No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कर्णालीमा पुल बनाउने गुमनाम पात्र : जसको मृत्युको कारण ४८ वर्षसम्म रहस्यमै


कर्णालीमा पुल बनाउने गुमनाम पात्र : जसको मृत्युको कारण ४८ वर्षसम्म रहस्यमै

दलवीरसिंह कामी, जसले बनाएका थिए दर्जन पुल

दैलेख :कर्णालीका एक इतिहास हुन्, दलवीरसिंह कामी। जसले ३ कक्षासम्म पढे। तर, आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने। उनको क्षमताको कदर गर्दै जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर दिइयो। उनै इतिहास गुमनाम प्रायः छन्। उनको मृत्यु ४८ वर्षदेखि रहस्यमै छ।

उनको जन्म दैलेखको गुराँस–४ रतीखोलामा विसं १९७८ मा भएको थियो। उनी फलामका सामान बनाउँथे। पछि बुवासँगै सुर्खेत झरे। सुर्खेतमा आरन चलाए। उनले भेरी नदीमा पुल नहुँदा गाउँलेले भोगिरहेको सास्ती नियालिरहेका थिए। त्यही भएर २०१९ सालतिर झोलुंगे पुल बनाउन सुर कसे। आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठानेर।
उनले आफ्नो सीप उपयोग गर्दै निर्माण सामग्री तयार पारे। जसमा लामो फलामे साङ्लो, छोटो तार र अन्य सामग्री थिए। त्यसमा गाउँलेले सहयोग गरे। पुलमा हिँड्न स–साना फल्याक राखियो। दायाँ–बायाँ बलियो गरी तारहरू बाँधियो। अनि झोलुंगे पुल तयार भयो।

उनले सुर्खेतको रानीघाटमा पहिलो पुल बनाएको जानकार बताउँछन्। सुर्खेतकै उत्तरगंगास्थित भेरी नदीमा २०२० सालको सुरुवातमा करिब ४ सय ३५ फिट लामो झोलुंगे बनाए। सुर्खेतकै रामघाटमा पनि पुल बनाएको इतिहास फोटोग्राफर सुनील उलकले संकलन गरेका छन्। त्यसपछि दलवीरमा पुल बनाउने ‘पागलपन’ नै चढ्यो। चिंगाड खोलामा पनि पुल तयार भयो। ठाउँ–ठाउँमा पुल बनाउँदै गर्दा स्थानीयले साथ र हौसला दिन्थे। पुल तयार भएपछि नागरिकलाई धेरै आवत–जावत गर्न सहज भयो।  

पुल निरीक्षणमा जाँदै गरेका दलवीरसिंह कामी ।

तत्कालीन अवस्थामा नेपालका विभिन्न स्थानमा बनेका पुलहरूको इतिहास खोजी गर्ने क्रममा दलवीरका बारेमा पत्ता लागेको उलक बताउँछन्। ‘नेपालका पुलहरूका बारेमा खोजी गरिरहँदा दैलेखमा बनेका पुलहरूको इतिहास फेला पर्‍यो। त्यही क्रममा दलवीरको नाम पनि जोडियो’, उलक भन्छन्, ‘अमेरिकाका एलेन फेयरबैंकले दलवीरसँगै झोलुंगे पुल बनाएका रहेछन्। उनै एलेनबाट दलवीरका धेरै फोटोहरू मैले प्राप्त गरेको हुँ।’

अनि बन्यो सुर्खेत विमानस्थल 
तत्कालीन राजा महेन्द्र २०२० सालमा सुर्खेत आउने कुरा चल्यो। त्यस बेला सुर्खेत सडक यातायातले जोडिएको थिएन। राजाको आगमनका लागि विमानस्थल बनाउने तयारी भयो। अनि, दलवीर नै विमानस्थलका लागि जमिन सम्याउने रोलर बनाउन कस्सिए। मोटो सिमलको मुढालाई अगाडिबाट मान्छेले तान्ने, केही मान्छे त्यही मुढामा चढेर तौल बढाउन चढ्न मिल्ने गरी रोलर तयार भयो। जसले जमिन सम्याउन सहयोग पुगेको जानकार बताउँछन्।

