• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालका सबै दलसँग सहकार्य गर्न चीन तयार : राजदूत होउ


नेपालका सबै दलसँग सहकार्य गर्न चीन तयार : राजदूत होउ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् ।

सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरुसँग मिलेर निरन्तर काम चीन तयार रहेको बताइन् ।

शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवर्द्धन गर्न चीन प्रतिवद्ध रहेको भन्दै उनले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्ने धारणा राखिन् ।

चिनियाँ राजदूत होउले नेपाल चीनको एक महत्वपूर्ण साझेदार भएको र बिआरआईमा सहकार्य भइरहेको उनले उल्लेख गरेकी छन् । बिआरआई अन्तर्गत बहुआयामिक सीमापार कनेक्टिभिटीले विस्तारै आकार लिँदै गएको उनले बताइन् ।

कोरोना महामारीमा चीनले नेपालसहित विश्वलाई सहयोग गरेको र नेपालसहित १०० भन्दा बढी मुलुकलाई ४५० मिलियन डोज उपलब्ध गराएका भन्दै राजदूतले भनिन्, ‘कोरोना महामारीविरुद्ध लड्न चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाएको छ । भ्याक्सिनमा सबैको पहुँचका लागि प्रतिवद्ध छ ।’

नेपालले पनि चीनलाई अप्ठ्यारो परेको समयमा सहयोग गरेको उल्लेख गर्दै राजदूतले भनिन्, ‘मानव अधिकार र कोरोनाको उत्पतिको विषयमा केही मुलुकले चीनविरुद्ध गरेको गलत प्रचारको विषयमा नेपालले चीनको पक्षमा बोलेको छ ।’

चीनले हालै स्थापना गरेको चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको र त्यसका लागि नेपाल पनि सहमत भएको उनले स्मरण गरिन् । चिनियाँ राजदूत होउले भनिन्, ‘चीन विकासमा आफूले हासिल गरेको शिक्षा दक्षिण एसियाली मुलुकहरुलाई पनि बाँड्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
  • २०७८ असार २९, मंगलवार १८:११
  • In "BannerNews"
  • चिनियाँ राजदूतको दौडधुप : एकै दिन प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसँग भेट
  • २०७८ असार २९, मंगलवार १८:११
  • In "देश"
  • काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत
  • २०७८ असार २९, मंगलवार १८:११
  • In "मध्य पूर्व"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

कांग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version