• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण


चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण

जुलाई १० मा चीनको नान्जिङमा एअर चाइनाको सीए ९१० विमान अवतरण हुँदा त्यसमा यात्रु मात्रै थिएनन्। रुसको मस्कोबाट आएका एक यात्रुमा कोरोनाभाइरस को डेल्टा भेरिअन्ट थियो।

यात्रुहरू विमानबाट उत्रिएपछि नान्जिङ लुकाउ विमानस्थलका कर्मचारीहरू सफा गर्न चढे।

चिनियाँ अधिकारीका अनुसार ती कर्मचारीले बाहिर निस्किँदा आफूसँगै त्यो भाइरस पनि लिएर आए। यसको परिणामतः चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण फैलियो।

ग्रीष्मयामको यात्रा समय रहेको गत केही सातामा चीनका कम्तीमा १६ प्रान्त र नगरपालिकामा डेल्टा भेरिअन्ट भेटिएको छ। तीमध्ये धेरै सङ्क्रमणको सम्बन्ध नान्जिङसँग छ।

अहिलेसम्म एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा केही सय जनामा मात्रै डेल्टा भेरिअन्टको सङ्क्रमण देखिएको छ। तथापि बेइजिङ, शाङ्घाई र वुहानजस्ता ठूला सहरमा यो अतिसङ्क्रामक भेरिअन्ट पुगेकाले धेरैलाई चिन्तित बनाएको छ।

प्रतिकार्यका रूपमा चीनले पुरानै शैली अपनाएको छ। लाखौँलाई परीक्षण गरिएको छ, सहरहरू लकडाउन गरिएका छन् र केही क्षेत्रको यातायात बन्द गरिएको छ।

चीनसहित अस्ट्रेलिया, न्यूजील्यान्ड र सिङ्गापुरले अभ्यास गर्ने यस्तो कडा नियमलाई विज्ञहरू “शून्य सहनशीलता” वा “निर्मलीकरण रणनीति” भन्छन्।

तर डेल्टा भेरिअन्टको फैलिने गतिका कारण केहीले चीनको यो तरिकाले नयाँ थप सङ्क्रामक भेरिअन्टलाई रोक्न प्रभावकारी हुन्छ कि हुँदैन भन्ने विषयमा शङ्का व्यक्त गरेका छन्।

‘भेट्यो कि मार्नुपर्छ’

विज्ञहरूले चिनियाँ नागरिकहरू पहिले जति सचेत नरहेको देखिएको बताएका छन्।

नान्जिङमा भन्दा अगाडि म्यान्मार र रुसमा सीमामा पर्ने स्थानमा पनि सङ्क्रमण फैलिएको थियो।

अहिले मास्क कम प्रयोग गरिन थालेको छ भने भिड हुने कार्यक्रमहरू सामान्य बनेका छन्। अहिलेको सङ्क्रमण फैलिनुमा हुनान प्रान्तमा २,००० मानिस सम्मिलित एउटा नाटक मञ्चनलाई पनि जिम्मेवार मानिएको छ।

चिनियाँ सञ्चारमाध्यमले नान्जिङ विमानस्थलमा स्पष्ट देखिने कमजोरी रहेको बताएका छन्।

अधिकारीहरूले सफाइ कर्मचारीले कोभिड सुरक्षा नियमलाई पूर्ण पालना नगरेको भन्दै सो उडान त्यसअघि थुप्रै पटक कोभिड सङ्क्रमित यात्रुका कारण स्थगित गरिए पनि अवतरण गर्न दिइनु कमजोरी भएको बताएका छन्।

विज्ञले चिनियाँ रणनीतिमा अलिकति समस्या हुने बित्तिकै कडा प्रतिबन्धमा जाने तरिका अवलम्बन गरिएको बताएका छन्।

“हामी सधैँ ‘जहाँ भेटिन्छ त्यही मार्नुपर्छ नत्र फैलिन्छ’ भनिरहेका छौँ। चिनियाँ तरिका कडा छ,” हङ्‌कङ विश्वविद्यालयका भाइरसविज्ञ जिन डोङ्यानले भने।

तर नान्जिङका सुरुका सङ्क्रमितहरू खोप लगाएका व्यक्ति भएका कारण केही विज्ञहरू चिनियाँ खोपको प्रभावकारिताबारे चिन्ता व्यक्त गरिरहेका छन् ।

बूस्टर मात्रा दिइने कुरा चलिरहँदा पनि स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सुनिश्चित हुन बताएका छन्। चाइनिज सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शनका साओ यिमिङले कुनै पनि खोपले सङ्क्रमण नरोक्ने र अहिले खोपले सबै भेरिअन्टलाई नियन्त्रण भने गर्न सक्ने बताएका छन्।

चीनमा एक अर्ब ७० करोड मात्रा खोप दिइएको छ। चीनले कति व्यक्तिलाई पूर्ण मात्राको खोप दिइयो भन्ने बताएको छैन।

तर अन्य देशमा जस्तो सङ्क्रमण फैलिँदा चीनमा व्यापक खोप अभियान सञ्चालन गर्न चीन अनिच्छुक देखिएको विज्ञले बताएका छन्।

“आफ्नो खोपमा विश्वास कम भएका कारण पहिलेकै रणनीतिलाई कायम राखिएको जस्तो देखिन्छ,” काउन्सिल अफ फरेन रिलेशनमा विश्व स्वास्थ्य विषयका वरिष्ठ विज्ञ प्राध्यापक यान्जोङ हुआङले बताए।