उक्त रोलर तत्कालीन शाही नेपाली सैनिक गुल्मले लामो समय सुरक्षित राखेको थियो। विमानस्थल बनाउँदा माटो ओसारपसार गर्न भैंसीको छालाको ठूल्ठुला थैलो बनाइएको थियो। सुर्खेत भ्रमणका क्रममा राजालाई सेनाका गुल्मपतिले दलवीरको कामबारे सुनाएको जानकार बताउँछन्। अनौठो प्रतिभाबारे जानकारी पाएपछि राजाले दलवीरलाई बोलाए। भेटमा राजा महेन्द्रले त्यस बेला ४ सय रुपैयाँ पुरस्कार दिए।

दलवीरको प्रतिभा देखेर तत्कालीन राजाले सुर्खेतको विकासमा सहयोग पुग्ने भन्दै जिल्ला पञ्चायतमा जागिर दिलाएको इतिहास छ। उनले राजाको आदेशपछि दैलेख जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर पाए। उनको जिम्मा झोलुंगे बनाउने थियो। तर, उनले इन्जिनियरिङ भने पढेका थिएनन्। उनले ज्ञान, सीपका आधारमा सब–ओभरसियरको जागिर पाएको कथन छ।

अमेरिकीसँग सहकार्य 
केही समयपछि नेपालमा अमेरिकी पिसकोर भोलेन्टियर आउन थाले। त्यही क्रममा २०२४ सालमा अमेरिकी विद्यार्थी एलेन फेयरबैंक सुर्खेत आए। एलेनसँग पुल निर्माणसम्बन्धी ज्ञान थियो। उनले दलवीर सँगै काम गर्न थाले। दरवीरकी दोस्रो श्रीमती मोतीसरा र एलेनबीच दिदीभाइको नाता कायम भयो। मोतीसराको देहान्तपछि एलेन नेपालमा फर्केर नआएको जानकार बताउँछन्।

सब–ओभरसियर भएका बेला दलवीरको निरीक्षणमा दैलेखमा झन्डै आधा दर्जन झोलुंगे पुल निर्माण भए। त्यस बेला दैलेखका डुंगेश्वर, चुप्रास्थित लोहोरे खोला, छामघाट खोलाको श्रीस्थान, रावतकोटको किटुलास्थित छामघाट खोला, लोहोरे खोला र दैलेखकै चोर खोलामा झोलुंगे पुल बनाइएको उल्लेख पाइन्छ।

अभिवक्ता खड्गबहादुर सिजापती दैलेखको विकासमा दलवीरको महत्वपूर्ण योगदान रहेको बताउँछन्। ‘दलवीर मिस्त्री थिए। पछि जिल्ला पञ्चायतले निर्णय गरेर सब–ओभरसियरको जागिर दिएको थियो। त्यसबेला उनी बाहेक यहाँ अरू प्राविधिक कोही थिएन’, सिजापती भन्छन्, ‘सुर्खेत तथा दैलेखको विकासमा योगदान दिएका दलवीरको सम्मान भने राज्यले गर्न सकेन। अर्कोतर्फ दलित भएकै कारण दलवीरलाई घरबाहिर राखेर खाना खुवाएको र भाँडासमेत माझ्न लगाएको मैले देखेँको छु।’

