहरूलाई आकर्षक बनाउन हिन्दू एवं बौद्ध धर्म संस्कृतिसित जोडिएका महत्वपूर्ण तीर्थस्थलहरूलाई उच्च महत्व दिई आकर्षणको केन्द्र बनाउने प्रयास थालिएका छन् । नेपाल र भारतले संयुक्तरूपमा रामायण तथा बुद्धिस्ट सर्किट निर्माण गरी यसको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । अब रामायण र बुद्धिष्ट सर्किटको निमार्णका साथै महाभारत, शिख सर्किट एवम् शिवशक्ति सर्किट निमार्णको विषय पनि चर्चामा आएको छ र यसको दुरगामी महत्व पनि छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष अघि ‘पशुपति–काशी’ र ‘जनकपुर–अयोध्या’ जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हालै नेपाल र भारतका अधिकारीहरूबीचको सम्पन्न एक बैठकले रामायण र बुद्धिष्ट सर्किटका साथै महाभारत एवम् शिवशक्ति सर्किट निमार्णको विषयमा समेत सहमति जनाउनुलाई ठूलो सांस्कृतिक उपलब्धिको रुपमा लिन सकिन्छ । माता जानकी तथा मर्यादा पुरुषोत्तम श्रीरामको शुभ विवाहको पावन दिवस ‘विवाह पञ्चमी’को अवसरमा अयोध्याबाट जन्तीको रूपमा सहभागी हुन केही वर्ष अघि जनकपुरधाम आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौँ–बनारसबीच भगिनी शहर निर्माणसम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका थिए । ‘रामायण तथा बुद्धिस्ट सर्किट’ को निर्माणमा भारतको केन्द्र सरकार तथा उत्तर प्रदेश सरकारले जोड दिएको छ । जनकपुर र अयोध्याबीचको दूरी घटाउन रामजानकी राजमार्ग निर्माण हुन लागेको छ । भारत सरकारको सहयोगमा उत्तर प्रदेश सरकारले चार लेनको यो रामजानकी राजमार्ग निर्माण शुरू गरेको छ । यसको निर्माण सम्पन्न भएपछि ‘जनकपुर–अयोध्या’, ‘जनकपुर–लखनऊ’ एवं ‘जनकपुर–नयाँ दिल्ली’ बीचको दूरी पनि कम समयमा नै पूरा गर्न सकिने छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताबिना राम अधूरो रहेजस्तै जनकपुर र अयोध्याबीच नङ र मासुको सम्बन्ध रहेकोले यसलाई विश्वकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरणको रूपमा लिन सकिने धारणा व्यक्त गरेका थिए ।
प्रस्तावित रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलङ्काका धार्मिक स्थललाई एउटै मार्गले जोड्ने छ । त्यसमा नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, टम्पी, नासिक, नागपुर र रामेश्वरम रहेका छन् । हाल श्रीलङ्काको पर्यटकीयस्थल यसमा नजोडिएको भए पनि निकट भविष्यमा यसलाई पनि रामायण सर्किटमा जोडिने छ । त्यसैगरी, बुद्धिस्ट सर्किटमा नेपालको लुम्बिनी, कपिलवस्तु, देवदह, बोधगया, सारनाथ, कुशीनगर, वैशाली पर्दछन् । भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल तथा ज्ञानप्राप्ति एवम् निर्वाण प्राप्तिस्थल भारत रहेकोले बुद्धिस्ट सर्किटको निर्माण भएमा नेपाल र भारत दुवै देशमा पर्यटकहरू आकर्षित हुनेछन् । गौतम बुद्धका सम्पूर्ण अवशेष, उनका पदचिन्ह, उनका भिक्षुद्वारा निर्मित स्तुपहरू, एलोराजस्ता अवर्णनीय शिल्प यहाँ छन् तर पनि नेपाल र भारतमा बौद्ध धर्म संस्कृतिको जति विस्तार एवं प्रचार–प्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन । बुद्धको जन्मभूमि, कर्मभूमि एवम् निर्वाण प्राप्ति भूमिसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू पूरै विश्वको निम्ति पर्यटकीय आकर्षणको निम्ति उपयोगी साबित हुन् सक्दछ । पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन दुवै देशबीच हुने गरेका सहमतिलाई उपलब्धिको रुपमा लिनुपर्ने हुन्छ ।
नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन् । जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटनाको रूपमा लिन सकिन्छ । सरकारको सञ्चालन आप्mनै तरिका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर दुई देशबीच सांस्कृतिक सम्बन्ध यति प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि दुई देशबीचको सम्बन्धले गर्न सक्दैन । नेपाल–भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिकरूपमा अनन्य भावले जोडिएका छन् । राजनीतिकरूपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र एवं अलग–अलग अस्तित्वका देश हुन् तर सामाजिक, सांस्कृतिक एवं धार्मिकरूपले यी दुई राष्ट्र एक–अर्काका निम्ति अभिन्न हुन् । चार धाम, पवित्र तीर्थस्थलहरू, देवी–देवता, पूजन पद्धति, कर्मकाण्डीय मान्यता र संस्कार, ऋषिमुनिहरू, चार वेद, अठार पुराण, गीता, महाभारत, रामायण आदि धर्मशास्त्रहरू साझा र एउटै हुन् ।
नेपाल र भारतका आर्यहरू एउटै ऋषिका वंशज हुन् । तसर्थ हाम्रो गोत्र पनि एउटै छन् । तीन देवता, ब्रह्मा, विष्णु र महेश, त्यसैगरी तीन शक्तिहरू महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी समानरूपले पूजा गर्दछौँ । पशुपक्षी, जड, जङ्गम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो साझा मान्यता रहिआएको छ । देवकर्म होस् अथवा पितृकर्म हामीले त्यसको आरम्भ गर्दा लिने सङ्कल्प तथा सम्पूर्ण पूजन कार्यको शब्द र भाषाहरू संस्कृत हुने गर्दछ । हिमालय र गङ्गाप्रतिको हाम्रो अटुट मान्यता एवं आस्थाले हाम्रो सम्बन्धलाई झन्–झन् प्रगाढ बनाइदिएको छ । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ । किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आपूmसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म, आध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित आन्तरिकरूपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न हुन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका संवाहक हुन् । हिमालय हामी दुवैको निम्ति आत्म साधनको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान् शिखरहरूले हामीलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छन् ।
सामाजिक रीतिरिवाज, खानपान, रहनसहन, वेशभूषा र बोलचालको भाषा पनि करिब–करिब एकजस्तै रहेको पाइन्छ । जसरी भारतका जनता धार्मिक रूपले उदार एवं सहिष्णु छन्, त्यस्तै नै नेपालीहरू पनि छन् । एउटा भारतीयको निम्ति नेपाल र एउटा नेपालीको निम्ति भारतीय भूमिमा जे जस्तो किसिमको अपनत्वको अनुभूति हुन्छ, त्यति अन्य कतै हुन सक्दैन । सस्तो एवं सुलभ शिक्षा तथा स्वास्थ्य उपचारको निम्ति भारतीय शहरहरू हामी नेपालीको निम्ति सहयोगी सावित भइआएको छ । हुन त अब हाम्रो देश नेपालमा पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै नै प्रगति भएको छ । स्वास्थ्य उपचार सस्तो र स्तरीय पनि छ, तथापि भारतीय शहरहरू पनि हाम्रो निम्ति उपयोगी नै साबित भइराखेका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारको साझा परिकल्पनाको रूपमा रहेको रामायण सर्किट, बुद्धिस्ट सर्किट,महाभारत एवम् शिवशक्ति सर्किटको निर्माण भएमा यसबाट नेपाललाई बढी लाभ हुनेछ  । ‘रामायण र बुद्धिस्ट सर्किट’ हाम्रो पर्यटन क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुन सक्दछ । गोरखापत्रअनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहज हुँदै दुईपक्षीय सम्बन्ध
  • २०७८ भाद्र ५, शनिबार २२:५२
  • In "BannerNews"
  • मिथिला अवधको संस्कृति जोड्न रामायण सर्किट आवश्यक
  • २०७८ भाद्र ५, शनिबार २२:५२
  • In "मधेश प्रदेश"
  • नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु
  • २०७८ भाद्र ५, शनिबार २२:५२
  • In "अन्तराष्ट्रिय"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच

प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार

अफगानिस्तानमा अमेरिकाको मुख्य लक्ष्य पूरा , तालिबान पहिले जस्तो हुन्न शसक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version