हालै ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयले यूकेमा जस्तो सबै कुरा खोल्ने रणनीतिलाई अस्वीकार गर्दै त्यस्तो कुरा राजनीतिक हिसाबले झन्डै सोच्नै नसकिने र त्यसको अकल्पनीय सामाजिक मूल्य पर्ने तथा पीडा दिने बताएको छ।

सो सम्पादकीयमा “गतिशील शून्य कोभिड नीति” ठिक हुने भन्दै बाहिरी विश्वसँग नियन्त्रण गर्न सकिने मार्ग मात्रै खोल्नुपर्ने बताइएको छ।

तर एक लेखमा प्रमुख स्वास्थ्यविज्ञ जाङ वेन्होङले पछिल्लो सङ्क्रमणले भाइरसको उपस्थिति कायम रहने देखिएको बताएका छन्।

“हामीलाई मन परे पनि नपरे पनि भविष्यमा सधैँ जोखिम रहनेछ,” उनले लेखेका छन् र चीनले सामान्य जीवनमा फर्काएर नागरिकलाई भाइरसको डरबाट जोगाउनुपर्ने बताएका छन्।

कठिन सङ्घर्ष

तर सङ्क्रमणभन्दा मृत्यु कम गर्ने रणनीतिमा जाने कार्य सहज नभएको विज्ञहरूको भनाइ छ।

जाङले सङ्केत गरेको एउटा सबैभन्दा ठूलो चुनौती भनेर चिनियाँ नागरिकलाई जोखिम हुँदाहुँदै पनि जीवन सामान्य बनाउन सकिन्छ भनेर विश्वास दिलाउनु हो।

“वुहानमा जसरी स्वास्थ्य सेवाले धान्न सकेन त्यसको उनीहरूमा ठूलो मानसिक आघात परेको अनुभव छ। सबै खोल्ने हो भने चिनियाँ स्वास्थ्य पूर्वाधारले अर्को व्यापक सङ्क्रमण भएमा विशेषगरी ग्रामीण क्षेत्रमा धान्न नसक्ने डर उनीहरूमा छ।”

प्राध्यापक जिनले चिनियाँ सरकारी सञ्चारमाध्यमले भाइरसका बारेमा दिएको सामग्रीले पनि त्यो डर बढाएको बताउँछन्। केही सञ्चारमाध्यमले भारतमा भएको सङ्क्रमणलाई सबै सकिएको जस्तो गरी र यूके एवम् अमेरिकाको अवस्थालाई नर्क जस्तो रहेको गरी व्याख्या गरेको उनले बताए।

त्यस्तै चीनले प्रतिष्ठाको प्रश्न पनि छ।

अहिलेसम्मको रणनीति र सफलताले चिनियाँ सरकारले आफ्नो तरिका भाइरसलाई पूर्ण नियन्त्रण गर्न असफल पश्चिमा देशको भन्दा राम्रो भएको र त्यस कारण आफ्नो शासन प्रणाली राम्रो भएको दाबी गर्न सकेको प्राध्यापक हुआङ बताउँछन्।

“उनीहरूले त्यो रणनीति छोडेर फरक रणनीति अपनाउँदा उनीहरूले पश्चिमा देशको तरिका ठिक मानेको हुन्छ। ।

चीनको कोभिड युक्ति

फरक मत

वुहानमा तुलनात्मक कम मृत्यु र अर्थतन्त्र पुरानै अवस्थामा फर्किएका कारण चीनमा केहीलाई रणनीति परिवर्तन गर्ने आवश्यकता नरहेको महसुस हुन्छ।

तर दीर्घकालीन रूपमा कडा प्रतिबन्धको नीतिका जोखिमहरू पनि छन्।

कडा लकडाउन गर्दा गरिब नागरिकलाई असर पर्ने र दीर्घकालीन रूपमा नागरिकको मानसिक स्वास्थ्यमा असर पर्ने वाशिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनकी नान्सी जेकरले बताइन्।

उनले चीनले सानो क्षेत्रको लकडाउन गर्दै विद्यालय खोलेर व्यायामशाला र रेस्टुँराहरू बन्द राख्ने खालको योजना बनाउनुपर्ने बताइन्।

प्राध्यापक जेकरले अन्ततः विश्वका देशहरू दुई रणनीतिमा बाँडिने बताइन्। पहिलोले चीनजस्तै कोभिड सङ्क्रमणलाई शून्यमा झार्ने र दोस्रो खोपको व्यापक प्रयोग गरेर कोभिडका कम गर्ने।

“तर अन्ततः महामारीपछि हामी छनोटको अवस्थामा नरहन सक्छौँ। मृत्यु कम हुन्छ तर कोभिड बर्सेनि रुघाजसरी फर्किरहन सक्छ,” उनले भनिन्।

“अनि त्यस्तो भयो भने चीनले पनि कोरोनाभाइरससँग बाँच्न सिक्नुपर्छ। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डेल्टा प्रकोप: चीन डेल्टा संक्रमणको डरले काँप्दै !
  • २०७८ श्रावण २८, बिहीबार २१:५९
  • In "अन्तराष्ट्रिय"
  • कोरोना संक्रमणको रुपमा चीनसामु नयाँ चुनौतीहरु के के ?
  • २०७८ श्रावण २८, बिहीबार २१:५९
  • In "BannerNews"
  • चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड
  • २०७८ श्रावण २८, बिहीबार २१:५९
  • In "BannerNews"
Tags: #Covid-19#world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

लुम्बिनी प्रदेशको राजिनामाका कारण राजनीतिमा नयाँ तरङ , कसरी हुन्छ केपि ओलि र नेपालको पार्टी एकता

राष्ट्रिय एकता अभियानद्वारा सिरहामा साधुसन्तमाथि भएको घटनाप्रति घोर भर्त्सना

पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version