ठूला राजमार्गको रेखांकन 
अमेरिकाबाट अर्का पिसकोर भोलेन्टियर बब डेभिस आए। उनको साथ पनि दलवीरले पुल बनाउने काममा रह्यो। दलवीरकै निगरानीमा सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्मको मोटरबाटोको रेखांकन भयो। उनले सुर्खेतबाट नेपालगन्ज जोड्ने सडकको रेखांकन पनि गरे। जागिरका क्रममा उनी दैलेख र सुर्खेतका विभिन्न ठाउँमा पुगे। फुर्सदमा फलामका सामग्रीदेखि सुनका गहनासम्म बनाउँथे। सेनाको बन्दुकदेखि सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स बनाउन जानेका थिए। विद्युतीय सामानका साथै घडी, रेडियो र सेनाको बिग्रेको आवा सेट पनि दलवीरले नै बनाउँथे। 

 पुल बनाउँदै दलवीरसिंह।

नजिकबाट नियालेका ७२ वर्षीय प्रेमबहादुर विष्ट दलवीर काममा अनुभव र सीप भएको व्यक्ति भएको स्मरण गर्छन्। भन्छन्, ‘सब–ओभरसियरमा जागिरे रहेका दलवीरले झोलुंगे पुल बनाउँथे। दैलेख सुर्खेत सडकखण्डको रेखांकन पनि उनैले गरेका हुन्।’ तत्कालीन समयमा रावतकोट गाउँका गाउँलेले दलवीरलाई सम्मानका साथ बिदाइ गरेको उनी सम्झन्छन्। ‘धेरै अनुभव र सीप भएको व्यक्तिलाई राज्यले सम्मान दिन भने सकेन’, उनी भन्छन्।

सेनाभित्र चर्चा
तत्कालिन अवस्थामा दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकप्टर बिग्रियो। दुर्गममा इन्जिनियर वा दक्ष मिस्त्री हुने नै भएन। सेनाका अफिसरले दलवीरलाई सम्झिए। दलवीरलाई ताराघाटमा बोलावट भयो। उनको ज्ञान र सीपले हेलिकप्टर बन्यो। त्यसपछि सेनाको हेलिकप्टर सुर्खेत गुल्ममा पुर्‍याइएपछि सैनिक गुल्मभित्र हेलिकप्टर बनाउन सक्ने दलवीर भनेर चर्चा भयो। उनले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएका थिए। तत्कालीन ज्वाला दल गुल्म दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरे पनि दलवीरलाई नै खोजिन्थ्यो।

मृत्यु ४८ वर्षदेखि रहस्यमय
उनी २०३० साल वैशाखमा सुर्खेतबाट पूर्वमा पर्ने बादेपीपलमा भेरी नदीमा झोलुंगे पुल बनाउन निस्किएका थिए। तर, त्यही वैशाख १९ गते राति सुतेका उनी भोलि बिहान साथीहरूले हेर्दा ओछ्यानमा भेटिएनन्। खोजी गर्दा बादेपीपलनजिकै बागेश्वरी विद्यालय अगाडिको चौतारामा झुन्डिएको अवस्थामा मृत भेटिए। अधिकांशले दलवीरको हत्यापछि झुन्ड्याइएको हुन सक्ने बताए। तर, उक्त घटनाको छानबिन भएन। यथेष्ट प्रमाण नहुँदा आत्महत्या नै भनियो। उनका छोरा श्यामलाल २०२९ साल चैतमा सेनामा भर्ती भएका थिए। उनी छुट्टी लिएर बुवाको किरिया गर्न आइपुगेको त्यस बेलाका जानकार सुनाउँछन्। 

दलवीरसिंहको परिवार।

दलवीरको मृत्युको कारणबारे छानबिन नभएको, राज्यले सम्मान गर्न नसकेको, दिने भनेको सुविधा पनि नदिएको परिवारको गुनासो छ। छोरा श्यामलाल सुनार बुवाले देशका लागि गरेको योगदानको मूल्यांकन नभएको गुनासो गर्छन्। उनी स्वास्थ्यमा समस्या आएपछि बाँकेको राँझास्थित आर्मी अस्पतालमा उपचाररत छन्। भन्छन्, ‘हाम्रो बुवाले देशको लागि ठूलो योगदान दिनुभएको थियो। तर, राज्यले चिन्न सकेन।’ रकम अभावमा आफ्नो उपचारमा पनि हम्मेहम्मे परेको उनको दुखेसो छ।

बुहारी प्रेमादेवी सुनार घरपरिवारलाई सडकमा राखेर देशका लागि योगदान दिने व्यक्तिमाथि राज्यको आँखा नपुगेको गुनासो गर्छिन्। ‘त्यस बेला ससुराले परिवारलाई नभई देशलाई शिरमा राखेर योगदान दिनुभयो। तर, सरकारको नजरमा ससुरा र हामी पनि पर्न सकेनौं’, उनी भन्छिन्। सधैं सरकारी काम भन्दै हिँड्ने दलवीरले सम्पत्ति जोडेका थिएनन्। दलवीरको मृत्युपछि आफन्तले मोतीसरालाई राजासमक्ष बिन्तीपत्र चढाउन सल्लाह दिए। लेख्न जान्नेको सहयोगमा मोतीसराले बिन्तीपत्र पनि चढाइन्। केही समयमै राजाको आदेश अञ्चलाधीश कार्यालयमा आइपुग्यो। त्यसमा भनिएको थियो, ‘दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च दिनू।’ जानकारहरू भन्छन्, ‘दलवीरको परिवारले त्यो घडेरी र घर बनाउने रकम पाएनन्।’ सरकारबाट घडेरी र पैसा पाउने आश बोकेकी मोतीसराको पनि २०५९ सालमा निधन भयो।

दलवीरले दैलेखमा छँदा नै विवाह गरेका थिए। एक छोरा र एक छोरी थिए। पत्नी र सन्तानलाई दैलेखमै छोडेर सुर्खेत झरे। सुर्खेतमा रहँदा मोतीसरासँग दोस्रो विवाह गरे। दोस्रो विवाहपछि तीन छोरा र एक छोरी भए। त्यही बेला दैलेखमा पनि अर्को एक छोरी जन्मिइन्। अनि दलवीर चार छोरा र तीन छोरीका बाबु बने। जेठी पत्नीबाट जन्मेका छोरा र जेठी छोरीको निधन भइसकेको छ। कान्छी पत्नीबाट जन्मिएका जेठो छोरा श्यामलालतर्फ दुई नाती र एक नातिनी, माइला छोरा सर्वराजबाट दुई नातिनी र कान्छा छोरा तीर्थराजबाट एक नाति र चार नातिनी छन्। 

 पुलको सामान खरिद गर्न कानपुर पुगेका बेला।

दलवीरले यस क्षेत्रमा बनाएका दर्जनौं पुलहरूमा अहिले आधुनिक पुल निर्माण भएका छन्। यस्तै उनले रेखांकन गरेका सडकहरू राजमार्ग बनेर कालोपत्रे भएका छन्। सुर्खेत विमानस्थल पनि स्तरोन्नति भइरहेको छ।

तस्बिर सौजन्य : सुनील उलक (यी तस्बिर दलवीरसिंह कामीका अमेरिकी साथी एलेन फेयरबैंकले खिचेका हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
इजरायल रोजगारीका लागि फाराम भर्न समस्या भयो ? यहाँ छ सजिलो तरिका

इजरायल रोजगारीका लागि फाराम भर्न समस्या भयो ? यहाँ छ सजिलो तरिका

कतार,साउदी अरब,मलेसियामा काम गरी फर्किएका पुरुषहरु अब बाउ बन्न नपाउने?

कतार,साउदी अरब,मलेसियामा काम गरी फर्किएका पुरुषहरु अब बाउ बन्न नपाउने?

जम्मु कस्मिरको नयाँ युग ; धारा ३७० हटने बित्तिकै खुशियाली

जम्मु कस्मिरको नयाँ युग ; धारा ३७० हटने बित्तिकै खुशियाली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .